Editor

5003 Posts
चीनले अस्ट्रेलियासँगको आर्थिक संवाद तत्कालका लागि स्थगित गरेको बिहीबार घोषणा गरेको छ

चीनले अस्ट्रेलियासँगको आर्थिक संवाद तत्कालका लागि स्थगित गरेको बिहीबार घोषणा गरेको छ

कोरोनाभाइरस उत्पत्तिका बारेमा अस्ट्रेलियाले चीनमाथि छानबिन गर्नुपर्ने माग गरेपछि अस्ट्रेलिया विरुद्ध चीनले दबाबमूलक नीति अख्तियार गरिरहेको छ ।साथै केही वर्षदेखि अस्ट्रेलियाको प्रमुख बजार रहेको चीनले अस्ट्रेलियाली सामानको आयातमा एकपछि अर्को प्रतिबन्ध पनि घोषणा गरिरहेको छ । बिहीबारको नयाँ घोषणाले दुबै मुलुकबीचको कूटनीतिक सम्बन्धमा थप चिसोपन ल्याउने सङ्केत गरेको छ । साङ्केतिक भए पनि संवाद स्थगनले विशेष अर्थ राख्ने एसिया–प्रशान्त क्षेत्र सम्बन्धी अस्ट्रेलियाली कूटनीतिका जानकार केटलिन बायर्नले बताउनुभयो । उहाँका अनुसार दुबै मुलुकबीच सन् २०१७ यत कुनै छलफल नै भएको छैन ।चीनले अस्ट्रेलियाली कोइला, गहुँ र अन्य सामाको आयात रोक्का गरेपछि दुबै देशबीचको सम्बन्ध निकै तल्लो स्तरमा पुगेको छ । चीनले…
Read More
मोरक्कोमा एक महिलाले नौ जना शिशुलाई जन्म दिइन्

मोरक्कोमा एक महिलाले नौ जना शिशुलाई जन्म दिइन्

मालीका स्वास्थ्य मन्त्री र मोरक्कोको क्लिनिकले नौ जना शिशु जन्मिएको बताएका छन् ।कुनै महिलाले एकै पटक नौ जना शिशुलाई जन्म दिएको सम्भवतः यो विश्वकै पहिलो घटना हो । मोरक्कोको क्लिनिकका अनुसार सबै नौ जना शिशुको स्वास्थ्य अवस्था सामान्य छ ।जन्मिएका शिशुहरुमा पाँच बालिका र चार बालक छन् । मालीका स्वास्थ्य मन्त्रीले आमाको स्वास्थ्य पनि सामान्य रहेको जनाएको छ ।पच्चीस वर्षीया आमा हालिमा सिस्सेले मङ्गलबार मोरक्कोको क्लिनिकमा सिजेरियन विधिबाट ती शिशुलाई जन्म दिएकी थिइन् । मालीका स्वास्थ्य अधिकारीहरुले ती आमाको स्वास्थ्यस्थितिलाई विचार गरी माली पठाइएको जनाएका छन् ।जन्मिएका शिशुहरुको तौल ५०० ग्रामदेखि एक किलोग्राम सम्मका रहेको क्लिनिकले जनाएको छ । तीस…
Read More
संयुक्त राष्ट्रसंघले सन् २०२० मा विश्वभरका झण्डै १६ करोड मानिसले गम्भीर भोकमरीको सामना गर्नुपरेको जनाएको छ

संयुक्त राष्ट्रसंघले सन् २०२० मा विश्वभरका झण्डै १६ करोड मानिसले गम्भीर भोकमरीको सामना गर्नुपरेको जनाएको छ

राष्ट्रसङ्घ समेतका १६ संस्थाले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०२१ मा पनि उस्तै वा त्योभन्दा खराब परिस्थिति देखिने उल्लेख छ ।उक्त प्रतिवेदनले ९७ प्रतिशत मानवीय सहायता पाइरहेका ५५ मुलुकलाई केन्द्रित गरेको राष्ट्रसङ्घकाे भनाइ छ । प्रतिवेदनले गत वर्ष उत्पन्न खाद्य सङ्कटको आकार र कठिनाई खासगरी दीर्घकालिक द्वन्द्व, कोभिड–१९ महामारीका कारण सिर्जित आर्थिक मन्दी र मौसमी प्रतिकूलताले उत्पन्न भएको औंल्याएको छ । सन् २०१९ मा करिब २ करोड मानिसले खाद्य सङ्कट व्यहोर्नुपरे पनि सन् २०२१ मा झण्डै १६ करोड मानिसले सङ्कट, आपतकाल वा भोकमरिको सामना गर्नुपरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनका अनुसार, भयानक सङ्कटबाट गुज्रिरहेका विश्वका १० वटा मुलुकका झण्डै दुई…
Read More
म्यान्चेष्टर सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।

