10
May
१२ घण्टाको अन्तरालमा धेरैवटा निकै कमजोर, खचाखच मानिसले भरिएका माछा मार्ने डुङ्गाको सहारामा उनीहरु इटाली आइपुगेको अधिकारीहरुले बताएका छन् ।लाम्पेडुसाका मेयरले मानव तस्करले आजभोलिको शान्त र न्यानो भूमध्यसागरको फाइदा उठाउँदै ठूलो सङ्ख्यामा आप्रवासी इटाली पठाएको बताउनुभएको छ ।लाम्पेडुसाका मेयर साल्भाटोर मार्टेल्लोले आप्रवासीको पहिलो टोली बिहान ५ बजे इटाली आइपुगेको जानकारी दिनुभयो । यस वर्ष इटालीको तटीय शहरमा एकै दिन यति ठूलो सङ्ख्यामा आप्रवासी आइपुगेको यो पहिलो घटना हो ।मेयर मार्टेल्लोले प्रधानमन्त्री मारियो ड्रागीसमक्ष कोभिड–१९ महामारीका कारण इटालीको अर्थतन्त्रमा परेको असर र सामाजिक पुनर्जीवनलाई मात्र बढी ध्यान केन्द्रित नगरी आप्रवासनलाई पनि प्राथमिकतामा राख्न अपिल गर्नुभएको छ ।अपराह्नसम्ममा आप्रवासीले खचाखच भरिएका कम्तीमा…
