10
Feb
भारतको उत्तराखण्ड राज्यस्थित चमोली जिल्लामा आइतबार हिमनदी फुटेर आएको बाढीका कारण मृत्यु हुनेको संख्या ३१ पुगेको छ । अधिकारीहरुका अनुसार अझै १ सय ५० भन्दा बढी बेपत्ता छन् । हिमपहिरोका कारण हिमनदी फुटेपछि आइतबार धौलीगंगा, अलकनन्दालगायत नदीमा पानीको वहाव ह्वात्तै बढेपछि दुइटा विद्युत् आयोजनाका ड्याम भत्केका थिए । धौलीगंगाको बाढीले चमोली जिल्लाको रैनी र तपोवन क्षेत्रमा ठूलो मात्रामा क्षति पुर्याएको हो । बाढीका कारण पुल तथा सडक भत्किएका छन् । तपोवन विद्युत् आयोजनाको सुरुङभित्र कम्तीमा ३५ जना कामदार फसेका उद्धारकर्ताहरुले आशंका गरेका छन् । स्थानीयवासी ओम अग्रवालले तीव्र गतिको नदीको वहाव पहाड खसेजस्तै देखिएको बताउँदै नदी वरपरको जमिनमा भूकम्प गएझैं अनुभव गरिएको बताए । उत्तराखण्ड…
