01
Apr
नाइजेरियाली सेनाको ‘अल्फा जेट’ विमानको ‘राडर’सँग सम्पर्क विच्छेद भएको वायुसेनाले बिहीबार पुष्टि गरेको छ । उक्त विमान स्थानीय समय अनुसार साँझ ५ बजेर ८ मिनेट जाँदा राडरसँगको सम्पर्कभन्दा बाहिर गएको नाइजेरियाली वायुसेनाका प्रवक्ता एडवर्ड गाब्वेटले पुष्टि गर्नुभएको छ ।विमान नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोबाट सम्पर्कबाहिर पुगेको उहाँले बताउनुभयो । समाचार तयार पार्दासम्म विमानमा कति यात्रु रहेका थिए भन्नेबारे जानकारी प्राप्त भइसकेको छैन । विमान एक्कासी सम्पर्कबाहिर गएकोले कतिपय नाइजेरियाली सञ्चारमाध्यमले विमान दुर्घटनाग्रस्त भएको आशङ्का व्यक्त गरेका छन् ।विमान रहेको ठाँउ वा सम्पर्क गुमेको सम्भावनाको कारण अझै पत्ता लगाइ नसकिएको बताउँदै यसबारे थप सूचना आउँदासाथ जानकारी गराइने प्रवक्ता गाब्वेटले जानकारी गराउनुभयो ।
