Editor

5003 Posts
कोरोना भाइरस भारत :नयाँ नियम के छ?

कोरोना भाइरस भारत :नयाँ नियम के छ?

सोमबारबाट महाराष्ट्रमा स्थानीय समय अनुसार रातको आठ बजेदेखि बिहानको सात बजेसम्म कर्फ्यु लागु हुनेछ। सप्ताहान्तमा शुक्रवार राती आठ बजेदेखि पूर्ण रूपमा लकडाउन लागु हुने छ जुन सोमवार बिहान सात बजेसम्म कायम रहने छ। त्यो अवधिमा अत्यावश्यक सेवा मात्र सञ्चालनमा रहने छ। तर सार्वजनिक सवारी साधनहरू भने चल्ने छन्। पसल, बार अनि रेष्टुराँले ग्राहकले किनेर लैजान दिन सक्ने वा घर-घरमा खाना पुर्‍याउने कार्य भने जारी राख्न पाउनेछन्। सरकारी कार्यालयहरूमा ५० प्रतिशत कर्मचारीहरूलाई मात्रै बोलाउन भनिएको छ। सकेसम्म घरबाटै काम गराउन भनिएको छ। यी प्रावधान एप्रिल ३० तारिखसम्म लागु हुने सरकारले जनाएको छ।
Read More
बलिउडमा कोरोना संकट

बलिउडमा कोरोना संकट

पछिल्लो समय एकपछि अर्को बलिउडकर्मी कोरोना संक्रमित हुन थालेका छन्। पहिलो लहरमा अमिताभ बच्चन कोरोना संक्रमित भएका थिए। अहिले देखिएको दोस्रो लहरमा अक्षय कुमार, आमिर खान, आलिया भट्ट, भूमि पेडनेकर, विक्की कौशल, कार्तिक आर्यनलगायतका बलिउडकर्मी संक्रमित भएका हुन्। चलचित्रको छायांकन जारी राखेका उनीहरू कोरोना संक्रमित भएपछि बाँकी काम रोकिएको छ। अबको केही समय बलिउड फेरि शिथिल बन्ने देखिएको छ।
Read More
श्रृंगलाले भने – बढ्दो कनेक्टिविटी नरेन्द्र मोदीको नेबरहुड फर्स्ट एन्ड ईस्ट नीतिको प्रमुख अंश हो

श्रृंगलाले भने – बढ्दो कनेक्टिविटी नरेन्द्र मोदीको नेबरहुड फर्स्ट एन्ड ईस्ट नीतिको प्रमुख अंश हो

आफ्नो सिक्किम भ्रमणको दोस्रो दिन विदेश सचिव हर्षवर्धन श्रिंगलाले सिक्किम विश्वविद्यालयका विद्यार्थीहरूलाई सम्बोधन गर्दै भने कि छिमेकी देशहरूसँगको राम्रो सम्पर्क र पूर्वाधारको विकासले उत्तरपूर्व क्षेत्रको आर्थिक विकासमा योगदान पुर्या्उँछ। यसले लगानी, व्यापार र रोजगारीका अवसर पनि सिर्जना गर्दछ। हालैमा बढ़ेको कनेक्टिविटी प्रधानमन्त्री नरेन्द्र मोदीको नेबरहुड फर्स्ट र एक्ट ईस्ट पॉलिसीको मुख्य अंश हो।हर्षवर्धन श्रृंगलाले शनिबार विदेश मन्त्रालय र सिक्किम विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध विभागले आयोजना गरेको कार्यक्रममा "भारतको विदेश नीतिको आधारमा उत्तर पूर्वी क्षेत्र" शीर्षकमा बोल्दै हुनुहुन्थ्यो। यस अवधिमा उनले विद्यार्थीहरूसँग कुरा गरे र जोड दिए कि उत्तर-पूर्वी क्षेत्र दक्षिण-पूर्वी एशियाको प्रवेशद्वार हो। यसले भारतलाई विश्वको सबैभन्दा आर्थिक गतिशील र राजनीतिक…
Read More
भारतको छत्तीसगढमा नक्सलवादीद्वारा २२ सुरक्षाकर्मीको हत्या

