Editor

5003 Posts
गृहमन्त्री थापाले लिएनन् एआईजी दरबन्दी थप्‍ने सरकारी निर्णयको स्वामित्व

गृहमन्त्री थापाले लिएनन् एआईजी दरबन्दी थप्‍ने सरकारी निर्णयको स्वामित्व

सरकारले नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षकको दरबन्दी थप्‍न गरेको निर्णयको स्वामित्व गृहमन्त्री रामबहादुर थापाले लिएका छैनन् । गृह मन्त्रालयअन्तर्गत पर्ने नेपाल प्रहरीमा भएको दरबन्दी थपको विषयमा प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा गृहमन्त्रीले सांसदहरूले थप भएको दरबन्दी कार्यान्वयन नगर्न भनेर राखेको कुरामा घुमाउरो पारामा समर्थनसमेत गरेका छन् ।गृह मन्त्रालयका अधिकारीको धारणा सुनेपछि राज्यव्यवस्था समितिले नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थपेर नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई बढुवा गर्ने सिफारिस कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको छ । यो निर्देशनसँगै सरकारको उक्त कार्यले नेपाल प्रहरीको संगठनको विधि, पद्धति र प्रक्रिया मिचिने तथा 'चेन अफ कमान्ड' भत्किएर अनुशासनहीनता बढ्ने भन्दै चिन्ता व्यक्त गरेको छ । गृहमन्त्री रामबहादुर थापा…
Read More
हिमालयको एन्टी-हेयर फल शैम्पूको लागि अभियान।

हिमालयको एन्टी-हेयर फल शैम्पूको लागि अभियान।

भारत को अग्रणी आरोग्य ब्रान्ड मध्ये एक हिमालय ड्रग कम्पनी ले हिमालय एन्टि-हेयर फल शैम्पूको लागि आफ्नो संचार उद्घोष " अब कुनै कपाल झर्दैन… अब मेरो जीवन मेरो मुट्ठीमा" सहित " स्वास्थ्य कपालको लागि बृहत अभियान" को रुपमा एक नयाँ फिल्म को अनावरण गरेको छ।यस अभियानले कपाल झर्ने समस्याले चिन्ताग्रस्त समुह अन्तर्गत पर्ने उपभोक्ताहरु को विषयलाई नै मुख्य रुपले सम्बोधन गर्नेछ। प्राकृतिक अवयवयुक्त उपायहरुमा आधारित समाधानहरूतर्फ बडी झुकाव हुने उपभोक्ताहरुलाई सम्बोधन गर्दै अभियानले हिमालय एन्टि-हेयर फल शैम्पूको नौलो प्रस्तुतिलाई नै कपाल झर्ने विश्वसनीय समाधानको रूपमा प्रकाश पार्नेछ । वर्तमान सन्दर्भमा प्रस्तुत गरिएको यस फिल्मले कसरि महिलाहरु जीवनको सबै पक्षमा अगाडी…
Read More
स्कूटर-रितिका तेल संपर्क रहित टेक्नोलोजी

स्कूटर-रितिका तेल संपर्क रहित टेक्नोलोजी

प्रख्यात खाद्य तेल उत्पादक स्कूटर-रितिका तेलले उनीहरूको निर्माण प्लान्टमा एक नयाँ सम्पर्क रहित प्याकिंग संयन्त्र पेश गरेको छ। विदेशबाट आयात गरिएको नयाँ प्रविधि प्रयोग गरेर स्कूटर-रितिका तेल उत्पादन बढेको छ। स्कूटर-रितिका तेलले आगामी तीन बर्षमा उनीहरूको व्यापारलाई दोब्बर पार्ने लक्ष्य राख्यो। ब्रान्डको यूपी, बिहार, झारखंड र असममा उल्लेखनीय उपस्थिति छ। जसरी माग बढ्दो छ, यो आशा गरिन्छ कि यस बर्षको व्यापारको मात्रा अघिल्लो वर्षको तुलनामा बढ्नेछ र नयाँ टेक्नोलोजीको प्रयोगका कारण परिणामहरू राम्रो हुनेछ। खाद्य तेल उत्पादन कम्पनीको सूची मा सोया तेल, पाम तेल र वनस्पति तेल समावेश छ। रितिका तेलले राज्यमा आफ्नो उपस्थिति अझ सुदृढ पार्न प्रमुख जिल्लाहरूमा बढी…
Read More
बाइडनले पद सम्हालेको सय दिनमा १० करोडलाई खोप दिने बाचा

