Editor

5003 Posts
अविरल वर्षाले जनजीवन अस्त व्यस्त

अविरल वर्षाले जनजीवन अस्त व्यस्त

तीन दिनदेखि लगतार भएको वर्षाले खरसाङको जनजीवन अस्तव्यस्त बनेको छ । लगातार वर्षाको कारण खरसाङ बजारमा मानिसहरूको चहल पहल पातलो रहेको छ । सरकारको नयाँ दिशा निर्देश अनुसार अहिले बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म आवश्यक सामग्रीका राशन दोकान, सब्जी दोकान, मासु दोकान, माछा दोकान, फलफूल दोकान, दुध दोकान, खुल्ला रहने गरेको छ भने दैनिक आवश्यकताका सामग्री बाहेकका दोकान, लुगा दोकान, जुत्ता दोकान, हाईवेयर, इलेक्ट्रिकल, इलेक्ट्रोनिकका दोकान, श्रृंगारका दोकान, स्टेशनरी दोकान दिउँसो ११ बजेदेखि उता रातीसम्म खोलिने गरेको छ । यसरी पालै पालो गरेर दिनभरि नै दोकानहरू खुले तापनि बजारमा मानिसहरूको चहल पहल कोरोना संक्रमण अनि लगतार वर्षाको कारण न्यून…
Read More
पुनः खोलियो दार्जीलिङको ऐतिहासिक होटल

पुनः खोलियो दार्जीलिङको ऐतिहासिक होटल

दार्जीलिङ पहाड़को प्रसिद्ध तथा हेरिटेज होटल विण्डामेर होटल लकआउटलाई विण्डमेर होटल प्राइभेट लिमिटेडले फिर्ता लिएको छ । यो होटल शुक्रवारदेखि नै पुनः सञ्चालन भएको छ भने होटल कर्मचारीहरूले यस लकडाउन अवधिको वेतन ५० प्रतिशतको दरले पाउनेछन् अनि बंगाल लकडाउन सकिएपछि ६० प्रतिशतले साथै भारतको लकडाउन सकिएपछि सय प्रतिशत पूर्ण वेतन पाउनेछन् भनी दार्जीलिङ एसिस्टेण्ट लेबर कमिश्नर आशीष सुब्बाले बताए बुधवार सिलगड़ीमा एडिशनल लेबर कमिश्नरसितको त्रिपक्षीय बैठकमा लगभग ४ घण्टासम्म चलेको तर्कातर्कीपछि विण्डामेर होटलले होटल लकआउटको नोटिसलाई फिर्ता लिएको कुरा बताउँदै एएलसी आशीष सुब्बाले भने, गर्नको निम्ति सिलगढ़ी एडिशनल लेबर एएलसी म कहाँ भेट गरे, यस विषयमा कमिश्नर मोहम्मद विण्डामेर होटलको…
Read More
ब्राजिलले दोस्रो आधा रातो कार्ड भएता पनि कोपा अमेरिकामा चिलीलाई हरायो

ब्राजिलले दोस्रो आधा रातो कार्ड भएता पनि कोपा अमेरिकामा चिलीलाई हरायो

डिफेन्डिंग कोपा अमेरिका च्याम्पियन ब्राजिलले सेमिफाइनलमा प्रवेश गर्न १० जना पुरुषको साथ कडा प्रतिस्पर्धा गरे। दोस्रो हाफको शुरुमा गेब्रियल येशूलाई पठाइएको भन्दा केहि सेकेन्ड अघि प्रतिस्थापक लुकास पाक्वेले गोल गरे। चौकीको गोलकिपर क्लौडियो ब्राभोको left 46 औं मिनेटमा पाक्तेको विजेताले ब्राजिल फ्यानहरूलाई केही आशा दिलाए कि सेलेकाओ अर्को चरणमा सहज हुनेछ। तर दुई मिनेट पछि मात्र चिलीको युजानियो मेनालाई उडान लातले हिर्काए पछि उहाँलाई पठाइयो। नेमार र ब्राजिलका प्रशिक्षक टिटले खेलपछि भने कि येशूले मेनालाई देख्नुभएन र मिडफिल्डमा कब्जा जमाउन खोज्दा गल्तीले उसलाई लात हाले। ब्राजिलले यती कडा मेहनत गरे कि चिलीको गोलमा थोरै शटहरू थिए जसलाई येशूलाई खेल्ने समय भन्दा बाहिर…
Read More
थप २ हजार ३२८ जनामा कोरोना संक्रमण पुष्टि, १९ जनाको मृत्यु

