Editor

5003 Posts
हाइटीका राष्ट्रपति जोभेनेल मोइसेले बुधबार विदेशमन्त्री क्लाउड जोसेफलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ

हाइटीका राष्ट्रपति जोभेनेल मोइसेले बुधबार विदेशमन्त्री क्लाउड जोसेफलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ

राष्ट्रपति मोइसेले प्रधानमन्त्री जोसेफ जौथेले दिनुभएको राजीनामा स्वीकारेपछि क्लाउडलाई नियुक्ति दिनुभएको हो । मोइसे ट्विटरमार्फत अब सार्वजनिक सुरक्षाको स्पष्ट समस्यालाई सम्बोधन गर्न सम्भव हुने र देशको राजनीतिक र संस्थागत स्थायित्वका लागि आवश्यक सहमतिमा पुग्नको लागि छलफललाई जारी राख्ने बताउनुभएको छ । विशेषगरी हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्समा अपहरण र हत्याको अपराधको बढीरहेको यो अवस्थामा प्रधानमन्त्री जौथे जोसेफले राजिनामा दिनुभएको छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले हाइटीमा भएका राजनैतिक र अन्य धेरै संकटहरूको बारेमा गहिरो चिन्ता व्यक्त गरेको छ । सरोकारवालाहरुलाई आफ्नो मतभिन्नतालाई हटाई सन् २०२१ मा स्वतन्त्र, निष्पक्ष, पारदर्शी र विश्वसनीय राष्ट्रपति चुनावको तयारी गर्न आग्रह गरेको छ । क्यारिबियन यस देश…
Read More
ओलम्पिक खेल रद्द गर्न जापानी सत्तारुढ दलका नेताको आग्रह

ओलम्पिक खेल रद्द गर्न जापानी सत्तारुढ दलका नेताको आग्रह

जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी)का दुई प्रभावशाली नेताहरुले टोकियो ओलम्पिकका बारेमा पूरै आयोजना परिवर्तित हुनसक्ने बताउनुभएको छ । तीमध्ये एक सदस्यले ओलम्पिक खेल नै रद्द गर्नुपर्ने सुझाव दिनुभएको छ भने अर्का सदस्यले खेल स्थलमा दर्शकलाई पूरै प्रतिबन्ध लगाउनुपर्ने बताउनुभएको छ ।एलडिपीका महासचिव एवं पार्टीभित्र दोस्रो श्रेणीका नेता तोशिहिरो निकाईले कोभिडको सङ्क्रमण फैलिने क्रम बढेकाले टोकियो ओलम्पिक रद्द गर्नुपर्ने बताउनुभयो । टोकियो ओलम्पिक खेल हुन बुधबार १०० दिन बाँकी रहँदा निकाईको यस्तो भनाइ सार्वजनिक भएको हो ।जापानको टीबीएस टिभीलाई दिएको अन्तर्वार्तामा निकाईले खेल आयोजनामा समस्या देखिए यसलाई रद्द गर्नुको विकल्प नरहेको बताउनुभयो । ओलम्पिककै कारण कोभिड सङ्क्रमण फैलिने अवस्था…
Read More
ब्राजिलमा २४ घण्टाको अवधीमा कोरोना सङ्क्रमणको कारण तीन हजार ४५९ जनाको मृत्यु भएको छ

ब्राजिलमा २४ घण्टाको अवधीमा कोरोना सङ्क्रमणको कारण तीन हजार ४५९ जनाको मृत्यु भएको छ

प्रकोपबाट हालसम्म ज्यान गुमाउनेको संख्या तीन लाख ६१ हजार ८८४ पुगेको छ ।सोही अवधीमा ७३ हजार ५१३ थप व्यक्तिमा कोरोना भाइरसको सङक्रमणको पुष्टि भएको छ । कुल सङ्क्रमितको संख्या एक करोड ३६ लाख ७३ हजार ५०७ जना पुगेको ब्राजिली स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।ब्राजिलको साओ पाउलो शहर कोरोना भाइरसको कारण अति प्रभावित भएको छ । कोरोना भारइसको माहामारी शुरु भएदेखि हालसम्म २६ लाख ८६ हजार ३१ जना सङ्क्रमित भएका छन् भने सङ्क्रमणबाट ८५ हजार ४७५ जनाको मृत्यु भएको छ । ब्राजिलमा जनवरी १७ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म तीन करोड २१ लाख…
Read More
कोरोना सङ्क्रमण बढेपछि भारतको नयाँ दिल्लीमा ‘विकेन्ड कर्फ्यू’ लगाइएको छ

