Editor

5003 Posts
वी ले ६० मिलियन कम आय भएको प्रयोगकर्ताहरूको लागि कोविड १९ विशेष राहत प्रस्तावहरूको घोषणा गर्‍यो

वी ले ६० मिलियन कम आय भएको प्रयोगकर्ताहरूको लागि कोविड १९ विशेष राहत प्रस्तावहरूको घोषणा गर्‍यो

वी भारतको अग्रणी टेलिकम अपरेटरले ६० मिलियन कम आय भएका ग्राहकहरूलाई महामारीको निरन्तर दोस्रो लहरमा जहिले पनि जडानमा रहन मद्दत गर्न विशेष कोविड १९ राहत प्रस्तावको घोषणा गरेको छ। वी ले हालको अवस्थाका कारण ६० मिलियन भन्दा कम आय भएका ग्राहकहरूको लागि ४९ रूपैयाँको प्याक प्रदान गर्नेछ। प्याकले ३८ रुपैयाँको टॉकटाइम र २८ दिनको वैधतासँग १०० एमबी डाटा पनि प्रदान गर्दछ। यससँग, वी ले आशा गर्दैछ कि यसले आफ्नो ग्राहकहरुलाई सुरक्षित रुपमा जोड्नको लागि र यो चुनौतीपूर्ण समयमा सबै आवश्यक जानकारीको पहुँच गर्न सक्षम गर्दछ।वीआईएल ले देशका कम आय भएका प्रयोगकर्तालाई २९४० मिलियनसम्म फाइदा पुर्‍याउँनेछ। वी ले एक नयाँ कम्बो…
Read More
इजरेलमा मारिएका १० मध्ये दुई जना बालबालिका भएको त्यहाँको स्वास्थ्य सेवाले जनाएको छ।

इजरेलमा मारिएका १० मध्ये दुई जना बालबालिका भएको त्यहाँको स्वास्थ्य सेवाले जनाएको छ।

शनिवार इजरेलले प्रहार गरेको बम गाजा सहरको अल ह्विदा सडकमा बज्रिँदा अल-कावालेक परिवारका कम्तीमा १३ सदस्य आफ्नै घरमा पुरिएर मरेको बताइन्छ। तीमध्ये धेरै बालबालिका थिए र सबैभन्दा कम उमेरका शिशुत त केवल छ महिनाका थिए। "हामीले धुवाँबाहेक केही देखेनौँ," बचेका एक सदस्य साना अल-कावालेकले एउटा अनलाइनलई भनिन्। "मैले मसँगै रहेका छोरा पनि देखिनँ। म उसलाई अँगालो मारिरहेको थिएँ तर देखिरहेको थिइनँ।" इजरेल डिफेन्स फोर्सेजले सो बम आक्रमणलाई असामान्य बताउँदै नागरिकको मृत्यु अनपेक्षित भएको बताएको छ। एक प्रवक्ताले सो हवाई हमलाले एउटा सुरुङलाई ध्वस्त बनाएका कारण घरहरू ढलेको बताएका छन्। मारिएकामा नौ वर्षीया यारा र पाँच वर्षीया रुला थिए। ती दिदीबहिनी…
Read More
अमेरिकी राष्ट्रपति जो बाइडनले इजरेलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई गाजा सङ्घर्ष उल्लेखनीय मत्थर हुने आशा गरेको बताएका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडनले इजरेलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई गाजा सङ्घर्ष उल्लेखनीय मत्थर हुने आशा गरेको बताएका छन्।

ह्वाइट हाउसका अनुसार राष्ट्रपति बाइडनले युद्धविराम तर्फको मार्ग खुलेको हेर्न चाहेको जनाएको छ। इजरेललको बलियो समर्थक अमेरिकाले हालसम्म त्यहाँको लडाइँबारे संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌मा कुनै संयुक्त वक्तव्य जारी हुन दिएको छैन। राष्ट्रपति बाइडनको आह्वानको प्रतिक्रियामा प्रधानमन्त्री नेतान्याहुले चाहिँ इजरेली नागरिकहरूका निम्ति शान्ति सुरक्षा बहाली नभएसम्म सैन्य कारबाही जारी राख्ने दृढता व्यक्त गरेको इजरेली सञ्चारमाध्यमहरूले जनाएका छन्। लडाइँ सुरु भएको १० औँ दिनमा पनि प्यालेस्टिनी विद्रोहीहरूद्वारा रकेट प्रहार अनि इजरेली सेनाद्वारा हवाई आक्रमणको सिलसिला जारी छ। बुधवार लेबननबाट चारवटा रकेट इजरेलमाथि प्रहार गरियो। बदलामा लेबननी क्षेत्रका कैयौँ निशानामा इजरेली सेनाले गोलाबारी गर्‍यो। यसले लडाइँलाई थप चर्काउने हो कि भन्ने स्पष्ट भएको…
Read More
मोग्लिक्सले १२० मिलियन डलर जुटाँयो

