03
Jun
कोभिडका कारण दैनिक मृत्यु पुष्टि गरिने सङ्ख्या वैशाख २६ यता १०० नाघेकोमा यसबीचमा दुई दिन मात्र १०० भन्दा कम भएको देखिन्छ। डा. कृष्णप्रसाद पौडेल भन्छन्, "अवस्था सामान्य हुन समय लागिरहेको छ। निषेधाज्ञा र स्वास्थ्य मापदण्डको पालनामा अझै जोड दिनुपर्ने देखिएको छ।" यसबीचमा एकैदिन करिब १० हजार नयाँ सङ्क्रमित भेटिएका बेला जेठ ५ मा अहिलेसम्मकै धेरै २४६ जनाले कोभिडसँग सम्बन्धित कारणले ज्यान गुमाएको पुष्टि भएको थियो। काठमाण्डू विश्वविद्यालयमा जनस्वास्थ्य विभागकी सहप्राध्यापक डा. अर्चना श्रेष्ठले "अहिलेको समय प्राकृतिक रूपमै भाइरस कम फैलिने अवस्थामा" रहेको बताउँछिन्। तर त्यसलाई जोखिम घटेको रूपमा बुझ्न भने नहुने उनको तर्क छ। "हामीले जसरी घट्यो भन्ने सोचिरहेका छौँ,…
