Editor

5003 Posts
भारतमा पहिलो पटक भेटिएको कोरोनाभाइरसको नयाँ भेरिअन्ट यूकेमा पत्ता लागेको छ।

भारतमा पहिलो पटक भेटिएको कोरोनाभाइरसको नयाँ भेरिअन्ट यूकेमा पत्ता लागेको छ।

स्वास्थ्य अधिकारीहरूले त्यसमा भएको आनुवंशिक परिवर्तनले त्यसलाई झन् छिटो फैलिने बनाएको हुनसक्ने र यसअघिको सङ्क्रमण वा वर्तमान खोपले पूर्ण सुरक्षा गर्न नसक्ने बताएका छन्। यसबारेमा सुनिश्चिचताको निम्ति थप अध्ययनहरू आवश्यक रहेको बताइएको छ। कोभिडका हजारौँ प्रजाति वा भेरिअन्टले विश्वमा चक्कर लगाइरहेका छन्। तिनैमध्ये भारतीय भेरिअन्ट (बी.१.६१७) का १०० भन्दा बढी सङ्क्रमण ब्रिटेनमा भेटिएका हुन्। पब्लिक हेल्थ इङ्ल्याण्डले केही सङ्क्रमणहरू अन्तर्राष्ट्रिय यात्रासँग सम्बन्धित नरहेको देखिएको जनाएको छ। त्यसको कारणबारे अनुसन्धान जारी रहेको बताइएको छ। नयाँ घटनाक्रमपछि ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले भारत भ्रमण योजना रद्द गरेका छन्।
Read More
कोरोना संक्रमणबाट बिहारका पूर्वशिक्षामन्त्रीको निधन

कोरोना संक्रमणबाट बिहारका पूर्वशिक्षामन्त्रीको निधन

बिहारको सत्तारुढ दल जनता दल युनाइटेडका विधायक तथा पूर्वशिक्षामन्त्री मेवालाल चौधरीको कोरोना संक्रमण कारण निधन भएको छ । समाचार संस्था एएनआईका अनुसार उनलाई तीन दिन पहिले कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि उनलाई पटना अस्पताल भर्ना गरिएको थियो । उनको उपचारका क्रममा निधन भएको पनि एएनआईले जनाएको छ । तारापुर विधानसभा क्षेत्रबाट निर्वाचित चौधरी ६८ वर्षका थिए । पछिल्लो समय बिहारमा कोरोना संक्रमण तीव्र बन्दै गएको छ । कोरोना संक्रमण बढेपछि मुख्यमन्त्री नीतीश कुमारले केही क्षेत्रमा प्रतिबन्ध लगाएका छन् । राति नौ बजेदेखि बिहान ५ बजेसम्म पूरै राज्यभर कर्फ्यु लगाइएको छ र त्यस्तै पसल र निजी कार्यालयहरु साँझ ट बजे बन्द गर्न निर्देशन दिइएको…
Read More
महामारीकै कारण बेलायती प्रधानमन्त्रीको भारत भ्रमण रद्द

महामारीकै कारण बेलायती प्रधानमन्त्रीको भारत भ्रमण रद्द

कोरोना महामारीका कारण बेलायतका प्रधानमन्त्री बोरिस जोनन्सनको आगामी साता हुन गइरहेको भारत भ्रमण रद्द भएको छ । जोनन्सनले आगामी २५ अप्रिलदेखि भारत भ्रमण गर्ने तय भएको थियो । ‘कोरोना महामारीका सिर्जित पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै दुवै पक्ष बेलायतका प्रधानमन्त्रीको आगामी साता हुने भनिएको भारत भ्रमण स्थगत गर्ने निर्णयमा पुगेक छन्,’ भारतको विदेश मन्त्रालयद्वारा विज्ञप्तीमा भनिएको छ । साथै दुवै पक्षले आगामी दिनमा भर्जुअल बैठकमार्फत् भारत–बेलायत सम्बन्धलाई नयाँ ढंगले अगाडि बढाउनका लागि नयाँ कार्यक्रमहरु ल्याइने समेत मन्त्रालयले जनाएको छ । कोरोना महामारीकै कारण देखाएर जोन्सनको निर्धारित भारत भ्रमणलाई दिल्लीमै सिमित गरिएको थियो । यसअघि भारतको गणतन्त्रको दिवसको अवसरमा २६ जनवरीमा पनि बेलायती प्रधामन्त्री जोन्सन…
Read More
भारतमा एकैदिन दुई लाख ७३ हजार संक्रमित, एक हजार ६१९ को मृत्यु

