Editor

5003 Posts
बङ्गलादेश स्थापनाको ५० वर्ष, अर्थतन्त्रमा व्यापक प्रगति, अधिकार कटौतीले निराशा

बङ्गलादेश स्थापनाको ५० वर्ष, अर्थतन्त्रमा व्यापक प्रगति, अधिकार कटौतीले निराशा

बङ्गलादेशले स्वतन्त्रता प्राप्त गरेको यसै साता ५० वर्ष पुगेको छ । गरिबीको चेपुवामा परेको बङ्गलादेशले पछिल्ला वर्षमा आर्थिक समृद्धिका दिशामा व्यापक प्रगति गरे पनि अधिकार कटौतीले चिन्तित बनाएको छ । पछिल्ला वर्षहरुमा एक दलीय झैं देखिएको बङ्गलादेशको राजनीतिमा सरकारको विरोधमा कार्टून बनाए वा फेसबुकमा केही लेखे जेलमा परिने वा त्योभन्दा कडा सजाय भोग्नुपर्ने हुनसक्छ ।ए.बी.एम. शमशुद्दीन बङ्गलादेशको आर्थिक प्रगतिबाट राम्रै लाभ प्राप्त गर्न सफल हुनुभएको छ । उहाँले सन् १९९८ मा ११० वटा मेसिन र २५० जना कामदार राखेर एउटा स्वीटर बनाउने कारखाना खोल्नु भएको थियो । अहिले शमशुद्दीनको हन्नान समूहका पाँच वटा कारखानाले दुई दर्जन युरोपेली ब्रान्डका लागि तयारी…
Read More
भारतमा एकै दिनमा ५३ हजार भन्दा बढी संक्रमित थपिए

भारतमा एकै दिनमा ५३ हजार भन्दा बढी संक्रमित थपिए

भारतमा पछिल्लो चौबीस घण्टामा ५३ हजार ४७६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । थपिएका संक्रमितसँगै भारतमा कुल संक्रमितको सङ्ख्या एक करोड १७ लाख ८७ हजार ५३४ पुगेको भारतको परिवार कल्याण्ड तथा स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट २५१ जनाको मृत्यु भएको छ । कुल मृतकको सङ्ख्या एक लाख ६० हजार ६९२ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार दिएको जानकारी दिएको छ ।सोही अवधिमा कुल सङ्क्रमितमध्ये तीन लाख ९५ हजार १९२ जना अहिले पनि सङ्क्रमित अवस्थामै छन् भने कुल एक करोड १२ लाख ३१ हजार ६५० जना सङ्क्रमणमुक्त भएका छन् । भारतमा जनवरीबाट…
Read More

नयाँ भेरियन्टका कारण संक्रमित बढेको हुनसक्छ : विज्ञ

काठमाडौँ — सीमावर्ती भारतीय राज्यहरुमा कोरोना भाइरसको संक्रमण तीव्र भएसँगै नेपाल सरकारले पुनः सतर्कता अप्नाउनुपर्ने सुझाव विज्ञहरुले दिएका छन् । विगत एक सातायता नेपालसँग सीमा जोडिएका भारतका उत्तर प्रदेश, बिहार र पश्चिम बंगालमा कोरोना संक्रमितको संख्यामा भारी वृद्धि देखिएको छ । नेपालमा पनि अझ विशेष गरेर काठमाडौं उपत्यकामै विगत एक सातायता संक्रमितहरुको संख्या उकालो लाग्न थालेको छ । यस्तै संक्रमितहरुको संख्या बढ्नुको कारण कुनै नयाँ भेरियन्टले गर्दा पनि हुनसक्ने विज्ञहरुले आशंका गरेका छन् । जोन हप्किन्स हेल्थ सिस्टममा कार्यरत क्वालिटी म्यानेजर तथा चिकित्सकीय एनालाइटिक्सका विज्ञ डा. विशाल भण्डारीका अनुसार भाइरसलाई फैलनका लागि सयम र स्थान दिएको खण्डमा अनुवांशिक गुण परिवर्तन गरेर फैलिन थाल्छ । ‘मलाई…
Read More

