Editor

5003 Posts
मोदी सरकारलाई सर्वोच्च अदालतको चेतावनी

मोदी सरकारलाई सर्वोच्च अदालतको चेतावनी

भारतको सर्वोच्च अदालतले नरेन्द्र मोदी नेतृत्वको सरकारलाई आन्दोलनरत किसानहरुसँगको राम्रो व्यवहार गर्न र परिस्थिति बिग्रँदै गएका कारण विवादास्पद तीनवटा कृषि कानुन तत्काल स्थगन नगरे आफूले रोक्ने चेतावनी दिएको छ । केन्द्र सरकारले नयाँ कृषि कानुनका विरुद्ध परेको रिटको सुनुवाइका क्रममा प्रधानन्यायाधीश एसए बोब्डेले त्यस्तो चेतावनी दिएका हुन् । ‘वार्तामा के भइरहेको छ भन्ने हामीलाई थाहा छैन । त्यसैले केही समयका लागि कानुनलाई किन स्थगन नगर्ने?,’ प्रधानन्यायाधीश बोब्डेलाई उद्धृत गर्दै लाइभ ल डट इनले लेखेको छ । साथै अदालतले किसान आन्दोलनप्रति सरकारले देखाएको व्यवहारप्रति असन्तुष्टि प्रकट गरेको छ । ‘सरकारले आन्दोलनप्रति देखाएको व्यवहार गरिरहेको त्यसले निकै निराश बनाएको छ । कानुन ल्याउनु अघि के कस्तो छलफल गरियो…
Read More
ओलीले कम्युनिष्ट पार्टी र आन्दोलनलाई सिध्याउन खोजे : नेता नेपाल

ओलीले कम्युनिष्ट पार्टी र आन्दोलनलाई सिध्याउन खोजे : नेता नेपाल

नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी र आन्दोलनलाई सिध्याउन खोजेको बताएका छन् । सोमबार काठमाडौंमा प्रतिनिधिसभा विघटनकाविरुद्ध आयोजित नागरिक भेलामा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले कम्युनिष्ट पार्टी र आन्दोलनलाई सिध्याउन चाहेको बताएका हुन् । ओलीको कम्युनिष्ट आन्दोलनप्रति निष्ठा नभएको भन्दै ओलीले पार्टी संगठनलाई भाताभुंग पार्न चाहेको बताए । प्रधानमन्त्री ओलीको गणतन्त्र, संघीयता, समावेशिता र धर्म निरपेक्षता प्रति कुनै अपनत्व नभएको उनको भनाइ छ । अध्यक्ष नेपालले सोमबार नै निर्वाचन आयोग पुगेर पार्टीको आधिकारिकता आफूहरुलाई दिन आग्रह गरेको पनि बताए । उनले बहुमत केन्द्रीय कमिटी सदस्य आफूतिर भएको र बहुमतले मात्रै पार्टीको विधान संशोधन गर्न सक्ने व्यवस्था भएकोले कुनै…
Read More
भारत कोरोना भाइरस: के भारतीय खोप उत्पादकहरूले कोभिड-१९ खोपको माग पूरा गर्न सक्लान्?

भारत कोरोना भाइरस: के भारतीय खोप उत्पादकहरूले कोभिड-१९ खोपको माग पूरा गर्न सक्लान्?

विश्वको ६० प्रतिशत खोप उत्पादन गर्ने भारत कोरोनाभाइरसबाट विश्वमा सबैभन्दा अतिप्रभावित देशमा अमेरिकापछि दोस्रो स्थानमा छ। ठूलो उत्पादक भएकाले भारतले आफूलाई आवश्यक पर्ने खोप मात्र नभई विश्वव्यापी आपूर्तिमा आफ्नो प्रतिबद्धता पनि पूरा गर्नुपर्छ। त्यसोभए के उसले त्यो माग पूरा गर्नसक्छ त ? अहिले भारतमा दुईवटा खोपलाई अनुमति दिइएको छ। ती खोप कोभिशील्ड (यूकेमा विकास गरिएको अक्सफर्ड-एस्ट्राजेने खोपको स्थानीय नाम) र कोभ्याक्सीन हुन्। सबैभन्दा ठूलो उत्पादक सीरम इन्स्टिट्यूट अफ इन्डिया (एसआईआई) ले आफूले प्रत्येक महिना छ करोडदेखि सात करोड मात्रा खोप उत्पादन गर्न सक्ने बताएको छ। भारत बायोटेक कम्पनीले एक वर्षमा २० करोड खोप उत्पादन गर्ने लक्ष्य लिएको जनाएको छ। तर…
Read More
इन्डोनेशियामा दुर्घटनामा सप्पई यात्रीलाई मृत्युको संवाबना

