21
Jan
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको अन्तिम दिन ह्वाइटहाउसबाट बिदाइ सम्बोधन गरेका छन् । विभिन्न सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लागेका कारण ट्रम्पको सम्बोधन द ह्वाइट हाउस युट्युब च्यानलमा राखिएको छ । सम्बोधनका क्रममा ट्रम्पले आफूहरुलाई नागरिकले दिएको अभिभारा पूरा गरेको दाबी गरे । ‘तपाईंहरुले चुनेअनुसार मैले कठिन लडाइँ र कठिन द्वन्द्वको सामना गरेँ,’ ट्रम्पले सम्बोधनका क्रममा भने । गत नोभेम्बरमा भएको राष्ट्रपतीय चुनावको नतिजालाई ट्रम्पले अहिलेसम्म पूर्ण रुपमा स्वीकार गरेका छैनन् । नेपाली समयअनुसार बुधबार राति जो बाइडेन र कमला ह्यारिसले अमेरिकाको आगामी राष्ट्रपति र उपराष्ट्रपतिका रुपमा शपथ ग्रहण गर्दैछन् । केही दिनअघि ट्रम्प समर्थकले अमेरिकी संसद् भवनमा मच्चाएको हिंसामा ५ जनाको मृत्यु भएको…
