Editor

5003 Posts
‘वान नेशन वान राशन कार्ड योजनाले धारा ३७१एफ उल्लङ्घन हुनेछैन’

‘वान नेशन वान राशन कार्ड योजनाले धारा ३७१एफ उल्लङ्घन हुनेछैन’

सामाजिक सञ्जालमा विभिन्न नकरात्मक प्रतिक्रियाहरूबीच राज्यका खाद्य एवं नागरिक आपूर्ति मन्त्री अरुण उप्रेतीले हिजोदेखि राज्यमा लागु भएको 'वान नेशन वान राशन कार्ड' योजनाले संविधानको धारा ३७१ एफ उल्लङ्घन नहुने 'ग्यारेन्टी' नै दिएका छन् । उनले आज यहाँ पत्रकारहरूसित कुराकानी गर्दै यस योजनाले देशको संविधानले सिक्किम राज्यलाई प्रदान गरेको सुरक्षा कवचमा प्वाल हुन्छ भन्ने आशङ्कालाई पूर्णरुपले खारेज गर्दै राज्यको एसकेएम सरकारले कुनै पनि स्थितिमा यस्तो हुन नदिने दावी गरे 'यस योजनाले संविधानको धारा ३७९एफ-लाई उल्लङ्घन गर्छ भन्ने कुरा हामीलाई लाग्दैन । यसैले सिक्किमे जनता निश्चिन्त बस्दा हुन्छ । संविधानको धारा ३७९एफ को सुरक्षा गर्न एसकेएम सरकार कुनै पनि हदसम्म जानेछ', उनले…
Read More
राजकुमारको फिल्ममा शाहरुख–काजोल आप्रवासी जोडी

राजकुमारको फिल्ममा शाहरुख–काजोल आप्रवासी जोडी

बलिउड फिल्म ‘कुछ–कुछ होता है’, ‘दिलवाले दुल्हनिया ले जाएंगे’, ‘माइ नेम इज खान’ र ‘दिलवाले’ जस्ता फिल्ममा रोमान्स गरेका अभिनेता शाहरुख खान र अभिनेत्री काजोल बलिउडको रुचाइएको जोडीमा पर्दछन् । अब यो जोडी चाँडै नै निर्देशक तथा निर्माता राजकुमार हिरानीको फिल्ममा आफ्नो रोमान्टिक छापलाई पुनः दर्शकमाझ देखाउदैछन् । राजकुमार आप्रवासी सम्बन्धी एक फिल्म बनाउदैछन् । जसमा शाहरुख खान आप्रवासीको प्रमुख भूमिकामा देखिनेछन् । जहाँ काजोल शाहरुखको पत्नीको भूमिकामा हुनेछिन् । फिल्ममा उनीहरुबाहेक अन्य ठूला अनुहार पनि हुनेछन् । आई फ्री प्रेस जर्नलका अनुसार हिरानीको नयाँ फिल्म सामाजिक कमेडीमा आधारित हुनेछ । फिल्मले परिवारसँग पञ्जाबबाट क्यानाडा यात्रामा निस्किएको एक आप्रवासीको कथा…
Read More
महामारीकै बीच भारतमा सुनको मागमा १९ प्रतिशतको बृद्धि, महामारी अघिको भन्दा भने अझै कम

महामारीकै बीच भारतमा सुनको मागमा १९ प्रतिशतको बृद्धि, महामारी अघिको भन्दा भने अझै कम

कोरोना महामारीको दोस्रो लहरको बावजुद पनि भारतमा २०२१ को अप्रिल र जुन महिनामा सुनको माग १९.२ प्रतिशतले बृद्धि भएको छ । उक्त समय भारतका अधिकांश भागमा कोरोना महामारीको दोस्रो लहरको प्रभाव परेको थियो । अप्रिल र जुनमा भारतमा सुनको माग बढेर ७६.१ टन भएको छ जुन गत वर्षको सोही अवधिमा ६३.८ टन रहेको थियो । तथापी, कोरोना महामारी सुरु हुनु अघि अर्थात २०१९ को जुन महिनाको भन्दा चाहिँ अझै यो दुई तिहाई कम हो । वर्ल्ड गोल्ड काउन्सिल भारतका अनुसार २०१९ को जुनमा भारतमा २१३.२ टन सुनको माग थियो । महामारीको दौरान भारतमा सुनका गरगहनाको माग ५५.१ टन र सुनमा लगानीको…
Read More
प्राइम डे २०२१ ले अमेजन.इन मा सब भन्दा बढी एसएमबी बिक्रीको चिन्ह लगायो

