Editor

5003 Posts
मार्टिन स्कोर्सएसी को नयाँ फिल्म “किलर्स अफ द फ्लावर मून” को पहिलो झलक

मार्टिन स्कोर्सएसी को नयाँ फिल्म “किलर्स अफ द फ्लावर मून” को पहिलो झलक

'किलर्स अफ द फ्लावर मून' एक आगामी अमेरिकी पश्चिमी अपराध नाटक फिल्म हो जुन मार्टिन स्कोर्सएसी द्वारा निर्देशित र एरिक रोथ द्वारा लिखिएको हो। फिल्म डेभिड ग्रानको उही नामको नानफिक्शन पुस्तकमा आधारित छ। लियोनार्डो डिक्याप्रियो अर्नेस्ट बुर्खार्टको भूमिकामा खेल्ने छन् र केही दिन अघि एप्पल टिभीले रिलिज गरेको उनको पहिलो झलकले फ्यानहरूमा उतेजना ल्याएको छ। फिल्ममा हलिउडका दिग्गज रोबर्ट डि नीरो र लिली ग्लेडस्टोन पनि मुख्य भूमिकामा देखा परने छन्।
Read More
पोर्चुगल च्याम्पियन्स लिग फुटबलको फाइनल आयोजना गर्ने सशक्त दाबेदार बनेको छ

पोर्चुगल च्याम्पियन्स लिग फुटबलको फाइनल आयोजना गर्ने सशक्त दाबेदार बनेको छ

युरोपेली फुटबल सङ्घ(युइएफए), बेलायत सरकार र फुटबल सङ्घले सोमबार चेलसी र म्यान्चेष्टर सिटीबीचको उपाधिको खेल इस्तान्बुलबाट सार्ने विषयमा छलफल गरेको छ । छलफलको क्रममा पोर्चुगलको लिस्बन शहर च्याम्पियन्स लिगको फाइनल आयोजना गर्न सक्ने विषयमा समेत चर्चा भएको थियो । तर सहमति भइसकेको छैन ।बेलायत सरकारले टर्कीलाई यात्रा गर्न नहुने सूचीमा सूचीकृत गरेपछि युईएफएले च्यापिम्यन्स लिगको फाइनल सार्ने निर्णयमा पुगेको छ । २९ मईमा च्याम्पियन्स लिगको फाइनल खेल हुनेछ । खेल वेम्ब्लीमा समेत हुनसक्ने सम्भावना जनाइएको छ ।
Read More
भारतमा तीन लाख २९ हजार ९४२ सङ्क्रमित थपिएका छन्

भारतमा तीन लाख २९ हजार ९४२ सङ्क्रमित थपिएका छन्

पछिल्लो दुई दिनमा कोरोनाका नयाँ सङ्क्रमित थपिने सङ्ख्यामा कमी आएको छ । गत चौबीस घण्टामा १८ लाख ५० हजार ११० जनाको परीक्षण गरिएको थियो ।भारतीय समाचार संस्था एएनआईका अनुसार पछिल्लो चौबीस घण्टामा तीन हजार ८७६ सङ्क्रमितले ज्यान गुमाएका छन् । कोरोना सङ्क्रमणबाट भारतमा हालसम्म दुई लाख ४९ हजार ९९२ जनाको मृत्यु भएको छ । सोही अवधिमा तीन लाख ५६ हजार ८२ जना सङ्क्रमित निको भएका छन् ।भारतमा हालसम्म दुई करोड २९ लाख ९२ हजार ५१७ ना सङ्क्रमित भएका छन् । एक करोड ९० लाख २७ हजार ३०४ कोरोनामुक्त भएका छन् । हाल ३७ लाख १५ हजार २२१ जना अझै सङ्क्रमित…
Read More
चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोले चीनको जनसङ्ख्या अझै केही वर्ष एक अर्ब ४० करोडभन्दा केही बढी हुने जनाएको छ

चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोले चीनको जनसङ्ख्या अझै केही वर्ष एक अर्ब ४० करोडभन्दा केही बढी हुने जनाएको छ

