Editor

5003 Posts
दक्षिण कोरियाले प्रतिघण्टा एक हजार किलोमिटर कुद्‍ने रेल बनायो

दक्षिण कोरियाले प्रतिघण्टा एक हजार किलोमिटर कुद्‍ने रेल बनायो

कोरियाली रेलमार्ग अनुसन्धान संस्थान ‘कोरेल’ले विश्वको सबैभन्दा द्रुतगतिमा कुद्ने रेलको सफल परीक्षण सम्पन्न गरेको छ । ‘कोरेल’को पछिल्लो रेल संस्करण हाइपरट्युब रेल प्रतिघण्टा एक हजार किलोमिटरका दरले कुद्न सफल भएको ‘कोरेल’ले बताएको छ । हाइपरट्युब कोरियाको हाइपरलुप रेलको नयाँ संस्करण हो । कोरिया सरकारले हाइपरट्युब प्रोजेक्टका लागि सन् २०१७ देखि काम सुरु गरेको थियो । गत सेप्टेम्बरमा उक्त अवधारणाको पहिलो सफलतास्वरूप प्रतिघण्टा ७१४ किलोमिटरका दरले कुद्न सफल भएको थियो । नयाँ घोषणाअनुसार अब पहिला देखिएका सबै ‘फल्ट’हरु समाधान गरी प्रतिघण्टा एक हजार किलोमिटरभन्दा बढीको गतिमा कुद्न सक्ने गरी रेल प्रणालीको सफल परीक्षण सम्पन्न भएको कोरेलले बताएको छ । दक्षिण कोरियाले विकास गरेको उक्त रेलको…
Read More
सामाजिक सन्जालको प्रश्‍न-  कहाँ छन् ज्याक मा ?, नजरबन्दमा रहेको आशंका

सामाजिक सन्जालको प्रश्‍न- कहाँ छन् ज्याक मा ?, नजरबन्दमा रहेको आशंका

सार्वजनिक नजरबाट ज्याक मा हराएको दुई महिना बितेको छ । उनी निर्णायक रहेको टेलिभिजन शोको अन्तिम एपिसोडमा पनि नदेखिएका अलिबाबाका संस्थापकको असक्रियताले सामाजिक सन्जालमा प्रश्नैप्रश्‍न उठाएको छ । सामाजिक सन्जालका आशंकाले चीन सरकारको वित्तीय नियामकले ज्याकको व्यावसायिक साम्राज्यमा लगाइएको अंकुश प्रतिबिम्बित गरेका छन् । चीनका हाई-प्रोफाइल उद्यामी ज्याक अक्टोबर अन्त्यदेखि सार्वजनिक भएका छैनन् । उनले चीनको नियामक निकायमा सुधार आवश्यक रहेको औंल्याएका थिए । सोही भनाइपछि अलिबाबाको एन्ट समूहको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) रोक्का भएको थियो ।फाइनान्सियल टाइम्सले गत शुक्रबार ज्याक ‘अफ्रिकाज बिजनेस हिरोज’ अन्तिम अंकमा अनुपस्थित भएको समाचार सम्प्रेषण गरेको थियो । सोही समाचारलाई आधार मान्दै द टेलिग्राफले समाचार…
Read More
साउदी अरबले कतारमाथि लगाएको साढे तीन वर्ष लामो प्रतिबन्ध ‘हटाउने’

साउदी अरबले कतारमाथि लगाएको साढे तीन वर्ष लामो प्रतिबन्ध ‘हटाउने’

साउदी अरबले कतारसँगको जल तथा स्थल सीमा फेरि खोल्न लागेको जानकारी कुवेतले दिएको छ।साउदी अरबको यो कदमलाई कतार र विभिन्न खाडी राष्ट्रबीच लामो समयदेखि विद्यमान विवाद समाधानको दिशामा एउटा महत्त्वपूर्ण उपलब्धि मानिएको छ। मङ्गलवार साउदी अरबमा हुन लागेको गल्फ कोअपरेशन काउन्सिलको एउटा सम्मेलनअघि यो कदम चालिएको हो।एक वरिष्ठ अमेरिकी अधिकारीले गतिरोध अन्त्यका लागि एउटा सम्झौतामा हस्ताक्षर हुने बताएका छन्।
Read More
कतार नाकाबन्दी: साउदी अरबले कतारमाथि लगाएको साढे तीन वर्ष लामो प्रतिबन्ध ‘हटाउने’

कतार नाकाबन्दी: साउदी अरबले कतारमाथि लगाएको साढे तीन वर्ष लामो प्रतिबन्ध ‘हटाउने’

