Editor

5003 Posts
काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए ५ सय ६१ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए ५ सय ६१ कोरोना संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा २ सय ५० महिला र ३ सय ११ जना पुरुष रहेका छन् । काठमाडौंमा ४ सय ५५, भक्तपुरमा २६ र ललितपुरमा ८० जना नयाँ संक्रमित थपिएका हुन् । बिहीबार देशभर १३ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार उपत्यकामा ७ सय २३ जना संक्रमित थपिएका थिए ।
Read More
महिला हिंसाका घटना नेपालमा मात्रै होइन संसारमै बढे : महिलामन्त्री श्रेष्ठ

महिला हिंसाका घटना नेपालमा मात्रै होइन संसारमै बढे : महिलामन्त्री श्रेष्ठ

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइरहेका बेला सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले महिलाविरुद्धका घटना नेपालमा मात्रै बढेको नभएर संसारभर बढेको बताएका छन् । यसरी बढेका घटनामा कसरी न्यूनीकरण ल्याउन सकिन्छ भनेर सबैले लाग्नुपर्ने उनको भनाइ थियो । मन्त्री श्रेष्ठले महिलामाथि हुने लैंगिक हिंसा र बलात्कारलगायत यौनजन्य हिंसा न्यूनिकरणमा दक्षिण एसियामा नेपालमा राम्रो काम भइरहेको पनि दाबी गरेका छन् । संघीय संसद राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आयोजनामा बिहीबार भएको 'लैंगिक हिंसा विरुद्धको अभियानमा तीनै तहका जनप्रतिनिधिहरूको भूमिका' विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले भने, 'लैंगिक हिंसा न्यूनिकरणमा नेपालमा दक्षिण एसियामा यो सवालमा राम्रो काम भइरहेको छ ।…
Read More
नेकपा विवाद : एकै दिन ओली र दाहालले भेटे राष्ट्रपति

नेकपा विवाद : एकै दिन ओली र दाहालले भेटे राष्ट्रपति

विवादले पार्टी एकता नै संकटमा परिरहेका बेला बिहीबार नेकपाका दुवै अध्यक्षले राष्ट्रपतिसँग भिन्दाभिन्दै भेटवार्ता गरेका छन् । बिहान प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र साँझ अर्का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका हुन् । नेकपाभित्र आन्तरिक संकट गहिरिँदै गएपछि राष्ट्रपति भण्डारीले पुन: भेटघाट थालेकी छन् ।  बुधवार ओली सहभागी नभएको नेकपाको सचिवालय बैठकले सचिवालय र स्थायी कमिटी बैठक तीन दिन पछाडि सारेपछि त्यसबीचमा अनौपचारिक छलफल अगाडि बढाउने निर्णय भएको थियो । त्यसको अर्को दिन पार्टीका दुवै अध्यक्षले राष्ट्रपति भण्डारीसँग भेटघाट गरेका हुन् । मन्त्रिपरिषद् बैठक अगाडि बिहान प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले शितलनिवास पुगेर राष्ट्रिपति भण्डारीसँग झन्डै दुई…
Read More
बीकेटी टायर्स चार अग्रणी क्लबहरूको साथ पार्टनरहरू।।

बीकेटी टायर्स चार अग्रणी क्लबहरूको साथ पार्टनरहरू।।

भारतीय बहुराष्ट्रिय समूह र अफ-हाईवे टायर बजारका ग्लोबल खेलाडी बालकृष्ण इन्डस्ट्रीज लिमिटेड (बीकेटी टायर्स) ले भारतीय फुटबल लीगको आगामी संस्करणमा ११ वटा टोलीमध्ये चारको साथ आफ्नो साझेदारीको घोषणा गरेको छ। टोलीहरू एटीके मोहन बागान एफसी, हैदराबाद एफसी, उत्तर पूर्व यूनाइटेड एफसी र एससी पूर्वी बंगाल हुन्। साझेदारीले बीकेटी को पहिलो फुटबलको साथ एसोसिएसन २०२०-२०१२ को अगाडीको संस्थासंग मिल्छ र खेल संसारमा अझै अर्को विजयको प्रतीक हो।बीकेटीले सक्रिय रूपले सम्पूर्ण विश्वभरका खेलकुद कार्यक्रमहरूलाई समर्थन र च्याम्पियन गरेको छ र यसको प्रख्यात अन्तर्राष्ट्रिय सहयोग मार्फत विश्वव्यापी फुटबल ज्वरोमा ठूलो योगदान पुर्याएको छ। वर्षहरूमा, यो धेरै यूरोपीयन फुटबल प्रतियोगिताहरूको शीर्षक प्रायोजक भएको छ,…
Read More
२७ वर्ष पुरानो भ्रूणबाट बालिकाको जन्म