संक्रमण उच्च हुनगएमा लकडाउन हुनसक्छ : स्वास्थ्य मन्त्रालय

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या उच्च हुनगएमा संक्रमणको चक्र रोक्नका लागि लकडाउन गर्नुपर्ने अवस्था आउनसक्ने बताएको छ । बुधबार मन्त्रालयद्वारा आयोजित नियमित मिडिया ब्रिफिङमा सहप्रवक्ता डा.समीरकुमार अधिकारीले मानिसहरुले अनावश्यक भिडभाड बढ्नु, मास्क नलगाउनु, सामाजिक दुरी कायम नगर्नु, भेटघाट तथा गोष्ठी बढ्नुले संक्रमितको संख्या बढ्दै गएको बताए । उनले भने, ‘लडकाउन गर्नु नेपाल सरकारको उद्देश्य होइन तर सरकारले परिस्थित अनुसार नीतिगत निर्णय गरेर संक्रमणको चक्र रोक्नुपर्ने हुन्छ र संक्रमणलाई भयावह रुपमा फैलिन नदिन सजग हुनुपर्छ ।’ उनले आउँदै गरेको होली घरमै बसेर मनाउन र अनावश्यक भिडभाड नगर्न आग्रह गरेका छन् । पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै नेपाल फर्किनेको भिडभाड…
Read More
भारतमा कोरोना भाइरसबाट एकै दिनमा २७५ को मृत्यु

भारतमा कोरोना भाइरसबाट एकै दिनमा २७५ को मृत्यु

भारतमा गत २४ घण्टामा कोरोना संक्रमणबाट २७५ जनाको मृत्यु भएको छ । थपिएका मृतकसँगै कुल मृतकको सङ्ख्या एक लाख ६० हजार ४४१ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। चौबीस घण्टाको अवधिमा ४७ हजार २६२ जना थप व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको छ । हालसम्म कुल संक्रमितको सङ्ख्या एक करोड १७ लाख ३४ हजार ५८ पुगेको मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये तीन लाख ६८ हजार ४५७ जनामा संक्रमण सक्रिय छ । एक करोड १२ लाख ५ हजार १६० जना संक्रमणमुक्त भएका छन् ।भारतमा गत जनवरीमा कोभिडविरुद्धको खोप अभियान सुरु भए यता हालसम्म करिब पाँच करोडले कोरोनाविरुद्धको खोप…
Read More
म्यान्मारमा छ सयभन्दा बढी प्रदर्शनकारी रिहा

म्यान्मारमा छ सयभन्दा बढी प्रदर्शनकारी रिहा

म्यान्मारमा ‘कू’ विरोधी प्रदर्शनमा लागेका छ सयभन्दा बढी मानिसलाई बुधवार रिहा गरेको जेलका एक वरिष्ठ अधिकारीले बताएका छन् ।‘हामीले आज इन्सेन जेलबाट ३६० जना पुरुष र २६८ जना महिलालाई रिहा गरेका छौं’ कारागारका एक वरिष्ठ अधिकारीले नाम नबताउने सर्तमा एएफपीलाई बताएका हुन् । म्यान्मारमा सैनिक ‘कू’ शुरु भएयता भएका विरोध प्रदर्शनका क्रममा हालसम्म २७५ जनाको मृत्यु भएको छ । यद्यपि जुन्ता सरकारका प्रवक्ताले भने १६४ जनाको मृत्यु भएको जनाएको छ । सो प्रदर्शन क्रममा २८ सयभन्दा बढी व्यक्ति पक्राउ परेका पनि समाचारमा जनाइएको छ ।
Read More
बलिऊड अभिनेता आमिर खानमा कोरोना सङ्क्रमण

बलिऊड अभिनेता आमिर खानमा कोरोना सङ्क्रमण

बलिउड अभिनेता आमिर खानमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । अभिनेता खानका प्रवक्ताका अनुसार उहाँ हाल घरमै क्वारेन्टिनमा बस्नुभएको छ ।उहाँको प्रवक्तालाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले खानमा कोरोना सङ्क्रमणको पुष्टि भएको र उहाँ स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै घरमै बस्नुभएको उल्लेख गरेको छ । तात्काल उहाँको सम्पर्कमा आएका सबैलाई साjधानी अपनाउन आग्रह गरिएको छ । आमिर अभिनित ‘लाल सिंह चड्डा’ चललित्र प्रदर्शनको तयारीमा  छ ।भारतमा कोभिड १९ को दोस्रो लहर आउँदा आमिर खान त्यसबाट प्रभावित हुने पहिलो बलिउड अभिनेता हुनुहुन्छ ।
Read More
आप्रवासीलाई अमेरिकाको अनुरोधः सीमा बन्द छ, त्यता नजानू