इन्डोनेशियामा दुर्घटनामा सप्पई यात्रीलाई मृत्युको संवाबना

इन्डोनेशियामा समुद्रमा दुर्घटनाग्रस्त भएको यात्रुवाहक विमानको ब्ल्याक बक्स खोजी गर्ने कार्य सोमवार फेरि हुन लागेको छ।शनिवार उडेको केही बेरमै हराएको श्रीविजया एअरको बोइङ ७३७ मा चालकदलका सदस्यसहित कुल ६२ मानिस थिए। राजधानी जकार्ताबाट बोर्निओ द्वीपका लागि उडेको उक्त यात्रुवाहक विमान रेडार सम्पर्कबाट अकस्मात् हराएको थियो। खोजी कार्यमा जुटेको टोलीले विमानका केही पाटपुर्जा तथा मानव अवशेष फेला पारिसकेका छन्।अनुसन्धानका लागि महत्त्वपूर्ण डेटा उपलब्ध गराउन सक्ने ब्ल्याक बक्स रहेको स्थान पत्ता लागिसकेको छ।
Read More
इन्डोनेसियामा बेपत्ता विमानको ब्ल्याक बक्स भएको ठाउँ पत्ता लाग्यो

इन्डोनेसियामा बेपत्ता विमानको ब्ल्याक बक्स भएको ठाउँ पत्ता लाग्यो

इन्डोनेसियाली अधिकारीहरूले समुद्रमा हराएको यात्रुवाहक विमानका ब्ल्याक बक्सहरू भएको स्थान पत्ता लागेको बताएका छन् । यसअघि जलसेनाले उक्त विमान हराएको ठानिएको स्थान पत्ता लगाएको जनाएको थियो । श्रीविजय एयरजेटको बोइङ ७३७ विमान शनिबार दुर्घटनाग्रस्त भएको थियो । विमानमा चालकदलका सदस्यसहित ६२ जना थिए । कालिमान्तान प्रान्तस्थित पोन्तियानकका लागि उडेको विमान चार मिनेटमै राडारको सम्पर्कबाट बेपत्ता भएको थियो । विमान खोज्नका लागि जलसेनाका पौडीबाजसहित करिब एक दर्जन पानीजहाज परिचालन गरिएको थियो । विमानको भग्नावशेष ठानिएका सामग्रीहरूको अनुसन्धानकर्ताहरूले विश्लेषण गरिरहेका छन् । उद्धारकर्ता र स्थानीय माझीहरूले श्रीविजय एयरको भनिएको भग्नावशेष सम्हालेर राखेका जनाइएको छ । अधिकारीहरूका अनुसार आइतबार बिहानैबाट खोजी र उद्धारका प्रयास भइरहेका छन् । विमानको भग्नावशेषजस्ता देखिने सामग्रीहरू समुद्रमा…
Read More
अस्ट्रेलियामा विद्यार्थीले काम गर्न पाउने समय बढ्यो

अस्ट्रेलियामा विद्यार्थीले काम गर्न पाउने समय बढ्यो

अस्ट्रेलियाले कोरोना भाइरसका कारण भइरहेको जनशक्ति अभाव कम गर्न विद्यार्थीले काम गर्न पाउने समय बढाएको छ । अध्यागमन विभागका अनुसार यो प्रावधान अस्थायी रूपमा केही महत्त्वपूर्ण क्षेत्रमा मात्र लागू हुनेछ । अस्ट्रेलियाली गृहमन्त्रालयले एक सूचना जारी गर्दै वर्तमान कठिन अवस्थामा स्वास्थ्य, कृषिलगायतका अत्यन्तै जरुरी सेवामा आवश्यक जनशक्ति पूरा गर्न यो निर्णय लिइएको जनाएको छ । सूचनामा मन्त्रालयले तत्कालका लागि दुई सातामा ४० घण्टा मात्र काम गर्न पाउने अधिकार बढाइएको बताएको छ । कानुनतः अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीले दुई सातामा ४० घण्टा मात्र काम गर्न पाउँछन् । यदि सरकारले दिएको अधिकारभन्दा बढी काम गरेको पाइएमा भिसा रद्दसम्मको सजायको व्यवस्था छ । सरकारका अनुसार यहाँ रहेका नर्सिङ होम तथा…
Read More
भारतको महाराष्ट्रमा अस्पतालमा आगलागी हुँदा १० शिशुको मृत्यु

भारतको महाराष्ट्रमा अस्पतालमा आगलागी हुँदा १० शिशुको मृत्यु

भारतको महाराष्ट्र राज्यमा एउटा अस्पतालमा आगलागी हुँदा १० जना नवजात शिशुको मृत्यु भएको छ । भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार महाराष्ट्र राज्यको भण्डारा जिल्लाको जिल्ला अस्पतालमा आगलागी हुँदा १० नवजातको मृत्यु भएको हो । शनिबार बिहान सिक न्युबोर्न केयर युनिटमा आगलागी भएको हो । ७ जना शिशुलाई भने सुरक्षित रुपमा उद्धार गरिएको पीटीआईले जनाएको छ । भण्डारा मुम्बईबाट करिब ७ सय किलोमिटरको दूरीमा छ । आगलागीपछिको धूवाँले निसास्सिएर शिशुहरुको मृत्यु भएको बताइएको छ । भण्डारा जिल्लाका एसपी वसन्त जाधवका अनुसार घटनाको खबर हुनेबित्तिकै दमकल पुगेको र प्रशासनिक र प्रहरी अधिकारी मिलेर आगो निभाइएको थियो । घटनाको छानबिन सुरु भएको पनि उनले बताए । अस्पतालका चिकित्सकले टाइम्स…
Read More
इन्डोनेसियामा ६२ जना यात्रु बोकेको विमान दुर्घटना

