Editor

5003 Posts
भारतीय सेनामा आगामी चार वर्षभित्रमा एक लाख सैनिक कटौती गरिने भएको छ ।

भारतीय सेनामा आगामी चार वर्षभित्रमा एक लाख सैनिक कटौती गरिने भएको छ ।

चीफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतले यस लक्ष्यका विषयमा संसद्को स्थायी समितिलाई जानकारी दिएका छन् । त्यस कटौतीबाट बच्ने रकमको उपयोग प्रविधिलाई बढाउनका लागि गरिने रावतको भनाइ छ । सरकारले पनि सेनालाई यस रकमको उपयोग प्रविधिको क्षेत्रमा गरिने बताएको छ ।  भारतीय सेनामा संरचनागत परिवर्तनको प्रक्रिया चलिरहेको छ । दिल्लीस्थित जंगी अड्डाबाट अधिकारीहरू घटाएर फील्डमा पठाउने योजना छ । स्ट्यान्डिङ कमिटीलाई सेनाको टूथ टु टेल रेसियोका बारेमा पनि बताइएको छ । सैन्य कारवाहीमा भाग लिने तथा उनीहरूका लागि रसदपानी पुर्‍याउने सैनिकहरूबीचको अनुपातलाई टूथ टु टेल रेसियो भनिन्छ ।  सेनाको कारवाहीमा भाग लिने सैनिकहरूलाई टूथ र रसदपानी पुर्‍याउने सैनिकहरूलाई टेल…
Read More
बलिउड चलचित्र ‘सूर्यवंशी’को रिलिज मिति तेस्रो पटक सारिएको छ ।

बलिउड चलचित्र ‘सूर्यवंशी’को रिलिज मिति तेस्रो पटक सारिएको छ ।

 यही अप्रिल ३० का लागि रिलिज मिति तोकेर प्रचारमा रहेको चलचित्रको कोरोनाका कारण तेस्रो पटक रिलिज मिति पछाडि सारिएको हो । यो चलचित्रमा अभिनेता अक्षयकुमार र अभिनेत्री कट्रिना कैफले शीर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । चलचित्र रोहित सेट्टीले निर्देशन गरेका हुन् । महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेसँगको छलफलपछि चलचित्रको रिलिज मिति पर सारिएको निर्देशक रोहितले बताएका छन् । सन २०२० को अप्रिल २४ मा पहिलो रिलिज मिति तय गरेको ‘सूर्यवंशी’ले कोरोनाका कारण पहिलो रिलिज मितिबाट पछाडि हटेको थियो । त्यसपछि सोही वर्षको अक्टोबर १५ का लागि चलचित्रले रिलिज मिति तय गरेको थियो । यो मितिमा पनि अवस्था सामान्य नभएपछि सारिएको…
Read More
लकडाउनः फिलिपिन्समा बजार जाँदा ‘३०० पटक उठबसको सजाय’ पाएका एक व्यक्तिको मृत्यु

लकडाउनः फिलिपिन्समा बजार जाँदा ‘३०० पटक उठबसको सजाय’ पाएका एक व्यक्तिको मृत्यु

कोरोनाभाइरस नियन्त्रणका लागि लागु गरिएको क्वारन्टीन नियमको अवज्ञा गरेको भन्दै प्रहरीले दण्डस्वरूप ३०० पटक उठबस गराएका फिलिपिन्समा एक व्यक्तिको मृत्यु भएको उनको परिवारले जनाएको छ। बिहीवार स्थानीय समयानुसार साँझको ६ बजेपछि कभाइट प्रान्तमा पानी किन्दै गरेका ड्यारेन मानाओग पेनारेडोन्डोलाई प्रहरीहरूले रोकेका थिए। दण्ड पाएको भोलिपल्ट उनी अचेत भएर लडे र त्यसको केही समयमै उनको मृत्यु भयो। कोभिड महामारी नियन्त्रण गर्ने उद्देश्यले लुजोन टापुस्थित कभाइ प्रान्तमा कडा लकडाउन गरिएको छ। जेनरल ट्राएस सिटीका प्रहरी प्रमुख मार्लो सोलेरोले कर्फ्यूसम्बन्धी नियम उल्लङ्घन गर्ने व्यक्तिलाई भौतिक दण्ड दिने नियम नभएको र उनीहरूलाई प्रहरीले सम्झाइबुझाइ मात्रै गर्ने गरेको बताएका छन्। तर सजाय दिएको पाइए त्यो…
Read More
बन्दुकधारीहरूको आक्रमणपछि नाइजीरियाको एउटा जेलबाट १,८०० भन्दा बढी कैदीहरू भाग्न सफल भएको अधिकारीहरूले बताएका छन्।

बन्दुकधारीहरूको आक्रमणपछि नाइजीरियाको एउटा जेलबाट १,८०० भन्दा बढी कैदीहरू भाग्न सफल भएको अधिकारीहरूले बताएका छन्।

