25
May
संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री एन्टनी ब्लान्केन गाजा युद्धविरामलाई तार्किक निश्कर्षमा पु¥याउने उद्देश्यका साथ मध्यपूर्वको यात्राको क्रममा इजरायल आइपुग्नुभएको छ । उहाँले एक दशकभन्दा बढी समयसम्म अबरूद्ध बनेको बृहत् शान्ति प्रक्रियालाई तार्किक निश्कर्षमा पु¥याउन मध्यस्थताका लागि मध्यपूर्वको भ्रमणमा आउनुभएको हो । प्यालेस्टिनी विभाजन तथा इजरायली कट्टरपन्थी नेतृत्वका कारण जेरूशेलम र वरपरको पवित्र धार्मिक स्थलहरूमा एक दशकभन्दा लामो समयदेखि शान्ति प्रक्रियाका लागि जटिल समस्या बनेको बिषयलाई मिलाउन सहजीकरण गर्नुहुने बताइएको छ ।केही दिन पहिले रोकिएको ११ दिन लामो गाजा द्वन्द्वका कारण २५० व्यक्तिले ज्यान गुमाएका छन् । मारिनेमा अधिकांश प्यालेष्टिनी परेका र इजरायली तथा प्यालेष्टिनी पक्षबीच भउका रकेट आक्रमणका कारणकम्तीमा १०० महिला…
