22
Jan
अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरस नियन्त्रणलाई प्राथमिकतामा राखेका छन् । भाइरस नियन्त्रणका लागि बाइडेनले १० वटा कार्यकारी आदेशमा हस्ताक्षर गर्ने जनाइएको छ । भाइरसविरुद्धको खोप द्रुतगतिमा दिइने, परीक्षण दायरा बढाइने तथा मास्कलगायत अत्यावश्यक सामग्रीको उत्पादन बढाइने आदेशमा उल्लेख छ । त्यसैगरी, भाइरस नियन्त्रणका लागि राष्ट्रियस्तरको रणनीति तय गरिने पनि बाइडेनको योजना छ । निवर्तमान राष्ट्रपति ट्रम्पको भाइरसविरुद्धको रणनीति तय गर्न राज्यहरूलाई अधिकार दिएका थिए । महामारी नियन्त्रणका लागि ठोस कदम नचालको भन्दै उनको व्यापक आलोचना भएको थियो । बिहीबार साँझसम्म अमेरिकामा कोरोना भाइरसको महामारीका कारण ४ लाख ६ हजार जनाले ज्यान गुमाइसकेका छन् । संक्रमितको संख्या २ करोड ४५ लाख पुग्नै लागेको छ । राष्ट्रपति बाइडेनको कोरोना भाइरस…