मोग्लिक्सले १२० मिलियन डलर जुटाँयो

मोग्लिक्स एक यूनिकॉर्न बन्ने पहिलो उत्पादन बी२बी वाणिज्य मञ्च बनेको छ। कम्पनीको मूल्य $ १२० मिलियन डलर सीरीज ई कोष राउन्डको अनुसार १ बिलियन डलर मानिन्छ। पछिल्लो लगानी फाल्कन एज क्यापिटल र हार्वर्ड म्यानेजमेन्ट कम्पनी (एच एम सी) द्वारा नेतृत्व गरिएको थियो। कोषको यो दौरले यसको अवस्थित लगानीकर्ताहरू, टाइगर ग्लोबल, सेक्वाइया क्यापिटल इंडिया र भेन्चर हाईवेको पनि सहभागिता देख्यो। मोग्लिक्स भारतको औद्योगिक र एमआरओ खरीद स्थानमा सबैभन्दा ठूलो र सब भन्दा छिटो बढ्दो बी२बी वाणिज्य मञ्च हो। कम्पनीले निर्माणको लागि एक अपरेटि प्रणाली निर्माण गरिरहेको छ जुन आफ्ना ग्राहकहरूलाई खरीद, प्याकेजिड़्ग, आपूर्ति श्रृंखला वित्तिय र उच्च एकीकृत सफ्टवेयर कभर सेवा…
Read More
मल सब्सिडी १४०% ले बढाइयो, प्रधानमन्त्रीको कार्यालयले भनेको छ “ऐतिहासिक निर्णय”

मल सब्सिडी १४०% ले बढाइयो, प्रधानमन्त्रीको कार्यालयले भनेको छ “ऐतिहासिक निर्णय”

प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका छन कि "अन्तर्राष्ट्रिय मूल्यवृद्धि भए पनि किसानहरूले पुरानो दरमा मल पाउनु पर्छ … सरकारको प्रयासको मुख्य केन्द्र किसानहरूको हित हो" प्रधानमन्त्री कार्यालयले एक विज्ञप्तिमा भन्यो। प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयले भनेको छ कि केन्द्रले अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिलाई कम गर्न मलमा अनुदानमा पूरै १४० प्रतिशत वृद्धि प्रस्ताव गर्नेछ। सरकारले यस अनुदानमा थप ₹१४,७७५ करोड खर्च गर्ने छ, जसले खर्च जम्मा करिब ₹ ९५,००० करोडमा पुग्नेछ। सरकारले भने किसानहरूले हालको ₹५०० को सट्टा प्रति झोलामा ₹१,२०० सब्सिडी पाउने छन। विश्वव्यापी प्रक्रियामा वृद्धि भएपछि डीएपी वा डि-अमोनियम फास्फेटको झोलाको लागत ₹२,४०० पुगेको छ तर किसानहरूले गत वर्षको ₹१२००मूल्यमा मलको झोला…
Read More
अभिनेता मनोज बाजपेयीको वेब सिरिज ‘द फेमिली म्यान २’ को ट्रेलर सार्वजनिक भएको छ ।

अभिनेता मनोज बाजपेयीको वेब सिरिज ‘द फेमिली म्यान २’ को ट्रेलर सार्वजनिक भएको छ ।

बुधबार सार्वजनिक भएको यस ट्रेलरलाई १२ घण्टामा ८६ लाख बढीले हेरिसकेका छन् । ट्रेलरमा मनोज र दक्षिण भारतीय अभिनेत्री सामन्था अक्किनेनी एक्सन अवतारमा देखिएका छन् ।  यस वेब सिरिजमा मनोजले श्रीकान्त तिवारीको भूमिका निभाएका छन् भने सामन्थाले महिला आतङ्कवादी राजीको भूमिका निभाएकी छन् । यस बेब सिरिजलाई धेरै दर्शकले रुचाउका छन् । 
Read More
चीनले मङ्गल ग्रहमा अवतरण गरेको चिनियाँ जुरोङ नामको यानले खिचेका पहिलो तस्बिर सार्वजनिक गरेको छ

चीनले मङ्गल ग्रहमा अवतरण गरेको चिनियाँ जुरोङ नामको यानले खिचेका पहिलो तस्बिर सार्वजनिक गरेको छ