कोरोना सङ्क्रमण बढेपछि भारतको नयाँ दिल्लीमा ‘विकेन्ड कर्फ्यू’ लगाइएको छ

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले विकेन्ड कर्फ्यू लगाउने घोषणा गर्नुभएको हो ।भारतीय सञ्चारमाध्यमहरुका अनुसार विकेन्ड कर्फ्यू शुक्रबार राति १० बजेदेखि सोमबार बिहान ६ बजेसम्म लागू हुनेछ । दिल्लीमा पाँच हप्तामा कोरोना सङ्क्रमितको सङ्ख्या २५ गुणाले बढेपछि मुख्यमन्त्री केजरीवालले यो निर्णय लगाउनुभएको हो ।नयाँ नियमअनुसार मल, जिम, स्पा, अडिटोरियम, बजार र निजी अफिस बन्द रहनेछन् । सिनेमा हल ३० प्रतिशत दर्शक राख्ने गरी खुला गरिनेछ । रेस्टुरेन्टमा बसेर खान पाइनेछैन, होम डेलिभरी भने गर्न पाइनेछ । हरेक म्युनिसफल जोनमा हरेक दिन एउटा साप्ताहिक बजार खोज्ने अनुमति दिइएको छ ।बुधबार दिल्लीमा १७ हजार २८२ संक्रमित फेला परेका थिए भने १०४ जनाको मृत्यु भएको…
Read More
भारतमा पछिल्लो चौबीस घण्टामा थप दुई लाखभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमितको पहिचान गरिएको छ

भारतमा पछिल्लो चौबीस घण्टामा थप दुई लाखभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमितको पहिचान गरिएको छ

नयाँ थपिएका सङ्क्रमितसँगै कूल सङ्क्रमित एक करोड ४० लाख ७४ हजारभन्दा बढी पुगेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा दुई लाख ७३९ जना संक्रमितको पुष्टि भएको छ।भारतमा कोरोना भाइरस सङ्क्रमणको माहामारी शुरु भएयता एकै दिनमा दुई लाखभन्दा बढी सङ्क्रमित पहिचान गरिएको यो पहिलोपटक हो । यसअघि मङ्गलबार एक दिनमा एक लाख ८४ हजार भन्दा बढी व्यक्ति संङ्क्रमित भएका जनाइएको थियो । कोरोना सङ्क्रमणबाट बुधबार एकैदिनमा एक हजार ३८ जनाको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना सङ्क्रमणले मृत्यु हुने व्यक्तिको सङ्ख्या एक लाख ७३ हजार नाघेको छ ।
Read More
भारतको स्वास्थ्य तथा परिवार कल्याणका मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख १७ हजार ३ सय ५३ जनामा कोरोना पुष्टि भएको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याणका मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख १७ हजार ३ सय ५३ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार १ सय ८५ जनाको मृत्यु भएको छ । यसअघि बुधबार एकैदिन भारतमा पहिलो पटक २ लाखभन्दा बढीलाई कोरोना देखिएको थियो । बुधबार भारतमा २ लाख ७ सय ३९ लाई कोरोना संक्रमण पुष्टि भएको थियो भने १ हजार ३८ जनाको मृत्यु भएको थियो । भारतमा कोरोना भाइरसको दैनिक संक्रमण १० दिनमै दोब्बर भएको हो । भारतमा अप्रिल ५ यता हरेक दिन एक लाखभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भइरहेको थियो । अप्रिल ५ मा भारतमा करिब १ लाख ३ हजारलाई संक्रमण पुष्टि भएकोमा बुधबार भने त्यसको दोब्बर संख्यालाई कोरोना देखिएको हो । https://twitter.com/ANI/status/1382913374250438659?s=20
Read More
कुम्भमेलाका लागि ठूलो सङ्ख्यामा मानिसहरू भेला भएको भारतको हरिद्वारमा केही वरिष्ठ सन्तसहित एक हजारभन्दा बढी व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको बीबीसी हिन्दीले जनाएको छ।

कुम्भमेलाका लागि ठूलो सङ्ख्यामा मानिसहरू भेला भएको भारतको हरिद्वारमा केही वरिष्ठ सन्तसहित एक हजारभन्दा बढी व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको बीबीसी हिन्दीले जनाएको छ।