थप २ हजार ३२८ जनामा कोरोना संक्रमण पुष्टि, १९ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप २,३२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,८३७ जनामा गरिएको पीसीआर परीक्षणमा १५२७ र ४२९६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०१ जना गरी २,३२८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै गत २४ घण्टामा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार १९८ पुगेको छ। पछिल्लो २४ घण्टामा ३ हजार ६६ जना कोरोना संक्रमणमुक्त भएका छन्। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६ हजार ६६६ पुगेको छ। हाल देशभर २७ हजार ७१६ जना  सक्रिय संक्रमित रहेका छन्।
Read More
जर्मनीले मिश्रित डोज लिन सिफारिश गर्यो

जर्मनीले मिश्रित डोज लिन सिफारिश गर्यो

जर्मनीले कोभिड १९ बिरुद्धको खोपको दुई डोज छुट्टाछुट्टै कम्पनीको लिन पाउने निर्णय गरेको छ । जर्मनीले पहिलो डोज आष्ट्राजेनेकाको खोप लिएकाहरुले दोस्रो डोजमा फाइजर वा मोर्डनाको खोप लिन पाउने निर्णय शुक्रबार गरेको हो ।एनएचके वल्र्डका अनुसार जर्मनीले आफ्ना नागरिकलाई दोस्रो डोजका लागि मोर्डना वा फाइजरमध्ये रोज्न सुझाएको हो । जर्मनीको खोप अभियान सञ्चालन गर्ने उच्च स्तरीय निकायले एक दिन अघि उक्त निर्णय गरेको थियो । उक्त निकायले दोस्रो डोज चार साता वा त्यसपछि लिन सक्ने जनाएको छ । त्यसअघि खोप सञ्चालन गर्ने निकायले दुई डोजबीचको समय दूरी नौ साता निर्धारण गरेको थियो ।जर्मनीका स्वास्थ्य मन्त्री जेन्स स्पानले जर्मनीले जुलाई अन्त्यसम्म…
Read More
बलिउड अभिनेता आमिर खान र उनकी पत्नी किरण रावले अलग हुने निर्णय लिइसकेका छन् ।

बलिउड अभिनेता आमिर खान र उनकी पत्नी किरण रावले अलग हुने निर्णय लिइसकेका छन् ।

बलिउडका यी ‘आइडल’ जोडीको सम्बन्धविच्छेदको खबरले उनका फ्यान चकित र दुःखी छन् । किरण आमिरकी दोस्रो श्रीमति हुन् । दुवैको प्रेमकथा एक फोनबाट सुरु भएको थियो । आमिर र किरणको पहिलो भेट फिल्म ‘लगान’को सेटमा भएको थियो । एक अन्तरवार्तामा आमिरले किरणसँगको भेटका बारेमा बोलेका छन् । ‘मैले किरणलाई सन् २००१ मा फिल्म ‘लगान’को समयमा भेटेको थिएँ । उनी एक सहायक निर्देशक थिइन् । त्यो समयमा उनी र मबीच कुनै सम्बन्ध थिएन । उनी युनिटको सदस्य थिइन् । रीना दत्त(पहिलो श्रीमति)सँग अलग्गिएको केही समय पछि मैले किरणलाई भेटें,’ आमिरले भनेका छन् । आमिरका अनुसार उनलाई किरणको फोन आएको थियो र…
Read More
अमेरिकाको हवाईमा बोइङ ७३७ कार्गो जेट विमान समुन्द्रमा खस्यो

अमेरिकाको हवाईमा बोइङ ७३७ कार्गो जेट विमान समुन्द्रमा खस्यो

दुईजना पाइलट सवार बोइङ ७३७ कार्गो विमान इन्जिनमा समस्या उत्पन्न भएपछि अमेरिकाको हवाईस्थित समुन्द्री तटनजिकै झरेको छ। उक्त विमान होनोलुलुबाट माउइ टापुतर्फ गइरहेको थियो तर ड्यानियल के इनोए अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केहीबेरमै पानीमा खसेको थियो। तटरक्षक सुरक्षा फौजले स्थानीय समयअनुसार शुक्रवार बिहानै दुवै पाइलटलाई उद्धार गरेका थिए। रोयटर्स समाचार संस्थाले जनाए अनुसार एकजना पाइलट जहाजको पुच्छर समातेर पानीमा तैरिरहेका थिए। यातायात मन्त्रालयका अधिकारीहरूलाई उद्धृत गर्दै हवाई न्यूज नाउले ती पाइलटलाई क्वीन्स मेडिकल सेन्टरमा पुर्‍याएर सघन उपचार कक्षमा राखिएको जनाएको छ। टाउकोमा गम्भीर चोट लागेका अर्का पाइलटलाई डुङ्गामा राखेर समुन्द्र बाहिर निकालिएको बताइएको छ। एनबीसीले प्रसारण गरेको दृश्यमा ती पाइलटमध्ये एक…
Read More
बिजुली चम्किएर चट्याङ पर्दा ब्रिटिश कोलम्बियामा अनेकौँ डढेलो