भारतको छत्तीसगढमा नक्सलवादीद्वारा २२ सुरक्षाकर्मीको हत्या

भारतमा नक्सलवादीहरुको आक्रमणमा परी कम्तीमा २२ सुरक्षाकर्मीको मृत्यु भएको छ । भारतको छत्तीसगढ प्रदेश अन्तर्गत पर्ने बिजपुरमा शनिबार घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् । “छत्तीसगढको सुक्मा—बिजपुरमा नक्सल विद्रोहीहरुको आक्रमणमा परी कम्तीमा २२ सुरक्षाकर्मीको ज्यान गएको छ,” स्थानीय प्रहरी प्रमुख कमलोचन कश्यपले भन्नुभयो । घटनामा परी अरु ३१ जना घाइते पनि भएको उहाँले जानकारी दिनुभयो । छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेलले घटनामा परी घाइते भएकाहरु खतरामुक्त रहेको बताउनुभयो । उहाँले अरु २१ जना प्रहरी सम्पर्कविहीन रहेको र उनीहरुको खोजी भइरहेको पनि पत्रकारहरुलाई जानकारी दिनुभयो । केन्द्रीय गृहमन्त्री अमित शाहले फोन गरेर उद्धार तथा खोजीका बारेमा चासो राख्नुभएको पनि मुख्यमन्त्री बघेलले बताउनुभयो…
Read More
चीनको सडक दुर्घटनामा ११ जनाको मृत्यु

चीनको सडक दुर्घटनामा ११ जनाको मृत्यु

चीनको पूर्वी क्षेत्रमा यात्रुबाहक बस र ठक्कर एकआपसमा जुधेर भएको दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।आइतबार बिहान चीको जियाङ्सु प्रान्तमा भएको उक्त दुर्घटनामा अरु १९ जना घाइते भएका छन् । उक्त दुर्घटना शेनयाङ–हाइकाओ राजमार्गमा भएको प्रहरीले जनाएको छ । तीव्र गतिमा रहेको ट्रक अनियन्त्रित भई सडकको बीचको बार भत्काएर अर्कोतर्फबाट आइरहेको बसमा ठोक्किएको थियो ।घाइतेहरुलाई नजिकका अस्पतालहरुमा भर्ना गरिएको छ । प्रारम्भिक अनुसन्धानमा यात्रुवाहक बस शाङ्घाईबाट गुयानयुन काउन्टीतर्फ गइरहेको थियो । चीनमा यतिखेर मानिसहरु छुट्टी मनाउन घरगाउँतर्फ जाने गरेका छन् ।
Read More
उत्तर प्रदेश र महाराष्ट्रमा संक्रमण तीव्र

उत्तर प्रदेश र महाराष्ट्रमा संक्रमण तीव्र

भारतको सीमावर्ती राज्य उत्तरप्रदेशमा कोरोना संक्रमण तीव्र बन्दै गएको छ । पछिल्ला दिनहरूमा उत्तर प्रदेशमा दैनिक संक्रमित हुनेको संख्या दुई हजारभन्दा बढी छ ।  गएको एक दिनमा मात्रै २ हजार ४ सय २३ जना संक्रमित थपिएका छन् । यो सँगै त्यहाँ हालसम्म कुल संक्रमितको संख्या ६ लाख २५ हजार ९ सय २३ पुगेको छ । शनिबार संक्रमित हुनेको संख्या २ हजार ९ सय ५३ थियो । उत्तर प्रदेशसँग नेपालको ५ सय ५१ किलोमिटरभन्दा लामो सीमा जोडिएको छ । खुला सीमाबाट हुने मानिसहरूको अनियन्त्रित आउजाउका कारण उत्तर प्रदेशमा संक्रमण बढ्दा नेपालमा पनि जोखिम उत्तिकै बढेको छ । कोरोना संक्रमण तीव्र बनेपछि भारतको सीमावर्ती राज्य उत्तर प्रदेशमा त्यहाँको राज्य…
Read More
भारतमा पहिलो पटक एकैदिन एक लाखभन्दा बढीलाई कोरोना संक्रमण

भारतमा पहिलो पटक एकैदिन एक लाखभन्दा बढीलाई कोरोना संक्रमण

भारतमा पछिल्लो २४ घण्टामा एक लाखभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा १ लाख ३ हजार ५ सय ५८ जनामा कोरोना पुष्टि भएको छ । भारतमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएयता एकैदिन संक्रमितको संख्या एक लाख नाघेको यो पहिलो पटक हो । योसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड २५ लाख ८९ हजार नाघेको छ । त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा थप ४७८ जनाको कोरोनाले मृत्यु भएको छ । भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ६५ हजार १ सय १ पुगेको छ । पछिल्लो समय महाराष्ट्र, उत्तर प्रदेश, दिल्लीलगायतका राज्यमा…
Read More
विदेश भ्रमणमा ३० जना खोलडी लग्न पाउने आईसीसीको निर्णय

