16
Jan
नयाँ वर्ष, नयाँ तारामण्डल अवलोकनका योजना! यदि तपाईँ रातमा आकाश अवलोकन र अन्तरिक्ष अवलोकनको पारखी हुनुहुन्छ भने अहिलेदेखि नै योजना बनाउन थाल्नूस् है किनभने सन् २०२१ रोमाञ्चक र सुन्दर खगोलशास्त्रीय दृश्य र घटनाले भरिपूर्ण हुनेछ। नजिकका आकाशगङ्गाहरू, खग्रास चन्द्रग्रहण, आगोका लप्काका घेराहरू, उल्कापात, मङ्गल ग्रहमा अवतरण गर्न उडिरहेका लागेका दुईवटा अन्तरिक्ष यानहरू र अन्तरिक्ष अवलोकन गर्न नयाँ शक्तिशाली टेलिस्कोपजस्ता विषयहरूले यो वर्ष अरूभन्दा विशेष हुने अनुमान गरिएको छ। यो वर्ष पहिलो पटक देखिन लागेका केही दृश्यदेखि बेलाबखत देखिने अदभूत दृश्यहरू हेर्न पाइनेछ। १. बुध ग्रह दायाँमा रहेको बुध अनि बृहस्पति र शुक्र ग्रह हाम्रो सौर्यमण्डलको सबैभन्दा सानो र सूर्यसँग सबभन्दा नजिक…