आक्रमणकारिहरू दक्षिण-पूर्वी सहर ओवेरीस्थित जेलको प्रशासनिक भवनमा बिस्फोटकको प्रयोग गरेर भित्र पसेका थिए। हालसम्म भागेका ६ जना कैदिहरू फर्किएको बताइएको छ। ३५ जनाले भने त्यहाँबाट भाग्न अस्विकार गरेका थिए। प्रहरीले प्रतिबन्धित पृथक्तावादी समूह द इन्डीजीनीएस पीपल अफ बीयाफ्राले आक्रमण गरेको आरोप लगाएको छ। तर उक्त समूले आफ्नो सङ्लग्नता अस्विकार गरेको छ। जेलबाट १,८४४ कैदी फरार भएको अधिकारीहरूले बताएका छन्। सोमवार बिहान पीकअप ट्रक र बस चढेर भारि हतियारसहित आएका आक्रमणकारीहरू ओवेरी कस्टोडीयल सेन्टर प्रवेश गरेका थिए। प्रहरी प्रवक्ताका अनुसार आक्रमणकारीहरुले रकेटबाट फ्याक्न सकिने ग्रेनेड, स्वचालित बन्दुक, बिस्फोटक पदार्थ र राइफल बोकेका थिए। राष्ट्रपति मुहम्मदु बुहारीले आक्रमणलाई ''अराजकतावादीहरूले'' गरेको ''आतङ्कवादको कार्य''…
Read More
इन्डोनेसियामा बाढी र पहिरोमा ९० जनाको मृत्यु

इन्डोनेसियामा बाढी र पहिरोमा ९० जनाको मृत्यु

इन्डोनेसियामा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ८७ पुगेको सरकारी अधिकारीहरुले जनाएका छन् । यस बाढी र पहिरोको कारण अझै पनि दर्जनौं व्यक्ति हराइरहेका छन् ।        यस बाढीबाट इन्डोनेसिया र छिमेकमा पर्ने इस्ट टिमोर बढी प्रभावित भएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । यस प्रकोपबाट इन्डोनेसियामा ६६ र इस्ट टिमोर २१ जनाको मृत्यु इन्डोनेसियाको विपत् व्यवस्थापन निकायका प्रवक्ताले सोमबार बिहान बताउनु भएको छ । इस्ट टिमोरको राजधानी दिलीको आवासिय क्षेत्रमा घेरै व्यक्तिको मृत्यु भएको बताइएको छ ।        बाढी पहिरोका कारण दर्जनौं घरसहित भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक विवरणहरूमा जनाइएको छ । त्यस्तै बाढी र पहिरोमा परी केही व्यक्ति बेपत्ता पनि…
Read More
अफगानिस्तानमा आइतबार भएका आक्रमणमा १७ सैनिकको मृत्यु, कैयौँ घाइते

अफगानिस्तानमा आइतबार भएका आक्रमणमा १७ सैनिकको मृत्यु, कैयौँ घाइते

अफगानिस्तानका विभिन्न स्थानमा आइतबार राति भएका छुट्टाछुट्टै आक्रमणहरूमा १७ सैनिकको मृत्यु भएको स्थानीय युद्ध अनुगमन समूहले सोमबार जानकारी गराएको छ ।         मारिने सैनिकमध्ये सबैभन्दा बढी दक्षिणी हेल्मन्ड प्रान्तमा रहेका छन् । उक्त प्रान्तमा रातभर भएका भिडन्तमा ११ सैनिक मारिएका र अन्य १३ सैनिकलाई आक्रमणकारी समूहले नियन्त्रणमा लिई लगेको बताइएको छ ।       सेनाले आक्रमणमा अफगानी तालिवान विद्रोही लडाकूको सम्लग्नता रहेको दावी गरेको छ । उक्त दिन तालिवान विद्रोहीले सेनाबाट खोसेर लगेको गाडीलाई प्रहरी कार्यालयमा विष्फोट गराउँदा कम्तीमा दुई प्रहरीको मृत्यु भएको आठ प्रहरी घाइते भएका बताइएको छ ।      सन् २००१ पहिले सत्ता चलाइसकेको तालिवान समूहले पछिल्लो…
Read More
बलिउडमा डेब्यु गर्दै सन्नी देओलका कान्छा छोरा