दुई महिनासम्म चल्ने उक्त मेलाको एउटा मुहूर्तमा मङ्गलवार ३० लाखभन्दा बढी श्रद्धालुले गङ्गास्नान गरेका थिए। लाखौँ मानिसले बुधवार पनि पवित्र गङ्गा नदीमा स्नान गरेको अधिकारीहरूले बताएका छन्। भारतमा दैनिक कोरोनाभाइरस सङ्क्रमणको दर बढिरहेको भए पनि उक्त तीर्थस्थलमा ठूलो सङ्ख्यामा मानिसहरू भेला भएका हुन्। भारतमा गत वर्ष कोभिड महामारी सुरु भएपछि अहिलेसम्मकै सर्वाधिक दैनिक सङ्क्रमण पुष्टि भएको छ।
Read More
भारतमै एकैदिन २ लाखभन्दा बढीलाई कोरोना, १०३८ को मृत्यु

भारतमै एकैदिन २ लाखभन्दा बढीलाई कोरोना, १०३८ को मृत्यु

भारतमा कोरोना भाइरसको दैनिक संक्रमण १० दिनमै दोब्बर भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याणका मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख  ७ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ । जुन कोरोना महामारी सुरु भएयताकै सबैभन्दा बढी हो । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा थप १ हजार ३८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ७३ हजार १ सय २३ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै भारतमा अहिलेसम्म संक्रमितको संख्या १ करोड ४० लाख ७४ हजार नाघेको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार संक्रमण पुष्टि भएकामध्ये १ करोड २४ लाखभन्दा बढी निको…
Read More
कोरोना संक्रमण फैलने क्रम तीव्र बनेपछि भारतको राजधानी नयाँदिल्लीमा सप्ताहन्तमा कर्फ्यु आदेश जारी गरिएको छ ।

कोरोना संक्रमण फैलने क्रम तीव्र बनेपछि भारतको राजधानी नयाँदिल्लीमा सप्ताहन्तमा कर्फ्यु आदेश जारी गरिएको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बिहीबार भर्चुअल पत्रकार सम्मेलनमार्फत् त्यसको जानकारी गराएका हुन् । कर्फ्यु अवधिभित्र अत्यावश्यक सेवा र अन्तरराज्य सार्वजनिक यातायात भने चालू रहनेछ । तर, सबै किसिमका बजार, मलहरु बन्द रहनेछन् । तर, सिनेमा हल भने ३० प्रतिशत क्षमतामा चल्न दिइने भएको छ । निजी कार्यालयहरुलाई घरबाटै काम गराउन व्यवस्था मिलाउन निर्देशन दिइने पनि केजरीवालले भनेका छन् । मुख्यमन्त्री केजरीवाल र उच्च अधिकारीबीच बिहीबार बिहान भएको छलफल यस्तो निर्णय लिइएको हो । दिल्लीमा केही दिनयता कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेको छ । बुधबार मात्र १७ हजार २८२ जना नयाँ संक्रमित थपिएका छन् । जुन कोरोना महामारी सुरु भएयताकै उच्च दर हो । मुख्यमन्त्री केजरीवालले संक्रमणको साङ्लो तोड्न कर्फ्यु…
Read More
विश्व वरियतामा पाकिस्तानका बाबरले भारतका बिराटलाई बिस्थापित गरे

विश्व वरियतामा पाकिस्तानका बाबरले भारतका बिराटलाई बिस्थापित गरे

पाकिस्तान क्रिकेट टोलिका ब्याट्सम्यान बाबर आजम अन्तर्राष्ट्रिय एकदिबसीयको विश्व वरियतामा शीर्ष स्थानमा उक्लिनुभएको छ । उहाँले भारतीय ब्याट्सम्यान विराट कोहलीलाई बिस्थापित गर्नुभएको छ ।दक्षिण अफ्रिका बिरुद्धको तेस्रो तथा अन्तिम एकदिबसीय खेलमा बाबरले ९४ रनको पारी खेलेपछि १३ अङ्क आर्जन गर्दै शीर्ष स्थानमा उक्लिन सफल हुनुभएको हो । बाबरको ८६५ अङ्क छ । दक्षिण अफ्रिका बिरुद्धको तीन म्याचको एकदिबसीय श्रृखंलामा पाकिस्तानका आजमले २२८ रन बनाउनुभएको छ ।भारतीय क्रिकेट टोलिका कप्तान बिराट कोहलीले सन् २०१७ को अक्टोबरमा दक्षिण अफ्रिकी ब्याट्सम्यान अब्राहम डिभिलियर्सलाई बिस्थापित गरी अन्तर्राष्ट्रिय एकदिबसीय वरियताको शीर्ष स्थानमा उक्लिनुभएको थियो ।बाबर आजम अन्तर्राष्ट्रिय एकदिबसीयको विश्व वरियतामा शीर्ष स्थानमा पुग्नुहुने पाकिस्तानका मात्र…
Read More