आप्रवासीलाई अमेरिकाको अनुरोधः सीमा बन्द छ, त्यता नजानू

संयुक्तराज्य अमेरिकाको दक्षिणी सीमा मामिला म्बन्धी अमेरिकी संयोजक रोबर्टा ज्याकोब्सनले मेक्सिको हुँदै अमेरिका प्रवेश गर्न चाहिरहेका आप्रवासीलाई अमेरिका–मेक्सिकोको सीमामा नआउन आग्रह गर्नुभएको छ । अमेरिका प्रवेश गर्ने चाहना बोकेका तर प्रवेशाज्ञा अनुमतिको कागजात नभएका हजारौं व्यक्ति मध्य अमेरिकी मुलुकहरुबाट आइरहेका समाचार बाहिरिएसँगै उहाँले अमेरिकी सीमा बन्द गरिएको जानकारी दिनुभएको छ ।मेक्सिको सिटीमा रहेको अमेरिकी राजदूताबासबाट सार्वजनिक गरिएको उहाँको एउटा अडियो सन्देशमा भनिएको छ, “सीमामा नआउनु होला । सीमा बन्द गरिएको छ ।” ज्याकोब्सनले अवैधानिक ढङ्गबाट संयुक्तराज्य अमेरिका प्रवेश गर्न चाहने व्यक्तिहरु आपराधिक तत्वहरु र मानव तस्करबाट पीडित हुने जोखिम पनि रहने बताउनुभएको छ ।राष्ट्रिय सुरक्षा परिषदमा दक्षिण अमेरिकी प्रमुख हुवाँ…
Read More
ब्राजिलमा एकैदिन तीन हजारभन्दा बढीको मृत्यु

ब्राजिलमा एकैदिन तीन हजारभन्दा बढीको मृत्यु

ब्राजिलमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण झन् बढेको छ । ब्राजिली अधिकारीहरुका अनुसार मंगलबार मात्र त्यसअघिको २४ घन्टा भित्रमा मृत्यु हुनेको संख्या तीन हजारभन्दा बढी पुगेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले मंगलबार कोरोना भाइरसको प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या ३ हजार २५१ जना पुगेको जनाएको छ ।योसँगै कोरोनाभाइरसको प्रकोपबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । मंगलबारसम्ममा ब्राजिलका २ लाख ९८ हजारभन्दा बढी व्यक्तिले यसबाट ज्यान गुमाएका छन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार मंगलबारसम्ममा ब्राजिलमा कोरोनाको कारण दुई लाख ९८ हजार ६७६ जनाको मृत्यु भएको छ ।ब्राजिलमा पछिल्ला दिनहरुमा कोभिडका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको अधिकारीहरुले जानकारी…
Read More
रोहिङ्ग्या शिविरमा भिषण आगलागी, कम्तीमा १५ शरणार्थीको मृत्यु

रोहिङ्ग्या शिविरमा भिषण आगलागी, कम्तीमा १५ शरणार्थीको मृत्यु

दक्षिणी बंगलादेशको रोहिङ्ग्या शरणार्थी शिविरमा सोमबार अपराह्न लागेको भिषण आगलागीमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको बंगलादेशी अधिकारीहरुले बताएका छन् । आगलागी भएको स्थानबाट उद्धारकर्ताहरुले कम्तीमा १५ जनाको जलेका शव निकालेका र अरुको पनि खोजी भइरहेको उद्धार संस्थाहरुले जनाएका छन् । रोहिङ्ग्या शरणार्थीले आश्रय लिएको यस ठाउँका हजारौं बाँसले बनाइएका अस्थायी शिविरहरु आगोले डढेर खरानी भएका थिए । संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय (युएनएचसिआर) का प्रवक्ता लुइज डोनोभानले कम्तीमा ४०० जना हराइरहेका र करिब ५६० जना घाइते भएको बताउनुभयो । डोनोभानका अनुसार आगलागीका कारण ४५ हजारभन्दा बढी व्यक्ति विस्थापित भएका छन् ।शिविर ध्वस्त भएसँगै शरणार्थीहरु आफ्ना आफन्त र सरसामानको खोजीमा लाग्नुका…
Read More