22
Mar
कोरोनाभाइरस महामारीका कारण ठूलै क्षति व्यहोरेको युरोपमा आगामी जुलाई महिनासम्ममा ‘हर्ड इम्युनिटी’ (सामूहिक रोगप्रतिरोधी क्षमता) निर्माण हुन सक्ने युरोपेली युनियनका एक आयुक्तले बताउनु भएको छ । युरोपेली मुलुकहरुमा कोभिड विरुद्धको खोप पर्याप्त उपलब्ध नभएपछि चौतर्फी आलोचना खेप्दै आएको युरोपमा आयुक्तको यो पछिल्लो भनाईले अविश्वसनीय भए पनि केही आशाको किरण देखा परेको छ ।कोभिडको तेस्रो लहर देखा परेको भन्दै युरोपका धेरै मुलुकमा फेरि लकडाउन र प्रतिबन्धहरु घोषणा गर्न थालिएका छन् । कोभिड सङ्क्रमण तिब्र रुपमा फैलिएपछि जारी गरिएका लकडाउनको विरोधमा पनि मानिसहरु सडकमा उत्रिएका छन् भने कोभिडको खोपको विश्वसनीयतामाथि शङ्का उत्पन्न भएपछि थप समस्या सिर्जना भएको छ ।युरोपेली आयोगका आयुक्त थिएरी…