साउदी अरबले कतारसँगको जल तथा स्थल सीमा फेरि खोल्न लागेको जानकारी कुवेतले दिएको छ। साउदी अरबको यो कदमलाई कतार र विभिन्न खाडी राष्ट्रबीच लामो समयदेखि विद्यमान विवाद समाधानको दिशामा एउटा महत्त्वपूर्ण उपलब्धि मानिएको छ। मङ्गलवार साउदी अरबमा हुन लागेको गल्फ कोअपरेशन काउन्सिलको एउटा सम्मेलनअघि यो कदम चालिएको हो। एक वरिष्ठ अमेरिकी अधिकारीले गतिरोध अन्त्यका लागि एउटा सम्झौतामा हस्ताक्षर हुने बताएका छन्। आतङ्कवादलाई समर्थन गरेको आरोप लगाउँदै कतारका छिमेकी देशहरूले साढे तीन वर्षअघि उसमाथि नाकाबन्दी लगाएका थिए। यूएई, बहरेन, इजिप्टले साउदी अरबसँग कूटनीतिक, व्यापारिक र यात्रा प्रतिबन्धलगायत साझेदारी गरेका थिए। सानो भए पनि निकै धनी अरब मुलुक कतारले जिहादी आतङ्कवादीहरूलाई समर्थन…
Read More
बस दुर्घटना हुँदा १९ यात्रु घाइते

बस दुर्घटना हुँदा १९ यात्रु घाइते

घोराही तुलसीपुर सडकखण्ड अन्तर्गत सोमबार ग्वारखोलामा बस दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन् । तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको ना६ख १८१४ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका ७ ग्वारखोला पुल नजिकै पल्टिँदा बसमा सवार यात्रु घाइते भएका हुन् । दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका-१९ ग्वारखोलाकी ३० वर्षीया लक्ष्मी केसी, वडा नम्बर ६ का १९ वर्षीय झनक के.सी.,बरुवागाउँकी २१ वर्षीया सरु बस्नेत, वडा नम्बर ४ की ३६ वर्षीया तिला कुँवर, वडा नम्बर ५ की ३० वर्षीया सुशिला शर्मा, वडा नम्बर १६ भेलाहीका ५५ वर्षीया बासुदेव चौधरी र वडा नम्बर १४ का २६ वर्षीय सुमन श्रेष्ठ घाइते भएका छन् । यसैगरी तुलसीपुर ७ का १८ वर्षीय विशाल…
Read More
कालिम्पोङको म्युजिकल कन्सर्टमा भागदौड हुँदा दुईको मृत्यु

कालिम्पोङको म्युजिकल कन्सर्टमा भागदौड हुँदा दुईको मृत्यु

भारतको  कालिम्पोङमा आइतबार राति आयोजित म्युजिकल कन्सर्टमा अचानक भागदौड मच्चिँदा दुई जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार कालिम्पोङको मेला मैदानमा आयोजित कन्सर्टमा भएको भागदौडका क्रममा चार जना घाइते भएका छन् । कालिम्पोङ जिल्लाका प्रहरी प्रमुख हरिकृष्ण पाईका अनुसार भागदौडमा ६ जना घाइते भएका थिए जसमा दुई जना महिलाको उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार भागदौडबाट ४० वर्षीया अनिता क्षेत्री र ४६ वर्षीया बनिता गुरुङको मृत्यु भएको हो । उनीहरु दुवै कालिम्पोङको चन्द्रलोक क्षेत्रका बासिन्दा हुन् । काठमाडौं र दार्जिलिङका कलाकारहरुको सहभागितामा सांगितिक कार्यक्रम आयोजना भएको थियो । टिकट काउन्टरमा बाक्लो भीड थियो । मानिसहरू कार्यक्रममा प्रवेश गर्ने हतारोमा थिए । त्यही क्रममा अचानक…
Read More
जी डी गोयनका पब्लिक स्कूलले टीसीएस आई टी विज जित्यो

जी डी गोयनका पब्लिक स्कूलले टीसीएस आई टी विज जित्यो

टाटा कन्सल्टन्सी सर्विसेज (टीसीएस) ले टीसीएस आईटी विज् २०२० को नेशनल फाइनल विजेताहरूको घोषणा गर्‍यो, भारतको सबैभन्दा ठूलो अन्तर-स्कूल आईटी क्विज प्रतियोगिता। जीडी गोइन्का पब्लिक स्कूल, सिलिगुडीका अभिषेक अग्रवाल, टीसीएस आईटी विज चैम्पियनशिप शीर्षकको साथ भागेर उनलाई एक ट्रफी प्रदान गरियो स्वर्ण पदक, विजेताको सर्टिफिकेट र उपहार भउचरवर्थ ३०,०००। राष्ट्रिय फाइनलका रनर-अप, रितिन नागराजज्रोम लिटल फ्लावर पब्लिक स्कूल, बेंगलुरुले २०,००० रूपैयाँ बराबरको ई-वाउचर रजत पदक जित्यो। टीसीएस आईटीको २२ औं संस्करणले देशभरबाट कक्षा ८-१२ कक्षाका, ९,९०० विद्यार्थीहरूको सहभागिता देख्यो। यी मध्ये १२८ सहभागीले फोर्ट प्रि क्वार्टरमा प्रतिस्पर्धा गर्न १६ अ्क प्राप्त गरे, र क्वार्टर फाइनलको लागि ६४ र ४ सेमिफाइनल…
Read More
अलिबाबाका संस्थापक ज्याक मा दुई महिनादेखि गुमनाम