बलिउडमा डेब्यु गर्दै सन्नी देओलका कान्छा छोरा

अभिनेता सन्नी देओलका कान्छा छोरा राजवीर देओल पनि बलिउड डेब्यु गर्दैछन् । हालै राजश्री प्रोडक्सनसँग जोडिएका उनी प्रेमकथामा बन्दै गरेको फिल्म मार्फत पर्दामा देखिँदैछन् ।यो फिल्म राजवीरको मात्र नभएर निर्देशनका हिसाबले अविनाश बड्जात्याको पहिलो निर्देशकीय फिल्म हुनेछ । 'मेरो छोरो राजवीरले अभिनयको यात्रा सुरू गरेको छ । राजश्री प्रोडक्सनले राजवीर र अविनाशलाई बजारमा ल्याउँदैछ । उनीहरुको यात्रा प्रतिक्षित बनेको छ ।' धरमेन्द्रले नाति फिल्ममा खेल्दै गरेको खुसी सामाजिक सञ्जाल ट्विटरमा व्यक्त गरेका छन् । 'मेरो नाति राजवीर फिल्म क्षेत्रमा डेब्यु गर्दैछ । ऊसँगै अविनाशले पनि डेब्यु गर्दैछन् । मेरा दुई छोरालाई दिनुभएको प्रेम नातिलाई पनि दिनुहोला ।,' धमेन्द्रले लेखेका छन्
Read More
नेपालमा कोरोनाभाइरस (कोभिड- १९) का कारण एकैदिन ४ जनाको मृत्यु भएको छ ।

नेपालमा कोरोनाभाइरस (कोभिड- १९) का कारण एकैदिन ४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ४ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृतकको कुल संख्या ३ हजार ३६ पुगेको छ । यसबीचमा कोरोनाका २ सय ६६ संक्रमित थपिएका छन् । यससँगै सक्रिय संक्रमितको संख्या १ हजार ८ सय ३२ पुगेको छ। पछिल्लो २४ घण्टामा १ सय २ संक्रमित निको भएका छन् । निको हुनेको कुल संख्या २ लाख ७३ हजार ३ सय ४२ छ । कुल संक्रमितको संख्या भने २ लाख ७८ हजार २ सय १० छ ।
Read More
बलिउड अभिनेता आमिर खानकी छोरी पछिल्लो समय समाचारको हेडलाइन बनिरहेकी छन् ।

बलिउड अभिनेता आमिर खानकी छोरी पछिल्लो समय समाचारको हेडलाइन बनिरहेकी छन् ।

पहिला आफू डिप्रेसनमा रहेको विषयलाई लिएर उनको चर्चा भयो । यो पटक भने उनी आफ्नो नामको विषयलाई लिएर चर्चामा आएकी छिन् । धेरै व्यक्तिले उनको नाम ‘आइरा’ लेख्नु पर्नेमा ‘इरा’ लेखेकोप्रति उनी आक्रोशित भएकी हुन् । यही विषयलाई लिएर उनका साथीहरूले मजाक बनाउने उनी बताउँछिन् । यसैले उनले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै आफ्नो शुद्ध नाम उच्चारण गरेर सुनाएकी छन् । भिडियोमा आइरा भन्छिन्– ‘मेरा साथीहरू मेरो नामलाई लिएर मलाई जिस्क्याउँछन् । यसैले मैले मेरो नामको जार निर्णय गरेकी छु । जसले मेरो नाम अशुद्ध भन्छ,उसले उक्त जारमा ५ हजार रुपैयाँ राख्नु पर्छ । त्यही रकम म सहयोग स्वरूप…
Read More
आज बिहान साढे नौ बजे नेपाल वायुसेवाको उडानमार्फत् नयाँ दिल्लीबाट काठमाडौं उत्रिने भनिएका कलाकार मनिष श्रेष्ठको बारेमा सनसनीपूर्ण समाचार फैलाएको पाइएको छ ।

आज बिहान साढे नौ बजे नेपाल वायुसेवाको उडानमार्फत् नयाँ दिल्लीबाट काठमाडौं उत्रिने भनिएका कलाकार मनिष श्रेष्ठको बारेमा सनसनीपूर्ण समाचार फैलाएको पाइएको छ ।

दिउँसो साढे २ बजे काठमाडौं उत्रिएको एअर इण्डियाको उडानमा समेत श्रेष्ठ नभएको बताइन्छ । साढे ३ बजेको आरएनएसीको नियमित उडानमा समेत त्यो नाम गरेको यात्रु नभएको बुझिएको छ । आज बिहान साढे ९ बजे बलिउडका चर्चित कलाकार नेहा कक्कर र टोनी कक्करसँग सहकार्य गरेर गिनिज बुकमा नाम लेख्न सफल मनिष श्रेष्ठ काठमाडौं आउँदै गरेको समाचार संकलनको लागि सञ्चारकर्मीहरुलाई जरुरी निम्तो पठाइएको थियो । आवश्यक सम्पर्कको लागि ९८१८२०९८२६ नम्बर दिइएको थियो । तर,न फोन कसैले उठाउँछ, न नेहा कक्कर र टोनी कक्करसँग सहकार्य गरेर गिनिज बुकमा नाम लेखाएका भनिएका मनिष श्रेष्ठ नाम गरेका व्यक्ति नयाँ दिल्लीबाट आएको देखिन्छ । स्रोत भन्छ…
Read More