म्यान्चेष्टर सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।

ऐतिहाद रङशालामा गए राति अबेर सम्पन्न च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा पेरिस सैन्ट जर्माइन(पीएसजी)लाई हराएर सिटीले पहिलो पटक लिगको फाइनलसम्मको यात्रा सुनिश्चित गरेको हो ।पहिलो लेगमा २–१ को अग्रता लिएको सिटीले सेमिफाइनलको दोस्रो लेगमा उक्त अग्रतलाई कायम राख्दै पीएसजीमाथि २–० को जित हात पार्यो । म्यान्चेष्टर सिटीलाई फाइनलसम्मको यात्रा सुनिश्चित गराउन रियाद महरेजले दुई गोल गर्नुभयो । ११ औं मिनेटमा महरेजले पहिलो गोल गर्दै म्यान्चेष्टर सिटीलाई सुरुवाती अग्रता दिलाउनुभयो ।घाइते हुनुभएका कायल म्बाप्पेको अनुपस्थिति पीएसजीका लागि महँगो साबित भयो । पहिलो हाफमा १–० को अग्रता लिएको म्यान्चेष्टर सिटीका लागि महरेजले खेलमा एक घण्टापछि दोस्रो गोल गर्नुभयो । उक्त गोल…
Read More
मार्वल ईटर्नेल्स सुपरहीरोको पूर्ण नयाँ टीम सुरु

मार्वल ईटर्नेल्स सुपरहीरोको पूर्ण नयाँ टीम सुरु

मार्वल ईटर्नेल्सले सुपर हीरोहरूको पूर्ण नयाँ टीम सुरु गर्दैछ। इटर्नेल्सको पहिलो फुटेज आगामी मार्वल फिल्महरूको टिजरमा प्रकट भएको थियो, र हामीले एंजेलिना जोली, सलमा हाइक, रिचर्ड म्याडेन, गेम्मा चान र कुमेल नानजियानीको पहिलो झलक पाएका छौं। ईटर्नेल्स हालसालको नोमैडलैंड को लागि ऑस्कर-विजयी निर्देशक क्लो झाओ द्वारा निर्देशित छ । ए-लिस्ट कास्ट र निर्देशक बाहेक, यो ईटर्नेल्स फिल्मको फ्लटको बारेमा र कसरी यो कसरी एमसीयू मा फिट हुन्छ कुनै जानकारी छैन ।
Read More
मार्चमा अमेरिकाको व्यापार घाटा ७४ अर्ब डलर

मार्चमा अमेरिकाको व्यापार घाटा ७४ अर्ब डलर

संयुक्तराज्य अमेरिकाको अर्थतन्त्रमा पछिल्ला केही महिनादेखि सुधार आइरहे पनि गत मार्च महिनामा व्यापार घाटा ७४.४ अर्ब डलरमा पुगेको छ । विदेशी सामानको आयात बढेसँगै व्यापार घाटा बढेको अमेरिकी अधिकारीहरुले बताएका छन् । गत फेब्रुअरी महिनामा रहेको व्यापार घाटा ७०.५ अर्ब डलरको तुलनामा मार्चमा यस्तो घाटा ५.६ प्रतिशतले वृद्धि भएको अमेरिकी वाणिज्य विभागले जनाएको छ । आयात ६.३ प्रतिशतले वृद्धि भएर २७४.५ अर्ब डलर पुगेको छ भने निर्यातमा पनि ६.६ प्रतिशतले सुधार आएर २०० अर्ब डलर पुगेको छ । डलर खाताका आधारमा निर्यात भन्दा आयात निकै बढी भएको छ । राजनीतिक रुपमा निकै संवेदनशील मान्ने गरिएको चीनसँगको व्यापार घाटामा सुधार आएको छैन, बरु चीनसँगको व्यापार…
Read More
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले नयाँ गठबन्धन सरकार निर्माण असफल हुनु भएको छ

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले नयाँ गठबन्धन सरकार निर्माण असफल हुनु भएको छ

नयाँ गठबन्धन सरकार निर्माणका लागि प्रधानमन्त्री नेतन्याहूलाई मङ्गलबार मध्यरातको समयसीमा तोकिए पनि त्यस अवधिमा उहाँले गठबन्धन निर्माण गर्न सक्नु भएन ।प्रधानमन्त्री नेतन्याहूले बहुमत जुटाउन नसकेसँगै १२ वर्षयता पहिलो पटक नेतन्याहूको दल लिकुड पार्टी सत्ता बाहिर पुग्ने स्थिति सिर्जना भएको छ । गत मार्च २३ यता प्रधानमन्त्री नेतन्याहूले संसदमा बहुमत हासिल गर्न सङ्घर्ष गरिरहनु भएको छ । दुई वर्षको अन्तरालमा चौथो पटक सम्पन्न संसदको चुनावबाट पनि कुनै पनि पार्टीलाई बहुमत प्राप्त भएको छैन ।प्रधानमन्त्री नेतन्याहूलाई नयाँ सरकार गठन गरी संसदमा बहुमत सिद्ध गर्न इजरायली राष्ट्रपति रुभेन रिभलिनले चार हप्ताको समयावधि तोक्नु भएको थियो । प्रधानमन्त्री नेतन्याहूले त्यसपछि आफ्ना विपक्षी र साना…
Read More
भारतमा पछिल्लो २४ घण्टामा तीन हजार ७८० जनाको मृत्यु भएको छ