अलिबाबाका संस्थापक ज्याक मा दुई महिनादेखि गुमनाम

काठमाडौं । ई-कमर्श प्लेटफर्म अलिबाबाका संस्थापक तथा चिनियाँ अर्बपति ज्याक मा विगत दुई महिनादेखि गुमनाम छन् । उनी विगत दुई महिनायता कुनै पनि सार्वजनिक कार्यक्रममा उपस्थित छैनन् । यसरी लामो समयदेखि सार्वजनिक कार्यक्रममा नदेदिएसँगै धेरै मानिसले उनी भूमिगत भएको आशंका गरेका छन् । यसको प्रमुख कारण उनको कम्पनीमा लगातार चीन सरकारका अधिकारीहरुको निगरानी हुन सक्ने आँकलन गरिएको छ । जसले गर्दा उनी आफ्नै टेलिभिजन ट्यालेन्ट सो, अफ्रिका बिजनेस हिरोजको अन्तिम एपिसोडमा पनि देखिएनन् । उक्त कार्यक्रममा उनका ठाउँमा अलिबाबाका कार्यकारीले सहभागिता जनाएका थिए । उक्त कार्यक्रमको वेबसाइटबाट उनको तस्वीर समेत हटाइएको थियो भने उक्त कार्यक्रमको प्रोमो भिडियोबाट पनि उनलाई हटाइएको…
Read More
भारतमा दाहसंस्कार स्थलको छाना खस्दा १७ को मृत्यु

भारतमा दाहसंस्कार स्थलको छाना खस्दा १७ को मृत्यु

भारतको उत्तर प्रदेशस्थित मुराद नगरमा आइतबार दाहसंस्कार स्थलको छाना खस्दा कम्तीमा १७ जनाको मृत्यु भएको प्रहरीले बताएको छ । घटनामा कम्तीमा ३८ जना घाइते भएका छन् । घटनालगत्तै राष्ट्रिय विपत् व्यवस्थापन बलको एक टोली घटनास्थल पुगी स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरेको छ । मेरठका विभागीय आयुक्त सी मेश्रामले १७ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । ‘हामीले घटनाबारे अनुसन्धान सुरु गरिसकेका छौं । अनुसन्धानबाट दोषी ठहरिएका व्यक्ति वा संस्थालाई कडा कारबाही गर्नेछौं,’ मेरठका विभागीय आयुक्त सी मेश्रामले भने । यसैबीच, उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख व्यक्त गरेका छन् । ‘दुखद् घटना भएको छ । मैले जिल्ला अधिकारीहरूलाई राहत अभियान सञ्चालन गर्न निर्देशन दिएको छु,’ उनले भने, ‘घटनाबाट…
Read More
११,७८० मत खोज्‍न चुनाव अधिकारीलाई ट्रम्पको दबाब

११,७८० मत खोज्‍न चुनाव अधिकारीलाई ट्रम्पको दबाब

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा फोन रेकर्ड बाहिरिएको छ । जसमा राष्ट्रपति ट्रम्पले जर्जिया राज्यका वरिष्ठ चुनाव अधिकृतलाई केही भोटको व्यवस्था गर्न दबाब दिएका छन् । आफ्नो जित सुनिश्चित गर्न ट्रम्पले सेक्रेटरी अफ स्टेट ब्राड रेफेनस्पर्जरलाई चुनावमा धाँधली भएको बताउँदै आफूलाई सहयोग गर्न आग्रह गरेका छन् । यो रेकर्डिङ वासिङ्टन पोस्टले सार्वजनिक गरेको हो । राष्ट्रपति ट्रम्पले रेफेनस्पर्जरसँग भनेका छन्, ‘म केवल ११ हजार ७ सय ८० भोट चाहन्छु । जुन हामीसँग भएकोभन्दा एक बढी हो । किनकी हामीले चुनाव जितेका छौं । ’ जर्जियामा राष्ट्रपतिमा निर्वाचित डेमोक्र्याट उम्मेदवार जो बाइडेन विजयी भएका थिए । जर्जियामा बाइडेनले २४ लाख ७३ हजार ६ सय ३३ मत प्राप्त…
Read More