Editor

5003 Posts

निकुञ्‍जको नियन्त्रणबाट भाग्यो बाघ

नेपालगन्ज — बाँके राष्ट्रिय निकुञ्जको नियन्त्रणमा रहेको पाटेबाघ भागेको छ । बर्दियामा मान्छेलाई आक्रमण गर्दै आएको उक्त बाघलाई खाता जैविकमार्ग बर्दियाले चैत ५ गते डिभिजन वन कार्यालयमा बुझाएको थियो । बाँके राष्ट्रिय निकुञ्जको टाईगर होल्डिङ सेन्टरमा राखिएको बाघ भागेपछि निकुञ्जले जगंलभित्र नजान स्थानीयलाई आग्रह गरेको छ। ‘खोरमा राखिएको बाघलाई मुभमेन्ट नियाल्न दुई वटा क्यामरा राखेका थियौं’, बाँके राष्ट्रिय निकुञ्जका वार्डेन श्यामकुमार साहले भने,‘ मंगलबार बिहान ६ बजेसम्म खोरमै रहेको बाघ फलामेडन्डी भाँचेर निस्किएर प्राकृतिक स्थान जंगलतिर गएको देखिन्छ ।’ निकुञ्जका सूचना अधिकृत महेश न्यौपानेले बाघ कसरी भाग्यो भन्नेबारे अनुसन्धान भइरहेको बताए । गत बिहीबार बर्दियाबाट बाँकेमा ल्याइएको बाघले बर्दिया राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रका धेरै…
Read More
अस्ट्राजेनिका खोप गम्भीर विरामी हुनबाट रोक्न शतप्रतिशत प्रभावकारी : अमेरिकी अध्ययन

अस्ट्राजेनिका खोप गम्भीर विरामी हुनबाट रोक्न शतप्रतिशत प्रभावकारी : अमेरिकी अध्ययन

कोरोनाभाइरस विरुद्ध प्रयोग हुदै आएको अस्ट्राजेनिका खोप गम्भीर बिरामी हुनबाट रोक्न शतप्रतिशत प्रभावकारी पाइएको छ । कोलम्बिया विश्वविद्यालय र रोचेस्टर विश्वविद्यालयले गरेको नयाँ परीक्षणले खोप प्रभावकारी र सुरक्षित रहेको फेरि प्रमाणित गरेको हो ।अमेरिका, चिली र पेरुका ३२ हजारभन्दा बढी स्वयंसेवकमा खोप परीक्षण गरिएको अध्ययनकर्ताहरुले जनाएका छन् । परीक्षणबाट खोप लक्षणयुक्त कोरोनाभाइरसको सङ्क्रमण रोक्न ७९ प्रतिशत प्रभावकारी रहेको पनि पुष्टि भएको छ ।त्यसैगरी यो खोपले रगत जम्ने जोखिम पनि नदेखिएको परीक्षणको नतिजाले देखाएको अधिकारीहरुले बताएका छन् । अक्सफोर्ड विश्वविद्यालयका खोप परीक्षणका प्रमुख अध्ययनकर्ता प्राध्यापक एन्ड्रु पोल्र्डले नयाँ अध्ययनको नतिजाले खोपको प्रभावकारिता पुनः प्रमाणित गरेको दावी गर्नुभयो ।युरोपेली मुलुक लगायत कतिपय…
Read More
म्यानमारमा बेपत्ता बीबीसीका समाचारदाता अपहरणमुक्त

म्यानमारमा बेपत्ता बीबीसीका समाचारदाता अपहरणमुक्त

अपहरणमा पर्नु भएका म्यानमारका लागि बीबीसीका समाचारदाता आउङ थुरा अपहरणमुक्त हुनुभएको छ । राजधानीस्थीत अदालत अगाडि समाचार संकलन कार्य गरिरहेका बेला सादा पोशाकमा आएका व्यक्तिहरुले उहाँलाई शुक्रबार अपरहण गरेका थिए ।म्यानमारमा सेनाले चालेको अप्रजातान्त्रिक कदमका विरुद्धमा आन्दोलन चर्किरहेका बेला बेपत्ता हुनुभएका पत्रकार सम्पर्कमा आउनु भएको बीबीसीका अधिकारीहरूले सोमबार जनाएका छन् । रिहा भएका पत्रकारका बारेमा र घटनाका बारेमा विस्तृत विवरण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन ।बीबीसीका समाचारदातासँगै स्थानीय मिज्जीमाका समाचारदाता थान हटिक अउङ पनि बेपत्ता हुनुभएको थियो । उहाँलाई भने अझै पनि अपहरणमुक्त नगरिएको समाचारमा जनाइएको छ । गत फेब्रुअरी १ मा भएको सैन्य विद्रोहपछिको आन्दोलनका क्रममा म्यानमारमा अहिलेसम्म दुई…
Read More
कोलाराडोस्थित किराना पसलमा अन्धाधुन्ध गोली प्रहार, दश जनाको मृत्यु