ब्युरोका प्रमुख निङ जिघेले जनसङ्ख्याको उच्चतम बिन्दु अझै आइनपुगेको जनाउँदै तर त्यस्तो उच्चतम बिन्दु कहिले आउँछ यत्तिकै पूर्वानुमान गर्न कठिन रहेको बताउनु भयो ।हालैका वर्षका जनसाङ्ख्यिक प्रवृत्तिलाई आधार मान्दा चीनको जनसङ्ख्या वृद्धि निरन्तर घट्ने देखिन्छ, उहाँले भन्नुभयो । उमेरको संरचना, छोराछोरी जन्माउने बारेमा मानिसका धारणा, सरकारको जनसङ्ख्या नीति, बालस्याहारमा हुने खर्च, स्वास्थ्य सेवा र मानिसको स्वास्थ्य अवस्था जस्ता पक्षले पनि जनसंख्या वृद्धिमा असर पर्ने उहाँले औंल्याउनुभयो ।चीनको जनसङ्ख्या एक अर्ब ४१ करोड पुगिसकेको छ । विगत एक दशकमा चीनको जनसङ्ख्या वार्षिक औसतमा ०.५३ प्रतिशतले वृद्धि भएको मङ्गलबार सार्वजनिक विवरणमा देखिएको तथ्याङ्क ब्यूरोले जनाएको छ ।ब्यूरोका अनुसार सन् २००० देखि २०१०…
Read More
राष्ट्रसङ्घ सुरक्षा परिषदद्वारा कङ्गोमा शान्ति सैनिकमाथि भएको आक्रमणको निन्दा

राष्ट्रसङ्घ सुरक्षा परिषदद्वारा कङ्गोमा शान्ति सैनिकमाथि भएको आक्रमणको निन्दा

संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदले प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा तैनाथ राष्ट्रसङ्घीय शान्ति सैनिकमाथि भएको आक्रमणको कडा शब्दमा भत्र्सना एवं निन्दा गरेको छ ।विद्रोहीको आक्रमणमा परेर शान्ति सैनिकमा आबद्ध मलावीका एक सैनिकको ज्यान गएको थियो ।राष्ट्रसङ्घद्वारा जारी विज्ञप्तिमा परिषदका सदस्य राष्ट्रहरुले शान्ति अभियानका सैनिकमाथि हुने आक्रमण अन्तर्राष्ट्रिय कानुन बमोजिम युद्ध अपराधका रुपमा लिइने उल्लेख छ । आक्रमणको अनुसन्धान गर्न र अपराधीलाई न्यायको कठघरामा ल्याउन पनि कङ्गोको सरकारसँग अनुरोध गरिएको छ ।मोनुस्को नामको यस शान्ति अभियानलाई तोकिएका जिम्मेवारी पूरा गर्न र राष्ट्रसंघीय शान्ति सैनिकको सुरक्षालाई ध्यान दिन पनि कङ्गो सरकारलाई आग्रह गरिएको विज्ञप्तिमा उल्लेख छ ।
Read More
रुसको एक विद्यालयमा गोली प्रहारको घटनामा आठ बालबालिकासहित नौ जनाको मृत्यु भएको छ

रुसको एक विद्यालयमा गोली प्रहारको घटनामा आठ बालबालिकासहित नौ जनाको मृत्यु भएको छ

राजधानी मस्कोभन्दा करिब ८२० किलोमिटर पूर्वमा रहेको कजान शहरमा भएको उक्त घटनामा एकजना शिक्षकको मृत्यु भएको छ ।बीबीसीका अनुसार स्थानीय सञ्चारमाध्यमले दुई जनाको समूह विद्यालयमा प्रवेश गरी अन्धाधुन्ध गोली प्रहार गरेकाे उल्लेख गरेको छ। उक्त घटनाको क्रममा समूहले एकजना १७ वर्षीय युवालाई बन्धक बनाएको छ । घटनाको क्रममा विष्फोटको अावाज सुनिएको जनाइएको छ । कजान ‘मुस्लिम रिपब्लिक अफ ततारस्तान’ अन्तर्गत पर्छ । घटनाको थप विवरण अझै आउन बाँकी नै रहेको बीबीसीले उल्लेख गरेको छ ।
Read More
उत्तराखण्ड राज्यमा प्रवेशका लागि कोरोनाभाइरसको रिपोर्ट नेगेटिभ हुनुपर्ने मापदण्ड लागू गरिएको छ

उत्तराखण्ड राज्यमा प्रवेशका लागि कोरोनाभाइरसको रिपोर्ट नेगेटिभ हुनुपर्ने मापदण्ड लागू गरिएको छ

उत्तराखण्डको राज्य सरकारले सोमबार उक्त मापदण्ड निर्धारण गरेको हो ।बाहिरबाट उत्तराखण्डको सीमामा प्रवेश गर्नेलाई तीन दिन अघिसम्मको नेगेटिभ रिपोर्ट आएको हुनुपर्ने समाचार संस्था एएनआईले उल्लेख गरेको छ । परीक्षण भने आरटीपीसीआर हुनुपर्छ । उत्तराखण्डमा १८ मईसम्मका लागि कफर््यू जारी गरिएको छ ।उत्तराखण्डमा आइतबार मात्रै पाँच हजार ८९० जना सङ्क्रमित पहिचान गरिएको थियो । चौबीस घण्टाभित्र १८० सङ्क्रमितको मृत्यु भएको छ । महामारी सुरु भए यता चौबीस घण्टामा मृत्यु भएको र सङ्क्रमित फेला परेको सङ्ख्या अत्यधिक हो ।
Read More
कोलोराडोमा एक जन्मोत्सव कार्यक्रममा एक व्यक्तिले चलाएको गोली लागेर सात जनाको मृत्यु भएको छ

