28
Nov
नेपाली समाज आज फेरि यथास्थितिवादको कहरबाट छटपटाउन थालेको छ । त्यसैले आजको नकारात्मक यथास्थितिको गुणात्मक विकल्प निर्माणका निम्ति आवश्यक जरुरी बहस पनि सुरु भैसकेको छ । सृष्टिको प्रत्येक पदार्थीय एकाइले आफ्नो अनुकूलताको परिस्थिति निर्माण गर्न संघर्ष गर्छ । यही स्वभाव नै परिवर्तन र अस्तित्वका निम्ति निर्णायक रहँदै आएको छ । पदार्थीय एकाइहरूमध्ये प्रचलनमा जीवित भनिएका जीव वा वनस्पतिले गर्ने त्यस्ता संघर्षलाई भने सहजै देख्न पनि सकिन्छ । एउटा भर्खरको बिरुवाले जताबाट घाम प्राप्त गर्छ, त्यो घाम लगातार छेकिदिने हो भने बिरुवा घाम आउने अर्को दिशातिर ढल्किन थाल्छ । अर्थात्, यथास्थितिको विकल्प खोज्न सुरुआत गर्छ । कमिलाले गोलो भत्केकै विन्दुबाट अर्को गोलो निर्माणको मेलो थाल्छ ।…