भारतमा एकैदिन दुई लाख ७३ हजार संक्रमित, एक हजार ६१९ को मृत्यु

भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड ५० लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतमा हालसम्म एक करोड ५० लाख ६१ हजार ९१९ जना कोरोना सङ्क्रमित भएका छन् ।भारतमा कोरोनाभाइरसबाट एकै दिनमा दुई लाख ७३ हजार ८१० सङ्क्रमित भएका छन् । त्यसैगरी सोही अवधिमा भारतमा एक हजार ६१९ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको सोमबार जनाइएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाभाइरसबाट कुल मृतकको सङ्ख्या एक लाख ७८ हजार ७६९ पुगेको देखिएको छ ।भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने १९ लाख २९ हजार पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । पछिल्लो २४…
Read More
नयाँदिल्लीमा आज  राति १० बजेदेखि लागू हुने गरी एक साताका लागि लकडान

नयाँदिल्लीमा आज राति १० बजेदेखि लागू हुने गरी एक साताका लागि लकडान

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अप्रिल २६ तारिकसम्म लकडाउन गर्ने निर्णय भएको जानकारी दिनुभएको छ । पछिल्लो समय निरन्तर कोरोना सङ्क्रमण बढेको भन्दै केजरीवालले सर्वसाधारणलाई यो लकडाउनको पालना गर्न र एक हप्ताको लकडाउनको क्रममा मानिसहरुलाई घरभित्रै बस्न केजरीवालले आग्रह गर्नुभएको भारतीय समाचार संस्था अाजतकले जनाएको छ ।साथै उहाँले लकडाउन अवधिभर अत्यावश्यक सेवा भने सञ्चालन हुने बताउनुभयो । विवाह, मेट्रो, बस, बैंक, एटीएम र धार्मिक स्थल खुल्ला हुने बताउनुभएको छ । तर, ५० जनाभन्दा धेरै भेला हुन नपाइने उहाँको भनाइ छ ।पछिल्लो केही सयमयता दैनिक २५ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिइरहेको भन्दै सो निर्णय गर्न जरुरी रहेको दिल्लीका मुख्यमन्त्री केजरीवालले बताउनुभएको छ…
Read More
रसियाले चेक गणतन्त्रका २० जना कुटनीतिज्ञलाई देश निकाला गरेको छ ।

रसियाले चेक गणतन्त्रका २० जना कुटनीतिज्ञलाई देश निकाला गरेको छ ।

गत शनिबार चेक गणतन्त्रले स्क्रिपाल घटनामा रसियाली एसभिआर र जिआरयू गुप्तचर एजेन्टका नाममा १८ जना रसियाली कुटनीतिज्ञ संलग्न रहेको भन्दै उनीहरुलाई देश छाड्न आदेश दिएपछि दुबै देशबीच आरोप प्रत्यारोप जारी छ ।सन् २०१४ मा चेक गणतन्त्रको स्क्रिपालस्थित सैनिक शिविरमा बिस्फोटमा रसियाको संलग्नता रहेको चेक गणतन्त्रको दाबी छ । यस घटनामा दुई जनाको मृत्यु भएको थियो ।यसैबीच प्रहरीले बिस्फोटमा संलग्न रहेको आशंका गरिएका दुई जना रसियालीको खोजी गरिरहेको जनाएको छ । ती दुई व्यक्तिले नै पूर्व रसियाली डबल एजेन्ट सर्गेई स्क्रिपाललाई सन् २०१८ मा लन्डनमा घातक विष–आक्रमण गर्न पासपोर्ट प्रयोग गरेको प्रहरीको भनाई छ ।चेक सञ्चार माध्यमले ती दुई रसियालीहरु अलेक्जान्डर…
Read More
अफगानिस्तानमा भएका विभिन्न सुरक्षा कारबाहीमा परी दश लडाकू मारिएका छन् ।

अफगानिस्तानमा भएका विभिन्न सुरक्षा कारबाहीमा परी दश लडाकू मारिएका छन् ।

पश्चिमी, पूर्वी र दक्षिणी क्षेत्रमा गत २४ घण्टामा भएका कारबाहीमा परी उनीहरुको मृत्यु भएको अधिकारीले जनाएका छन् ।अफगानिस्तानको पूर्वीभागमा रहको घाज्नी प्रान्तमा बुधबार बिहान २ जना मारिएका छन् भने अरु छ जना घाइते भएका प्रान्तीय सरकारका प्रवक्ता अरेफ नुरीले जानकारी दिनुभयो । उहाँका अनुसार सो घटनामा परी सुरक्षाकर्मीतर्फ भने दुई जना घाइते भएका छन् । त्यसैगरी विषेश सुरक्षा इकाइले तालिवान लडाकू विरुद्ध घोर प्रान्तको डावलात यार जिल्लाको समाक जिल्लामा पनि सुरक्षा कारबाही चलाएको छ ।कान्दाहार प्रान्तमा भएको सुरक्षा कारबाहीमा परी ८ जना लडाकू मारिएका सुरक्षा स्रोतले जानकारी दिएको छ । कान्दाहार प्रान्तको शाह वालीकोट जिल्लामा भएको कारबाहीमा ती लडाकू मारिएका…
Read More
ममताको अपील – “भीख होइन ऋण माग्दैछु” चुनाव आयोग भाजपा सित मिलेको लगायो आरोप