बाइडनले पद सम्हालेको सय दिनमा १० करोडलाई खोप दिने बाचा

अमेरिकी राष्ट्रपति-निर्वाचित जो बाइडनले आफूले पद सम्हालेको पहिलो एक सय दिनमा १० करोडलाई खोप दिइसक्ने लक्ष्य राखेको बताएका छन्। उनले आफ्नो कार्यकालका सुरुवाती महिनामा महामारी अन्त्य नहुने तर आफूले त्यसबिचमा कोभिड-१९ को बाटो भने मोड्ने बताए।उनले आफ्ना रणनीतिबारे थप बताएका छैनन्। २० ज्यानुअरीमा कार्यकाल सुरु गर्दाका लागि उनको साथमा हुने आफ्नो स्वास्थ्य कार्यदललाई परिचय गराउँदै बाइडनले अमेरिकीलाई '१०० दिनसम्म मास्क लगाउन' आग्रह गरे।
Read More
सगरमाथाको उचाइ बढ्यो, नयाँ उचाइ ८,८४८.८६ मिटर

सगरमाथाको उचाइ बढ्यो, नयाँ उचाइ ८,८४८.८६ मिटर

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ बढेको छ । मंगलबार दिउँसो नेपाल र चीन सरकारले संयुक्त रूपमा पत्रकार सम्मेलन गरी नयाँ उचाइ ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर सार्वजनिक गरेका हुन् । नेपाल सरकार र चीन सरकारी टोलीद्वारा छुट्टाछुट्टै रूपमा सगरमाथाको उचाइ मापन गरी प्रतिवेदन दुवैतर्फका प्राविधिकलाई बुझाइएको थियो । मंगलबार नापी विभागमा भूमि सुधार मन्त्रालयका टोलीसहित परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र चीनमा चिनियाँ विदेश मन्त्री वाङ यी लगायतको टोलीद्वारा भर्चुअल रूपमा संयुक्त रूपमा नयाँ उचाइ सार्वजनिक गरिएको हो । सगरमाथाको उचाइ पहिलो पटक सन् १८४९ मा जर्ज एभरेस्टको नेतृत्वमा सम्पन्न भएको थियो । जसको नामबाट सगरमाथाको अंग्रेजी नाम एभरेस्ट राखिएको हो ।…
Read More
ठेकेदार सम्पर्कविहीन हुँदा ६५ किमि प्रसारण लाइन विस्तारको काम अलपत्र

ठेकेदार सम्पर्कविहीन हुँदा ६५ किमि प्रसारण लाइन विस्तारको काम अलपत्र

कर्णालीका हिमाली जिल्लामा राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न सरकारले प्रक्रिया अघि बढाए पनि ठेकेदार सम्पर्कविहीन हुँदा काममा ढिलाइ भएको छ । ठेक्का अवधि सकिएको १५ महिना बित्दासमेत दैलेखको दुल्लुदेखि कालीकोटको मान्मसम्मको ६५ किमि प्रसारण लाइनको काम पूरा हुन नसकेको हो । त्रिपुरेश्वर/नवदुर्गा जेभीले ३ वर्षभित्रै लाइन विस्तार सक्ने गरी आर्थिक वर्ष ०७३/७४ मा ठेक्का सम्झौता गरेको थियो । कम्पनीसँगको म्याद ०७६ साउनमै सकिएको विद्युत् प्राधिकरणले जनाएको छ । दैलेखबाट कालीकोटसम्म पोल गाड्ने काम सकिए पनि लाइन विस्तार अझै हुन नसकेको विद्युत् प्राधिकरण, प्रदेश कार्यालय सुर्खेतका निर्देशक सुरेन्द्रप्रसाद अग्रहरीले बताए । ‘ठेकेदार लामो समयदेखि सम्पर्कविहीन छन्,’ उनले भने, ‘अहिलेसम्म दुल्लुबाट कालीकोटसम्म पोल गाड्ने काम मात्र…
Read More
कोरोना भ्याक्सिन छनोट र आयातका लागि समयमै गृहकार्य गर्न सरकारलाई विज्ञहरुको अपील