उक्त तस्वीरमा यान अगाडिको दृश्यमा मङ्गल ग्रहको सतहका साथै रोबोटका केही भाग देखिन्छन् भने पछाडिको दृश्यमा यानको सौर्य ऊर्जाका प्यानल देखिन्छ ।चिनियाँ यान आइतवार बिहानै मङ्गल ग्रहमा सफलतापूर्वक अवतरण गरेको थियो । चिनियाँ यान अवतरणपछि चीन मङ्गल ग्रहमा अवतरण गरेर लामो समय काम गर्न सक्ने यान राख्ने अमेरिकापछि दोस्रो देश बनेको छ । मङ्गल ग्रहको उत्तरी गोलार्धमा उत्रिएको छ पाङ्ग्रे सो यानले कम्तीमा उक्त ग्रहमा ९० दिन बिताउने विश्वास चिनियाँ वैज्ञानिकहरूले गरेका छन् । सौर्य ऊर्जाबाट चल्ने जुरोङको २४० किलो तौल रहेको छ । यानको अग्लो भागमा राखिएको क्यामेराले तस्बिर लिनुका साथै यानलाई यताउता जान पनि सहयोग गर्छ ।पाँच उपकरण…
Read More
अफगानिस्तानका दुई प्रान्तमा दुई जना अफगान सेना र अरु १७ जना तालिबान मारिएका छन्

अफगानिस्तानका दुई प्रान्तमा दुई जना अफगान सेना र अरु १७ जना तालिबान मारिएका छन्

गएराति अफगानिस्तानको दक्षिणी प्रान्त कुन्दुजमा अफगानिस्तानको राष्ट्रिय सुरक्षा फोर्सको शिविरमा तालिबानहरुले नै आक्रमण गरेका थिए । आक्रमणमा परी अगानिस्तानको सेनाका दुई सदस्य मारिएका छन् । अन्य केही अफगान सैनिक घाइते पनि भएका प्रान्तका एक अधिरकारीले जानकारी दिएका थिए ।आक्रमणपछिको कारबाहीमा परेर तीन जना तालिबान लडाकू पनि मारिएका छन् । राति दोहोरो भिडन्त पनि भएको थियो ।भिडन्तमा परेर अरु केही तालिबानी लडाकूहरु घाइते पनि भएका बताइएको छ । त्यस्तै, बादखसानमा अफगान सेनाले गरेको कारबाहीका क्रममा कम्तीमा पनि १४ जना तालिबानी लडाकू मारिएका छन् । उक्त क्षेत्रमा अफगान सेनाले तालिबानको खोजीका लागि अभियान चलाएको बताइएको छ । त्यस क्षेत्रमा केही समययतादेखि तालिबानका…
Read More
इजरायललाई ७३५ मिलियन डलर बराबरको हतियार बेच्दै अमेरिका

इजरायललाई ७३५ मिलियन डलर बराबरको हतियार बेच्दै अमेरिका

अमेरिकाले इजरायललाई ७३५ मिलियन अमेरिकी डलर(करिब ८६ अर्ब नेपाली) रुपैयाँ बराबरको हतियार बेच्ने भएको छ । इजरायल र प्यालेस्टाइनबीच हिंसात्मक संघर्ष जारी रहेका बेला बाइडेन प्रशासनले इजरायललाई ठूलो परिमाणमा हतियार बेच्न लागेको समाचार सार्वजनिक भएको हो ।  वासिङ्टन पोस्टले बाइडेन प्रशासनले इजरायललाई हतियार बेच्ने प्रस्तावलाई स्वीकृति दिएको समाचार प्रकाशित गरेको छ ।गाजा क्षेत्रमा द्वन्द्व चर्किरहेको समय भए पनि अमेरिकी संसद्मा उक्त प्रस्ताव पास हुने अपेक्षा गरिएको छ । रोयर्टसले अमेरिकी संसद्को उच्च स्रोतलाई उद्धृत गर्दै मे ५ मा इजरायललाई हतियार बेच्न प्रस्तावबारे सूचित गरिएको बताएको छ । अमेरिकाले इजरायललाई हतियार बेच्ने भन्ने समाचार सबैभन्दा पहिले वासिङ्टन पोस्टले प्रकाशित गरेको हो…
Read More
भारतीय शहर मुम्बइमा चक्रवातमा परी १२७ जना हराएका छन्

भारतीय शहर मुम्बइमा चक्रवातमा परी १२७ जना हराएका छन्

मुम्बइको समुद्रमा आएको टाउकटी नामक चक्रवातका कारण हिन्द महासागरमा रहेको एक ठूलो डुंगा डुब्न पुग्दा कम्तीमा पनि १२७ जना व्यक्ति हराएका भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।डुंगामा २७३ जना यात्रु रहेका भारतीय जल सैनिक संगठनले जनाएको छ । भारतीय जल सैनिकका प्रवक्ताले एक विज्ञप्ति जारी गरेर १४६ जनाको सकुशल उद्धार गरेर जनाएको छ ।डुंगामा रहेका अरु १२७ जना अहिले पनि हराइरहेका छन् । उनीहरुको खोजी कार्य जारी रहेको छ । मुम्बई हाइटको समुद्रमा सो डुंगा रहेका बेलामा मंगलबार टाउकटी नामक चक्रवातले सो क्षेत्रलाई प्रभावित पारेको थियो ।मंगलबार प्रति घन्टा १८५ किलोमीटरका दरले चक्रवात आएको थियो । चक्रवातले भारतका अरु क्षेत्रमा पनि…
Read More