कोलोराडोमा एक जन्मोत्सव कार्यक्रममा एक व्यक्तिले चलाएको गोली लागेर सात जनाको मृत्यु भएको छ

कोलोराडो स्पिङ्सको पूर्वतर्फ मध्यराति एक व्यक्तिले गोली चलाएको प्रहरीले जनाएको छ । गोली चलाउने व्यक्तिको पनि मृत्यु भएको प्रहरीको भनइ छ ।आफ्नी प्रेमिकासहित पार्टीमा सहभागी भएका गोली चलाउने शङ्कास्पद व्यक्तिले साथीहरु, परिवार र बालबालिकामाथि गोली चलाएका थिए । घटनास्थलमा प्रहरी पुग्दा सात जना वयस्क व्यक्तिको मृत्यु भइसकेको र एक व्यक्ति गम्भीर चोटग्रस्त अवस्थामा भेटिएका थिए, र उनको पनि अस्पतालमा ज्यान गएको थियो ।कोलोराडो राज्यकै बोल्डरको सुपरमार्केटमा गत मार्च २२ मा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा १० जनाको मृत्यु भएको थियो ।कोलोराडो राज्यको डेन्भरपछि दोस्रो ठूलो शहर कोलोराडो स्प्रिङ्समा करिब चार लाख ६५ हजार नागरिकको बसोबास छ ।यसैबीच, मेरिल्यान्डमा पनि एभर्टन…
Read More
अफगानिस्तानमा फेरि १३ जना सर्वसाधारण मारिए, ३७ जना घाइते

अफगानिस्तानमा फेरि १३ जना सर्वसाधारण मारिए, ३७ जना घाइते

युद्धग्रस्त मुलुक अफगानिस्तानको जाबुल र परवान प्रान्तमा भएका दुई अलग अलग विस्फोटमा १३ जना सर्वसाधारणको मृत्यु भएको छ ।प्रहरीका अनुसार आइतबार भएका यी विस्फोटमा अरु ३७ जना घाइते भएका छन् ।अफगानिस्तानको गृह मन्त्रालयका अनुसार जाबुलमा ११ जना सर्वसाधारणको ज्यान गएको छ भने २८ जना घाइते भएका छन् । सडक किनारामा बिछ्याइएको बारुदी सुरुङ विस्फोटबाट सर्वसाधारण हताहत भएका हुन् ।आइतबार बेलुकीपख जाबुलको शहर–ए–साफा जिल्लामा एउटा यात्रुबाहक बसलाई लक्षित गरी उक्त बिस्फोटन भएको मन्त्रालयले जनाएको छ ।यसैगरी, सोमबार बिहान परवान प्रान्तको पुल–ए–मटाक क्षेत्रमा पनि यात्रुबाहक बसलाई लक्षित गरी बारुदी सुरुङ बिस्फोट गराउँदा दुई जनाको मृत्यु भएको छ भने अरु नौ जना घाइते…
Read More
तालिबानद्वारा इद पर्वका अवसरमा युद्धविराम घोषणा

तालिबानद्वारा इद पर्वका अवसरमा युद्धविराम घोषणा

अफगानिस्तानको प्रमुख विद्रोही पक्ष तालिबान समूहले इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद अल–फित्रका अवसरमा तीन दिने युद्धविराम घोषणा गरेको छ ।तालिबान समूहका प्रवक्ता जबिहुल्लाह मुजाहिदले ट्वीट गर्दै इद पर्वका अवसरलाई खुशियालीपूर्वक शान्तिपूर्ण र सुरक्षित वातावरणमा मनाउन अफगान सरकारसँग तीन दिने युद्धविराम गरिएको बताउनुभयो ।उहाँले इदको पहिलोदेखि तीन दिनका अवधिमा आफ्ना सबै तालिबान लडाकूहरुलाई कुनै पनि आक्रामक कारबाहीहरु स्थगित गर्न निर्देशन पनि दिनु एको छ ।यस वर्षको इद आगामी बिहीबार पर्ने सम्भावना छ ।तालिबान प्रवक्ताले युद्धबिरामको अवधिमा अफगान सेनाको नियन्त्रणमा रहेका क्षेत्रमा प्रवेश नगर्न पनि आफ्ना लडाकूहरुलाई अनुरोध गर्नुभएको छ ।
Read More