18
Mar
महाराष्ट्र, कर्नाटक, केरला, पन्जाब, गुजरातलगायत राज्यका विभिन्न स्थानमा लकडाउन र रात्रिकालीन कर्फ्यु भारतमा पछिल्ला दिनहरूमा कोरोना भाइरस संक्रमितको संख्या चिन्ताजनक रूपमा बढ्दै गएको छ । अधिकारीहरूले संक्रमण थप फैलिएसँगै खोप अभियान तीव्र पारिएको जनाएका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार आइतबार एकै दिन २५ हजार ३ सय २० जना संक्रमण पुष्टि भएको छ । जुन ३ महिनायताकै दैनिक संक्रमितको संख्यामा सबैभन्दा बढी हो । आइतबार थपिएका संक्रमितसँगै भारतमा कुल संक्रमितको संख्या १ करोड १३ लाख नाघेको छ । संक्रमितको संख्याका हिसाबले भारत विश्वमा एघारौं स्थानमा छ । दैनिक वृद्धिका हिसाबले आइतबार सबैभन्दा उच्च रहेको छ । अघिल्लो दिनको तुलनामा आइतबारको वृद्धि ८ हजार ५…