२७ वर्ष पुरानो भ्रूणबाट बालिकाको जन्म

मली गिब्सन नाम दिइएकी यी बालिका गत अक्टोबर महिनामा जन्मिएकी भए पनि उनको जन्मको प्रक्रिया २७ वर्षअघि सुरु भएको थियो।उनको भ्रूणलाई अक्टोबर १९९२ मा सुरक्षित राखिएको थियो।सन् २०२० को फेब्रुअरीमा आएर बल्ल अमेरिकाको टेनसी निवासी टिना र बेन गिब्सनले उक्त भ्रूण अपनाए। मलीले सबैभन्दा लामो समयसम्म सुरक्षित रूपमा चिस्याएर राखिएको भ्रूणबाट जन्मिने शिशुको कीर्तिमान बनाएकी छन्। यससँगै उनकी दिदी एमाको कीर्तिमान पनि उनले भङ्ग गरेकी छन्।"हामी औधी खुसी भएका छौँ," टिना गिब्सनले बताइन्।"पाँच वर्षअघि यदि कसैले मलाई एउटा होइन दुइटी छोरीकी आमा हुन्छ्यौ भनेको भए म पत्याउन्नथेँ" उनले भनिन्।
Read More
उपत्यकामा २४ घण्टामा थपिए ७२३ कोरोना संक्रमित

उपत्यकामा २४ घण्टामा थपिए ७२३ कोरोना संक्रमित

२४ घण्टामा काठमाडौं उपत्यकामा थप ७२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा ३२५ महिला र ३९८ जना पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५३१, भक्तपुरमा ५८ र ललितपुरमा १३४ जना नयाँ संक्रमित थपिएका हुन् । बुधबार देशभर १ हजार ४९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ४९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार संक्रमण पुष्टि हुनेमा ५६५ महिला र ९२५ पुरुष रहेका छन् । यो सँगै नेपालमा हालसम्म २ लाख ३६ हजार २४६ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म पीसीआर परीक्षणको संख्या १७ लाख ५४ हजार ६३०…
Read More
स्वास्थ्य मन्त्रालयका अधिकारीले भने- धेरै कानुन भएकाले काममा बाधा आयो

स्वास्थ्य मन्त्रालयका अधिकारीले भने- धेरै कानुन भएकाले काममा बाधा आयो

स्वास्थ्य सेवा क्षेत्रसँग सम्बन्धित कानुनको संख्या धेरै भएको र एक कानुन अर्कोसँग बाँझिने भएकाले काम गर्न नसकिएको अधिकारीहरूले बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बुधबारको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीले कानुनहरू धेरै भएकाले काममा बाधा आएको बताएका हुन् ।  समिति बैठकमा निजी स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूको पनि सहभागिता रहेको थियो । मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कामको प्रकृति हेरी धेरै ऐनलाई एकीकृत गर्न छाता ऐन बनाउनुपर्ने आवश्यकता रहेको बताए । यस्तै छलफलमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाले समान उद्देश्य भएका कानुन र एक आपसमा बाझिएका कानुनलाई एकीकृत र संशोधन गर्न सुझाव दिएका थिए । समिति सभापति…
Read More
‘सबै क्षेत्र खुल्यो, फिल्म हल कहिले खोल्ने ?’

‘सबै क्षेत्र खुल्यो, फिल्म हल कहिले खोल्ने ?’

