20
Mar
आइसल्यान्डमा ज्वालामुखी विस्फोट भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार आइसल्यान्डको राजधानी रिक्याभिकको दक्षिण पश्चिममा रहेको रेकानस प्रायद्वीपमा शुक्रबार ज्वालामुखी विस्फोट भएको हो । ज्वालामुखी विस्फोटका कारण ५ सयदेखि ७ सय मिटरसम्म लामो धाँजा फाटेको आइसल्यान्डको मौसम विभागले जनाएको छ ।ज्वालामुखी विस्फोट भएको क्षेत्र राजधानीबाट ३० किलोमिटरको दूरीमा रहेको समाचार संस्था रोयटर्सले जनाएको छ । आइसल्यान्डको मौसम विभागका अनुसार रेकानसमा यसअघि करिब ८ सय वर्षअघि ज्वालामुखी विस्फोट भएको थियो । पछिल्ला तीन हप्तामा आइसल्यान्डमा ४० हजारभन्दा बढी भूकम्प गइसकेको छ । ज्वालामुखी विस्फोटबाट तत्काल नजिकका बस्तीमा रहेका मानिस र भौतिक संरचनामा क्षति नपुग्ने पनि आइसल्यान्डका अधिकारीले बताएका छन् । यो…