बिजुली चम्किएर चट्याङ पर्दा ब्रिटिश कोलम्बियामा अनेकौँ डढेलो

पश्चिमी क्यानडामा अहिलेसम्मकै उच्च गर्मीसँगै बिजुली चम्किएर चट्याङ पर्दा १३० भन्दा बढी जङ्गली डढेलोका घटना देखा परेका छन्। क्यानडाको सङ्घीय सरकारले डढेलो नियन्त्रण र आकस्मिक सेवाका लागि लागि ब्रिटिश कोलम्बियामा सैन्य जहाज पठाउने बताएको छ। यसै साताको सुरुमा उक्त प्रदेशको लीटन गाउँका मानिसहरू त्यहाँबाट पलायन हुनुपरेको थियो। लीटनमा गत मङ्गलवार क्यानडाको हालसम्मकै सबैभन्दा उच्च तापक्रम ४९.६ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो। पछि उक्त गाउँ आगलागीले ध्वस्त भयो। आगलागीका कारण करिब २५० मानिसहरूको बसोबास रहेको उक्त क्षेत्र प्रभावित भएको थियो। त्यसले गर्दा त्यहाँ बसोबास गर्ने मानिसहरू गत बुधवार साँझ आफ्ना सामानहरू नलिइकनै पलायन हुनु परेको थियो। उक्त क्षेत्र भ्यान्कुभर बाट २६०…
Read More
टीसीएल ले भारतको पहिलो मिनी एलईडीक्युएलईडी ४के टिभी लॉन्च गर्‍यो

टीसीएल ले भारतको पहिलो मिनी एलईडीक्युएलईडी ४के टिभी लॉन्च गर्‍यो

टीसीएल, एक विश्वव्यापी शीर्ष दुई टेलिभिजन ब्रान्ड र अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स कम्पनीले आफ्नो सबै नयाँ २०२१ सी टिभीको सीरीज दायरा प्रक्षेपण गरिसकेको छ: मिनी एलईडी क्यूएलईडी ४ के सी८२५, म्याजिक क्यामेराको साथ, क्यूएलईडी ४के सी ७२८ गेम मास्टरको साथ र वर्धित होम एंटरटेनमेन्ट अनुभवको लागि भिडियो कल क्यामेराको साथ क्यूएलईडी ४के सी ७२५ । सब भन्दा नयाँ मोडेलहरू १२० हर्ट्ज एमईएमसी, डल्बी भिजन, डल्बी भिजन आईक्यू, डल्बी एटमस, आईमैक्स एन्हांस्ड, गेम मास्टर, ह्यान्ड्स-फ्रि भ्वाइस कन्ट्रोल २.०, टीसीएल स्मार्ट यूआईको साथ आउँदछन्।मेगा लन्चको बारेमा टिप्पणी गर्दै, टीसीएल भारतका महाप्रबन्धक माइक चेनले भने, “भर्खरको प्रक्षेपणले टीसीएलको निरन्तर नवीनता र नयाँ युगका लागि…
Read More
खोप अभियान चलिरहँदा हालसम्म कोभिड-१९ बाट चार लाख भन्दा बढीको मृत्यु

खोप अभियान चलिरहँदा हालसम्म कोभिड-१९ बाट चार लाख भन्दा बढीको मृत्यु

खोप कार्यक्रमलाई तीव्र रूपमा अघि बढाउन प्रयास गरिरहेको भारतमा कोभिड सम्बन्धी कारणहरूबाट मृत्यु हुनेहरूको सङ्ख्या ४००,००० नाघेको बताइएको छ। कतिपय मृत्युको विवरण आधिकारिक सरकारी तथ्याङ्कमा समावेश नभएको हुँदा ज्यान गुमाएकाहरूको खास सङ्ख्या निकै बढी हुन सक्ने विज्ञहरूले बताएका छन्। कोभिडका कारण धेरैको मृत्यु हुने देशहरूमा भारत अमेरिका र ब्राजिल पछि तेस्रो स्थानमा छ। भारतमा हालसम्म तीन करोड भन्दा बढी मानिसहरू कोरोनाभाइरसबाट सङ्क्रमित भइसकेका छन् जुन अमेरिकापछिको सर्वाधिक सङ्ख्या हो। भारतमा गत मे महिनामा सङ्क्रमणको लहर उच्च विन्दुमा रहेका बेला प्रत्येक दिन औसतमा ४००,००० जना सङ्क्रमित हुन्थे। त्यो सङ्ख्या अहिले घटेर ४०,००० भन्दा केही बढी छ। विभिन्न राज्यहरूमा कडा लकडाउन गरिएका…
Read More