विदेश भ्रमणमा ३० जना खोलडी लग्न पाउने आईसीसीको निर्णय

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले अन्तर्राष्ट्रिय प्रतियोगितामा कुनै टोलीले ३० जना खेलाडीसम्म लग्न पाउने ब्यवस्था गरेको छ । कोभिड १९ को महामारीले खेलाडी र कर्मचारी सङ्क्रमित भएपछि टोली ब्यवस्थापनलाई प्रतियोगितामा खेलाडीको ब्यवस्थापनलाई लिएर चुनौती थपिएको थियो । खेलाडी घाइते हुन पुग्दा वा सङ्क्रमित हुँदा कोभिड १९ को मापदण्डले अतिरिक्त खेलाडीको यात्रामा समस्या हुँदै आएको थियो ।आईसीसीको सञ्चालक समितिले सन् २०२१ को टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितादेखि उक्त निर्णय लागू हुने जनाएको छ । गत् वर्ष आईसीसीले १५ जना खेलाडी र आठ जना कर्मचारी गरी एक टोलीले २३ जना खेलाडी लग्न पाउने ब्यवस्था परिमार्जन गरेको थियो । टोलीले विदेश भ्रमण गर्दा अन्तिम एघारमा…
Read More
सुचीविरुद्ध अर्को आरोप

सुचीविरुद्ध अर्को आरोप

म्यान्मारको सैनिक सरकारले लोकतन्त्रवादी नेत्री आङ सान सुचीविरुद्ध अर्को मुद्दा लगाएको छ । ७५ वर्षीया सुचीमाथि ‘गोपनीयतासम्बन्धी कानुन उल्लंघन गरेको’ आरोप लगाइएको छ । यो सुचीविरुद्ध लगाइएको छैटौं तर हालसम्मकै गम्भीर आरोप रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले लेखेका छन् । यसअघि उनीमाथि ६ लाख अमेरिकी डलर र ११ किलो सुन लिएको आरोप लगाइएको थियो । सेनाका सहायक रथी ज मिन तुनले राष्ट्रपति विन मिन्ट र अन्य मन्त्रीहरूलाई पनि भ्रष्टाचारको आरोप लगाएका थिए । गैरकानुनी रूपमा सञ्चार उपकरण राखेको, आयात तथा राष्ट्रिय प्राकृतिक विपत्सम्बन्धी कानुन उल्लंघन गरेको आरोपसमेत सुचीमाथि लगाइएको थियो । नोभेम्बरमा भएको चुनावमा व्यापक धाँधली गरेको तथा सरकारले आर्थिक हिनामिना गरेको आरोप लगाउँदै म्यान्मारको सेनाले गत…
Read More
अमेरिकी संसद् भवनबाहिर आक्रमण : एक प्रहरी अधिकृत र आक्रमणकारीको मृत्यु

अमेरिकी संसद् भवनबाहिर आक्रमण : एक प्रहरी अधिकृत र आक्रमणकारीको मृत्यु

वासिङ्टनस्थित अमेरिकी संसद् भवन(यूएस क्यापिटल बिल्डिङ कम्प्लेक्स) मा भएको आक्रमणमा एक जना प्रहरी अधिकारीको मृत्यु भएको छ । प्रहरीका अनुसार स्थानीय समयअनुसार शुक्रबार दिउँसो सुरक्षाका लागि राखिएको ब्यारिकेडमा एउटा कारले ठक्कर दिएर अधिकारीमाथि आक्रमण भएको थियो । कारमा सवार ती व्यक्ति ओर्लिएर प्रहरी अधिकारीलाई चक्कु प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आफूमाथि आक्रमण भएपछि प्रहरीले गोली चलाउँदा आक्रमणकारीको पनि मृत्यु भएको छ । संदिग्ध आक्रमणकारीको २५ वर्षीय नोआह ग्रीनका रुपमा पहिचान खुलेको सीएनएनले जनाएको छ । क्यापिटल प्रहरी प्रमुख योगानन्द पिटम्यानका अनुसार आक्रमणमा परी प्रहरी अधिकृत विलियम बिली इभान्सको मृत्यु भएको हो । उनी १८ वर्षदेखि क्यापिटल पुलिस फोर्समा कार्यरत थिए । प्रहरी अधिकारीले उक्त…
Read More