कोलाराडोस्थित किराना पसलमा अन्धाधुन्ध गोली प्रहार, दश जनाको मृत्यु

एक जना बन्दूकधारीले अमेरिकाको कोलाराडोस्थित किराना पसलमा अन्धाधुन्ध गोली प्रहार गरेपछि दश जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना प्रहरी अधिकृतसमेत छन् ।अमेरिकाकै एटलान्टा क्षेत्रमा गोली हानी आठ जनाको हत्या गरिएको घटना सेलाउन नपाउँदै कोलाराडोको किंग सूपर्स स्टोरमा अन्धाधुन्ध गोली प्रहारमा दश जनाको मृत्यु भएको सीएनएनले जनाएको छ । गोली प्रहार गरेको आरापमा एक जना आशंकित पक्राउ गरिएको छ । सीएनएनका अनुसार बौल्डरका प्रहरी प्रमुख मैरिस हेरोल्डले एकजना आशंकित पक्राउ गरिए पनि कुन प्रकारको हतियार प्रयोग भएको तथा घटनाको कारणबारे खुलाउनुभएन ।
Read More
दक्षिण कोरियाली राष्ट्रपतिले एस्ट्राजेनिकाको खोप लगाउनुभयो

दक्षिण कोरियाली राष्ट्रपतिले एस्ट्राजेनिकाको खोप लगाउनुभयो

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले मंगलबार कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाउनुभएको दक्षिण कोरियाली राजधानी सोलबाट प्राप्त भएको समाचारमा जनाइएको छ । उहाँले अक्सफोर्ड र अस्ट्राजेनिकाले संयुक्तरुपमा विकास गरेको खोप लगाउनुभएको हो । उक्त कम्पनीको खोपका विषयमा विश्वका कतिपय देशमा विवाद उत्पन्न भएको थियो ।सो खोप लगाएका मानिसहरुमा रगत जम्ने समस्या देखापरेको भन्दै उक्त खोप नलगाउन भनिएको थियो । तर युरोपेली युनियनले गरेको अनुसन्धानका क्रममा सो भने सो खोपमा त्यस्तो खराबी नदेखिएको पाइएको बताइएको थियो ।राष्ट्रपति मुन जाय इनले दक्षिण कोरियको राजधानी सोलमा रहेको एक पब्लिक हेल्थ सेन्टरमा पुगेर सो खोप लगाउनुभएको यहाँका टेलिभिजनहरुले देखाएका सो समाचारमा जनाइएको छ ।राष्ट्रपति…
Read More
भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ६० हजार नाघ्यो

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ६० हजार नाघ्यो

भारतमा गत २४ घण्टामा कोरोना संक्रमणबाट १९९ जनाको मृत्यु भएपछि यहाँ कुल मृतकको सङ्ख्या एक लाख ६० हजार १६६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार दिएको जानकारी दिएको छ ।सोही अवधिमा ४० हजार ७१५ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कूल संक्रमितको सङ्ख्या एक करोड १६ लाख ८६ हजार ७९६ पुगेको मन्त्रालयले जानकारी दिएको छ । कुल संक्रमितमध्ये तीन लाख ४५ हजार ६४६ जना अहिले पनि संक्रमित अवस्थामै छन् भने कुल एक करोड ११ लाख ८१ हजार २५३ जना संक्रमणमुक्त भएका छन् ।भारतमा जनवरीबाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म चार करोड ८०…
Read More
इजरायलमा दुई वर्षभित्र चौथो पटक संसदको चुनाव

इजरायलमा दुई वर्षभित्र चौथो पटक संसदको चुनाव

इजरायलमा दुई वर्षभित्रको अवधिमा चौथो पटक संसदको निर्वाचन मङ्गलबार शुरु भएको छ । संसदमा कुनै पनि दलले बहुमत ल्याउन नसकेपछि चौथो पटक चुनाव हुन लागेको हो । प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टी पुनः सत्तामा पुग्छ वा पुग्दैन भन्ने यस चुनावले निक्र्यौल गर्नेछ ।चुनावमा करिब ६५ लाख मतदाताले मतदान गर्नेछन् । इजरायलको इतिहासमा राजनीतिक असमझदारीले लगातार चौथो पटक निर्वाचन हुन लागेको हो । पछिल्लो पटक संसदमा कुनै दलले स्पष्ट बहुमत हासिल गर्न नसकेपछि मुख्य विपक्षीसँग मिलेर सत्ता साझेदारी गरे पनि गठबन्धन टुटेको थियो ।इजरायलका प्रधानमन्त्री नेतन्याहूमाथि भ्रष्टाचारको आरोप लागे पनि उहाँले प्रधानमन्त्री र पार्टीको नेता पदबाट राजीनामा गर्नुभएको छैन । उहाँमाथिका…
Read More
वीआई ग्राहकहरु वर्चुअल सेवा बीओटी (वीआईसी) मा भुक्तान गर्न सक्छन्

