11
Mar
विपक्षी दलका सांसदहरूको अवरोधपछि भारतको माथिल्लो सदन राज्यसभाको बुधबारको बैठक स्थगित भएको छ । भारत सरकारले ल्याएका कृषिसम्बन्धी नयाँ कानुनहरूको विरोधमा विपक्षी दलका सांसदहरूले संसद्मा होहल्ला गरेका हुन् । सांसदहरूको अवरोधपछि बैठक मार्च १५ सम्मका लागि स्थगित गरिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार सांसदहरूको अवरोधपछि राज्यसभाका उपाध्यक्ष हरिवंश नारायण सिंहले बैठक स्थगित गरेका हुन् । विपक्षी सांसदहरूले ती कानूनहरू तत्काल फिर्ता गर्न माग गरेका छन् । त्यसैगरी विपक्षी सांसदहरूले पेट्रोलियम पदार्थको मूल्य वृद्धिलगायतका विभिन्न विषयसमेत संसद्मा उठाएका छन् । यसअघि पनि उनीहरूले संसद् बैठक अवरुद्ध गरेपछि बुधबार मध्याह्न १२ बजेका लागि बैठक तय गरिएको थियो । भारतको राज्यसभामा अहिले बजेट अधिवेशनको दोस्रो सत्र चलिरहेको छ । गत सोमबारदेखि…