कोरोना भ्याक्सिन छनोट र आयातका लागि समयमै गृहकार्य गर्न सरकारलाई विज्ञहरुको अपील

विभिन्‍न क्षेत्रका विज्ञहरुले कोभिड १९ को भ्याक्सिन छनोट र आयातका लागि समयमै गृहकार्य गर्न सरकारलाई अपील गरेका छन् ।  मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै विज्ञहरुले विश्‍वमा भ्याक्सिन विकास, परीक्षण र वितरण सुरु भएको औंल्याउँदै नेपालमा खरिद, आयात र वितरण समयमै गर्न सके छिट्टै कोभिड महामारीबाट पार पाउन सक्ने विश्वास व्यक्त गरेका छन् । 'नेपालले आफैं भ्याक्सिन विकास नगरेकाले हामीकहाँ भ्याक्सिन खरिद, आयात र वितरणको विषय अहिले महत्वपूर्ण बनेको छ । राज्यका लागि ठूलो आर्थिक र व्यवस्थापकीय भार पर्ने यो काम सामयिक, चुस्त र प्रभावकारी हुन सके हामीले पनि छिट्टै यो महामारीको संकटबाट पार पाउन सक्ने छौं ।' उनीहरुले भ्याक्सिन छनोट, आयात र वितरणको…
Read More
अस्ट्रेलियाले जित्यो अन्तिम ट्वान्टी ट्वान्टी

अस्ट्रेलियाले जित्यो अन्तिम ट्वान्टी ट्वान्टी

अस्ट्रेलियाले तेस्रो तथा अन्तिम वान डेमा मंगलबार भारतलाई १२ रनले हराएको छ । घरेलु टिमका लागि यो सान्त्वना जित रह्यो । यससँगै तीन खेलको ट्वान्टी ट्वान्टी शृंखला भारतको पक्षमा २–१ रह्यो । सिड्नी क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा पाँच विकेट गुमाएर १ सय ८६ रन बनायो । त्यसमा म्याथ्यु वेडले सर्वाधिक ८० रन बनाए । यस्तै ग्लेन म्याक्सवेलले ५४ रन जोडे । जवाफमा भारतले २० ओभरमा सात विकेट गुमाएर १ सय ७४ रन मात्र बनाउन सक्यो । भारतीय कप्तान विराट कोहलीले ८५ रन बनाए पनि टिमलाई जितसम्म पुर्‍याउन सकेनन् । पाहुना टिमका अन्य कोही पनि ब्याट्सम्यानले गतिलो योगदान दिन सकेनन् ।
Read More
देशमा राजनीतिक समस्या निम्त्याउन खोजियो : प्रधानमन्त्री ओली

देशमा राजनीतिक समस्या निम्त्याउन खोजियो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अहिले राजनीतिक समस्या निम्त्याउन खोजिएको बताएका छन् । काठमाडौंको दक्षिणमा रहेको सुवर्णकिर्ती महाविहारमा जेष्ठ नागरिक आवास गृहको शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देशमा राजनीतिक समस्या निम्त्याउन बलजफ्ती प्रयास भएको बताएका हुन् । उनले यस्ता प्रयासहरु सफल नहुने बताए । देशमा हत्या हिंशाको विकराल कालखण्ड फर्काउने कोशिस पनि भइरहेको उनको भनाइ थियो । यसतर्फ सबैलाई सचेत हुन आग्रह गरेका छन् । समाज पथभ्रष्ट हुँदै पुरानो हत्या हिंसाको बाटोमा फर्कन लागेको पनि प्रधानमन्त्री ओलीले बताए । पछिल्लो समय समाज दिग्भ्रमित भएको भन्दै प्रधानमन्त्री ओलीले बुद्धका उपदेशलाई इमान्दारिताका साथ पालना गर्न आग्रह गरे । मोरङको मिक्लाजुङमा मंगलबार प्रतिबन्धित नेत्र विक्रम चन्द समूहले शिक्षकलाई हत्या…
Read More
राष्ट्रपतिको भूमिका विवादमा पर्नुको कारणबारे के भन्छन् संविधानविद्‌

राष्ट्रपतिको भूमिका विवादमा पर्नुको कारणबारे के भन्छन् संविधानविद्‌

राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी विशेषको झगडा मिलाउने पटकपटक प्रयास गरेको आरोप लगाउँदै कतिपयले त्यसको आलोचना गर्दै आएका छन्। तर कतिपयले देशको अभिभावकका नाताले समसामयिक विषयमा राष्ट्रपतिले चासो राख्नु अस्वाभाविक नभएको तर्क गर्ने गरेका छन्।विगतमा नेपाली काङ्ग्रेसका नेता रहेका तत्कालीन राष्ट्रपति रामवरण यादव पनि यस्ता आरोपबाट मुक्त रहन सकेका थिएनन्।उसो भए के नेपालमा राष्ट्रपति पदमा निर्वाचित भइसकेपछि पनि नेता/नेत्रीले आफ्नो पूर्वदलीय आस्थाबाट माथि उठ्न नसकेका हुन् त? यो विषयमा हामीले संवैधानिक कानुनका केही जानकारहरूसँग कुराकानी गरेका छौँ।
Read More