ममताको अपील – “भीख होइन ऋण माग्दैछु” चुनाव आयोग भाजपा सित मिलेको लगायो आरोप

चकुलिया (उत्तर दिनाजपुर), तृणमूल सुप्रीमो र राज्यका मुख्यमन्त्री ममता बनर्जीले जनतालाई विधानसभा चुनावमा तृणमूलका उम्मेदवारलाई जिताउन अपिल गरेकी छिन्। उत्तर दिनाजपुर जिल्लाका नौ विधानसभा क्षेत्रका तृणमूल उम्मेद्वारको समर्थनमा सोमबार मुख्यमन्त्रीले तीन चुनावी सभा आयोजना गर्नुभयो। आज उसले पहिलो रैली उत्तर दिनाजपुर जिल्लाको चकुलिया विधानसभा क्षेत्रमा सम्पन्न गर्‍यो। पछि दिउँसो उनी हेमाबाद पुलिस स्टेशनको महाराजा हाट हाई स्कूलको मैदानमा एक चुनावी सभामा सहभागी भइन्। यहाँ तृणमूल सुप्रीमोले रायगंज, हेमताबाद, कर्नादिघी र इटहार विधानसभा क्षेत्रका तृणमूल उम्मेदवारहरूको समर्थनमा प्रचार गरे। चुनावी जनसभालाई सम्बोधन गर्दै ममताले भने, "मलाई ऋण चाहिएको छ भीख होगन। म जनतालाई तृणमूल कांग्रेसलाई भोट दिन र पश्चिम बंगालमा फेरि…
Read More
भारतमा विगत २४ घण्टामा दुई लाख ७० हजार जनाभन्दा बढीमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको तथ्याङ्क सोमवार बिहान सरकारले सार्वजनिक गरेको छ।

भारतमा विगत २४ घण्टामा दुई लाख ७० हजार जनाभन्दा बढीमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको तथ्याङ्क सोमवार बिहान सरकारले सार्वजनिक गरेको छ।

सो अवधिमा १,६१९ जनाको कोभिडसँग सम्बन्धित कारणले मृत्यु भएको बताइएको छ।अहिलेसम्म भारतमा डेढ करोडभन्दा बढी व्यक्तिमा कोभिड पुष्टि भइसकेको छ। तीमध्ये एक लाख ७८ हजारभन्दा बढी सङ्क्रमितको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।नेपालसँग सीमा जोडिएको भारतीय राज्य बिहारका एक सांसद तथा पूर्वमन्ती डा. मेवालाल चौधरीको पनि कोभिडकै कारण मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ। भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या तीव्र गतिमा घटेका कारण हर्षवर्धन आशावादी देखिएका थिए। गत सेप्टेम्बर महिनाको मध्यतिर भारतमा एकैदिन ९३,००० भन्दा बढी सङ्क्रमित भइरहेका थिए। पछि भने सङ्क्रमित हुनेहरूको सङ्ख्या लगातार घटिरहेको थियो। फेब्रुअरी महिनासम्म आइपुग्दा भारतमा प्रतिदिन औसतमा ११,००० नयाँ सङ्क्रमित थपिएका थिए।…
Read More
भारतका केन्द्रीय मन्त्री प्रकाश जावडेकरलाई कोराना संक्रमण भएको छ

भारतका केन्द्रीय मन्त्री प्रकाश जावडेकरलाई कोराना संक्रमण भएको छ

मन्त्री जावडेकरले शुक्रबार साँझ ट्विट गर्दै आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी गराएका हुन् । उनले आफ्नो सम्पर्कमा रहेकाहरुलाई स्वास्थ्य परीक्षण गर्नसमेत आग्रह गरेका छन् । ‘आज मलाई कोभिड पोजिटिभ पुष्टि भएको छ । पछिल्ला २–३ दिन मेरो सम्पर्कमा आउनेहरुले कृपया स्वास्थ्य परीक्षण गराउनुहोला’ उनले ट्विटमा लेखेका छन् । भारतमा विगत केही दिनयता कोरोना संक्रमण भयावह बन्दै गएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार बिहीबार थप २ लाख १७ हजार ३५३ जनामा संक्रमण पुष्टि भएको थियो । जुन एकै दिनमा थपिएको संक्रमित संख्याका हिसाबले कोरोना महामारी सुरु भएयताकै सबैभन्दा बढी हो । बिहीबार थपिएका संक्रमितसँगै भारतमा हालसम्म कुल संक्रमितको संख्या १ करोड…
Read More