बानेश्वरको आइप्लेक्स मलमा मानिसको चहलपहल उस्तै छ जसरी कोभिडअघिका समयमा हुने गर्दथ्यो । पसलहरु खुलेका छन् । ग्राहकहरु आउने जाने क्रम जारी छ । पार्किङमा गाडी भरीभराउ छन् । पहिलाझैं अस्तव्यस्त देखिने यो महलमा खाली एउटा कुरा भने बन्द छ- मलभित्रको फिल्म हल ।   मलको होहल्लाबीच मौन रहेका हलहरुको चित्रण गर्छ यो वान सिनेमाजले । टिकट काउन्टर धुलाम्मे छ । हल प्रवेश द्वार खाली देखिन्छ । दर्शकको हाँसो, रोदन र ताली गुञ्जने हल चकमन्न छ । फुड काउन्टर आफैं भोकोजस्तो देखिन्छ । सँधै उज्यालो बत्तीहरु बलिरहने प्रतीक्षालय अँध्यारो छ । यहाँ दर्शकको आउजाउ नभएको ९ महिना भयो । सोमबार वान सिनेमाज पुग्दा केही मानिस हलको सरसफाइमा व्यस्त…
Read More
गिरफ्तार गरिएका नेता रामचन्द्र पौडेल रिहा

गिरफ्तार गरिएका नेता रामचन्द्र पौडेल रिहा

निषेधाज्ञा उल्लंघन गरेको भन्दै तनहुँमा पक्राउ गरिएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई रिहा गरिएको छ । जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका पौडेललाई झन्डै तीन घन्टापछि रिहा गरिएको हो । पौडेलसँगै पक्राउ परेका कांग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेले पौडेलसहित आफूहरुलाई रिहा गरिएको बताए ।  व्यास नगरपालिकाका दुई वडा जोड्ने पुलको उद्घाटनका लागि पुगेका पौडेललाई प्रहरीले गिरफ्तार गरेको थियो । आफ्नो पालामा निर्माण भएको पुल उद्घाटन गर्न स्थानीय सरकार र पुल निर्माण समितिले आफूलाई बोलाएकाले गएको तर सरकारले सुरक्षा दिनुको सट्टा उल्टो अधिनायकवादी चरित्र देखाउँदै आफूलाई पक्राउ गरिएको पौडेलले बताएका छन् । सभापति आलेले पौडेललाई रिहा गरिएसँगै अहिले दमौली क्षेत्रमा गरिएको पृथ्वी राजमार्गको…
Read More
Sany India ले आफ्ना 35 डिलरहरूलाई मद्दत गर्ने उपायहरू

Sany India ले आफ्ना 35 डिलरहरूलाई मद्दत गर्ने उपायहरू

निर्माण उपकरण र हेभी मेशिनरीको अग्रणी निर्माता Sany India ले नयाँ उदाहरण खडा गरेको छ । कम्पनीले आफ्ना साझेदारहरूलाई पाण्डेमिक मार्फत सहजताका साथ जहाज चलाउन मद्दतको लागि एक उपायहरू लिएको छ । Sany India ले बिक्रेता साझेदारहरूको लागि नगद प्रवाहलाई टिकाउन र सुधार गर्न धेरै पहलहरू कार्यान्वयन गरेर आफ्ना सबै 35 डिलरहरूलाई मद्दत गर्यो । यसमा निर्माण उपकरण र यसको स्पेयर पार्ट्स विरूद्ध सबै प्राप्तयोग्यहरूमा क्रेडिट अवधिको विस्तार, ग्राहकहरूलाई विस्तारित वारेन्टी समर्थन र करिब 1100 प्लस कर्मचारीहरूको लागि तलब समर्थनको साथ डिलरहरूलाई मद्दत समावेश गरिएको छ ।Sany को समयानुकुल आर्थिक समर्थनले तीनवटा प्रोंगेड प्रभावले उनीहरूको व्यवसाय टिकाउन, उनीहरूको म्यानपावर कायम…
Read More