भारतमा पछिल्लो २४ घण्टामा तीन हजार ७८० जनाको मृत्यु भएको छ

बुधबार बिहान सार्वजनिक विवरणमा भारतमा कोभिड–१९ बाट कूल संक्रमितको संख्या दुई करोड सात लाख पुगेको उल्लेख छ ।गत मे १ तारिखमा चार लाख कोभिड–१९ संक्रमित देखिए पनि पछिल्ला दुई दिनमा यो संख्यामा केही कमी आएको देखिएको केन्द्रीय परिवार कल्याण मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट संक्रमितको संख्या तीन लाख ५७ हजार रहेको भेटिएको छ ।सरकारी विवरणमा कोभिड–१९ बाट हाल ३४ लाख ८७ हजार व्यक्ति संक्रमित अवस्थामा रहेका छन् । साथै पछिल्लो २४ घण्टामा तीन लाख ३८ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । योसहित भारतमा हालसम्म एक करोड ७० लाख व्यक्ति संक्रमणमुक्त भएका छन् ।कोरोनाभाइरस संक्रमणबाट हालसम्म भारतमा…
Read More
पश्चिम बंगाल राज्यको मुख्यमन्त्रीमा नियुक्त हुनुभएकी त्रिणमुल कङ्ग्रेस पार्टीकी अध्यक्ष ममता बनर्जीले बुधबार मुख्यमन्त्री पदको शपथ लिनु भएको छ

पश्चिम बंगाल राज्यको मुख्यमन्त्रीमा नियुक्त हुनुभएकी त्रिणमुल कङ्ग्रेस पार्टीकी अध्यक्ष ममता बनर्जीले बुधबार मुख्यमन्त्री पदको शपथ लिनु भएको छ

मुख्यमन्त्री पदको शपथ लिएपछि सम्बोधन गर्दै बनर्जीले हालै सम्पन्न चुनावपछि राज्यमा भएका हिंसामा संलग्नमाथि कडा कारबाही गरिने बताउनुभयो । बनर्जी पश्चिम बंगालको एक्काइसौं मुख्यमन्त्री हुनुहुन्छ । मुख्यमन्त्रीको हेस्टिङ्स कार्यालयमा शपथ ग्रहण कार्यक्रम चलिरहँदा बाहिर सडकमा मुख्य विपक्षी भारतीय जनता पार्टीका कार्यकर्ताले विरोध प्रदर्शन गरेका थिए । उनीहरुले आफ्ना दर्जनौं कार्यकर्ताको मुख्यमन्त्री बनर्जीको पार्टीका समर्थकले हत्या गरेको आरोप लगाएका थिए ।तथापी, शपथ कार्यक्रममा भाजपाका अध्यक्ष जेपी नड्डा र राज्यका पार्टी प्रमुख दिलीप घोष सहभागी हुनु भएको थियो ।मुख्यमन्त्री बनर्जीले कोभिड–१९ संक्रमणलाई नियन्त्रणमा ल्याउन आफूले उच्च प्राथमिकता दिने बताउनुभयो । साथै उहाँले राज्यमा शान्ति र अमनचयन कायम गर्न सबै पक्षसँग आग्रह पनि…
Read More
एमवे को प्रोजेक्ट नारी शक्तिले एक बर्ष पूरा गर्यो

एमवे को प्रोजेक्ट नारी शक्तिले एक बर्ष पूरा गर्यो

एम्वे इण्डिया, एक देशको अग्रणी एफएमसीजी प्रत्यक्ष बिक्री कम्पनीहरु मध्ये एकले प्रोजेक्ट नारी शक्तिको पहिलो चरणको सफलता पूर्वक घोषणा गरे। महिलालाई उद्यमशीलताको भावना जगाउन सहयोग गर्नेमा स्पष्ट ध्यान केन्द्रित गर्ने गत वर्ष सुरू गरिएको, प्रोजेक्ट नारी शक्ति एम्वेको १० बर्षीय विकास दृष्टिको हिस्सा हो। पूर्व क्षेत्रमा शुरु गरिएको परियोजना नारी शक्तिको उद्देश्य एम्वेका महिला प्रत्यक्ष विक्रेताहरूलाई उनीहरूको एम्वे व्यवसायलाई स्वतन्त्र रूपमा चलाउनको लागि आफ्नो अवस्थित सीप बढाउँदै अगाडि ल्याउनु हो। यस परियोजनाले महिलालाई स्वामित्व र स्वस्थ जीवन, खाना पकाउने, वा अरूहरू बीचको सौन्दर्यको वरिपरि तिनीहरूको चाहनाहरू अन्वेषण गर्ने उनीहरूको व्यवसायको स्वामित्व राख्न र सञ्चालन गर्ने अवसर प्रदान गर्दछ। विगतका केही…
Read More