वीआई ग्राहकहरु वर्चुअल सेवा बीओटी (वीआईसी) मा भुक्तान गर्न सक्छन्

पहिलो डिजिटल अनुभवमा ध्यान केन्द्रित गर्दै वीआईले आफ्ना ग्राहकहरूको लागि सहजै आफ्नो रिचार्ज गर्न र बिलहरू भुक्तान गर्न सक्षम बनाउन अर्को उद्योगको पहिलो सेवा शुरू गर्यो।वीआई ग्राहकहरु अब ठाउँको ठाउँ पेमेन्टहरु र एआई संचालित वर्चुअल एजेन्ट वीआईसी मार्फत यसको डिजिटल एसेट र व्हाट्सएपबाट रिचार्ज गर्न सक्दछन्। वीआई पोस्टपेड र प्रीपेड ग्राहकहरूले अब यो व्यक्तिगत डिजिटल भुक्तान सेवा लिन सक्नेछन् जुन सबै भुक्तानी गेटवे / यूपीआई भर काम गर्दछ। वीआई प्रीपेड ग्राहकहरु कुनै पनि प्रिपेड प्याकको साथ तुरुन्त रिचार्ज गर्न सक्दछन् व्हाट्सएप को साथमा भर्चुअल एजेन्ट वीआईसी बाट मात्र दुई क्लिकमा। यो पहल वीआई को ग्राहकको जीवन सरल, छिटो र डिजिटल…
Read More
कोरोना भाइरस: मैले किन कोभिडसँग लड्दाको जोखिमपूर्ण क्षण सार्वजनिक गर्ने निर्णय गरेँ

कोरोना भाइरस: मैले किन कोभिडसँग लड्दाको जोखिमपूर्ण क्षण सार्वजनिक गर्ने निर्णय गरेँ

गत वर्ष सेप्टेम्बरमा ब्रजिलकी ३८ वर्षीया दन्त चिकित्सक र्‍याकेल ट्रिभिजी कोभिड-१९ को उपचारका लागि अस्पतालमा भर्ना भइन्। नियमित व्यायाम गर्ने र पुरानो रोग नभएका कारण उनलाई लागेको थियो कि उनलाई कोभिडले धेरै खराब गर्दैन। तर उनको अवस्था बिग्रँदै गयो। "कसैले पनि कहिल्यै सोचेको थिएन कि कोभिडका कारण यस्तो खालको जटिलता आउँछ। मेरो स्वास्थ्य राम्रो थियो र स्वस्थ रहन्थेँ।" "तर कोरोनाभाइरसले फरक तरिकाले असर गर्छ। यो रोग एकदमै जटिल हो," कोरोनाभाइरसले उनको फोक्सोमा नराम्रोसँग असर गरेको थियो। एउटा निजी अस्पतालमा उनी भर्ना भइन् जहाँ उनलाई सघन उपचार कक्ष आईसीयूमा राखियो र श्वासप्रश्वास सहज बनाउन मुखमा नली हालियो। आईसीयूमा राखिएको दोस्रो दिन…
Read More
यमन द्वन्द्व: साउदी अरेबियाले अघि सार्‍यो शान्ति योजना

यमन द्वन्द्व: साउदी अरेबियाले अघि सार्‍यो शान्ति योजना

यमनमा भएको झण्डै छ वर्षको युद्ध अन्त्यका लागि साउदी अरेबियाले एउटा नयाँ शान्ति योजना प्रस्ताव गरेको छ। उसले आफू समर्थक यमनको सरकार र इरानको समर्थन रहेको हुथीविद्रोहीबीच संयुक्त राष्ट्रसंघले सुपरीवेक्षण गर्ने गरी युद्धविराम गर्न प्रस्ताव गरेको छ। यो प्रस्तावमा राजनीतिक वार्ता सुरु गर्न र महत्त्वपूर्ण हवाई तथा जलमार्ग पुन: खोल्ने विषय पनि समेटिएको छ। यमन सरकार र संयुक्त राष्ट्रसंघले यो योजनाको स्वागत गरेका छन्। यो प्रस्तावको घोषणा साउदी राजधानी रियादमा विदेशमन्त्री फैसल बिन फरहानले गरेका हुन्। उनले यमनको ठूलो भूभागलाई नियन्त्रणमा लिएको हुथीहरूलाई यो प्रस्ताव स्वीकार गर्न आह्वान पनि गरे। उनले हुथीहरूले स्वीकार गर्ने बितिक्कै युद्धविराम कार्यान्वयनमा जाने पनि बताए।…
Read More