इन्डोनेसियामा ६२ जना यात्रु बोकेको विमान दुर्घटना

इन्डोनेसियाको राजधानी जकार्ताबाट ६२ जना यात्रु बोकेर उडेको विमान केही मिनेटमा नै दुर्घटनाग्रस्त भएको अधिकारीहरुले बताएका छन् ।  जकार्ताबाट १० बालबालिकासहित ६२ यात्रु लिएर उडेको श्रीविजया एअर बोइङ ७३७ विमान देशको पश्चिमी कालिमान्तन प्रान्तको पोन्टिआनक जाने क्रममा दुर्घटनाग्रस्त भएको हो । उक्त विमान २६ वर्ष पुरानो रहेको बीबीसीले जनाएको छ । स्थानीयहरूले केही व्यक्तिहरू पानी तैरिइरहेको देखिएको उनीहरू जीवित हुने आशा क्षीण रहेको साथै ती विमानका यात्रु रहेको हुनसक्ने बताएका छन् । विमानका भग्नावशेषझैँ देखिने तस्बिरहरू स्थानीय टेलिभिजन र सामाजिक सञ्जालमा देखाइएको तर ती वेपत्ता विमानका नै भग्नावशेष हुन् भनी पुष्टि गर्ने कुनै प्रमाण नभेटिएको बीबीसीले लेखेको छ । ।
Read More
महाराष्ट्र: अस्पतालमा भीषण आगलागी, १० नवजात शिशुको मृत्यु

महाराष्ट्र: अस्पतालमा भीषण आगलागी, १० नवजात शिशुको मृत्यु

समाचार संस्था पीटीआईका अनुसार महाराष्ट्र राज्यको भण्डारा जिल्लाको जिल्ला अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको छ। शनिवार बिहान २ बजे न्यूबर्न केयर युनिटमा आगो लागेको थियो। उक्त युनिटबाट सातजना शिशुलाई सुरक्षित निकालिएको थियो। भण्डारा मुम्बईबाट ९०० किलोमिटर टाढा पर्छ। अस्पताल भवनमा आगलागीका कारण धुवाँ भरिँदा सास फेर्न गाह्रो भएर नवजात शिशुहरूको मृत्यु भएको बताइएको छ। मुम्बई मिररका अनुसार अस्पतालका कर्मचारीले उक्त कक्षको ढोका खोल्दा त्यहाँ धुँवा भरिएको थियो। त्यसपछि अस्पतालका वरिष्ठ अधिकारीहरूलाई घटनाबारे खबर दिइएको थियो। लगत्तै अग्नि नियन्त्रक अस्पताल पुगेका थिए। जिल्लाका प्रशासनिक निकायका अधिकारीहरू र प्रहरी अधिकारी पनि अस्पताल पुगेको बताइएको छ। भण्डारा जिल्लाका प्रहरी अधिकारी…
Read More
उत्तर कोरियाली नेता किम जङ-अनले अमेरिकाको उनको मुलुकप्रतिको नीति ‘कहिल्यै परिवर्तन नहुने’ बताएका छन्

उत्तर कोरियाली नेता किम जङ-अनले अमेरिकाको उनको मुलुकप्रतिको नीति ‘कहिल्यै परिवर्तन नहुने’ बताएका छन्

उत्तर कोरियाली नेता किम जङ-अनले अमेरिकालाई आफ्नो देशको सबैभन्दा ठूलो शत्रु भन्दै अमेरिकामा जो राष्ट्रपति बने पनि प्योङयाङप्रति वाशिङ्टनको नीति परिवर्तन हुने अपेक्षा आफूले नराखेको बताएका छन्। उनको सत्तारूढ वर्कर्स पार्टीको विरलै हुने राष्ट्रिय सम्मेलनमा बोल्दै किमले उत्तर कोरियाको परमाणु अस्त्र र सैन्य शक्ति थप वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले पानीमुनि चल्ने परमाणु जहाज (न्यूक्लियर सबमरिन) बनाउने आफ्नो योजना करिब करिब पूर्ण भएको बताए। अमेरिकामा राष्ट्रपति निर्वाचित जो बाइडनले शपथ लिने दिन नजिकिएका बेला उनको प्रतिक्रिया आएको छ। विश्लेषकहरू किमको टिप्पणी अमेरिकी नयाँ राष्ट्रपतिमाथि दबाव पुर्‍याउने प्रयत्न भएको ठान्छन्। राष्ट्रपति डोनल्ड ट्रम्पसँग किमको न्यानो सम्बन्ध रहे पनि ट्रम्पको कार्यकलमा…
Read More