01
Apr
भारतमा कोरोना भाइरस संक्रमणबाट एकै दिनमा ४५९ जनाको मृत्यु भएको छ । एकै दिनमा कोरोनाबाट ४५९ जनाको मृत्यु भएको यसवर्षको अहिलेसम्मकै सबैभन्दा बढी हो ।बुधबार ४५९ जनाको मृत्यु भएसँगै भारतमा हालसम्म कोभिड संक्रमणबाट एक लाख ६२ हजार ९२७ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । गत जनवरीमा कोरोना संक्रमितको दैनिक संख्या १० हजारभन्दा कम भएको थियो । जनवरी २५ र २६ का दिनमा भारतमा २४ घण्टामा कोरोना भाइरस संक्रमित संख्या करिब नौ हजार १०० भएको थियो । कोरोना संक्रमितको उक्त संख्या यसअघिका २३७ दिनमा सबभन्दा कम थियो ।गत २४ घण्टामा ७२ हजार भन्दा बढी व्यक्तिमा…