प्राइम डे २०२१ ले अमेजन.इन मा सब भन्दा बढी एसएमबी बिक्रीको चिन्ह लगायो

प्राइम डे २०२१ ले अमेजन.इनमा स्मॉल मीडियम बिजनेस(एसएमबी) ले अत्यधिक बेचेको देखियो, किनकि उनीहरूले प्राइम सदस्यहरूको राम्रो प्रतिक्रिया देखेका थिए। प्राइम सदस्यहरुले प्राइम डेको दिन टियर २-३-४ शहरहरु जस्तै बर्नाला, चम्फाई, विरुधुनगर, गुंटूर, वलसाड, शाजापुरको कारीगर, बुनाई गर्ने, महिला उद्यमी, स्टार्ट-अप र ब्रान्ड, स्थानीय अफलाईन छिमेकी स्टोरहरु सहित बाट १२६००३ विक्रेताहरुबाट किनमेल गरे। कुल ३१२३० विक्रेताहरूले उनीहरूको सबैभन्दा बढी एकल दिनको बिक्री देखे र पछिल्लो प्राइम डेको तुलनामा करीव २५% बढी विक्रेताहरुको ग्रॉस बिक्री १ करोड भन्दा बढी भयो। प्राइम डे सबै आकारका ब्रान्डहरूका लागि नयाँ उत्पादनहरू सुरूवात गर्नका लागि अनौंठो अवसरको रूपमा जारी छ। अनन्तनाग, बोकारो, तवांग, मोकोकचुंग, नीलगिरि,…
Read More
बन बिना केएफसीको नयाँ बर्गर

बन बिना केएफसीको नयाँ बर्गर

केएफसी सबैभन्दा अनौंठा चिकन बर्गर प्रस्तुत गर्दछ - केएफसी डबल डाउन बर्गर। अब चिकन प्रेमीहरु को निम्ति रमाउनु को लागी दुई मनोरम कारणहरु छन्। डबल डाउन बर्गर दुई चिकन फिलेटको साथ आउँदछ जसले यसलाई अरू भन्दा एकदम भिन्न बर्गर बनाउँदछ। २२९ रुपैयाँबाट सुरू भएर, डबल डाउन बर्गर सबै केएफसी रेस्टुरेन्टहरूमा उपलब्ध छ। यसलाई अर्डर-इन गर्न सकिन्छ वा नजिकको केएफसी रेस्टुरेन्टबाट पिक-अप गर्न सकिन्छ। सबै चीजहरू स्वादिष्ट चीजहरू जस्तो, यी आल चिकन, नो बन बर्गर सीमित समयको लागि मात्र उपलब्ध रहनेछ। डबल डाउन भनेको रमाइलो सबैले मनपराउने बर्गर हो। यो सबै चिकन र केवल चिकनले बनेको छ। यस बुर्जरको बनलाई भने…
Read More
भारत कोभिड खोप अभियानः के वयस्कहरूका लागि पर्याप्त खोप छ?

भारत कोभिड खोप अभियानः के वयस्कहरूका लागि पर्याप्त खोप छ?

हामीले भारतमा खोप उत्पादनको क्षमता र खोप आपूर्तिलाई असर पार्ने अन्य पक्षलाई हेरेका छौँ। भारतले अहिले कति खोप उत्पादन गर्छ? भारतमै बनिरहेका दुईवटा खोप कोभिशील्ड र कोभ्याक्सीनको उत्पादनबारे भारत सरकारले हालै फरकफरक सूचना दिएको थियो। ती दुई खोप भारतीय खोप अभियानको मेरुदण्डका रूपमा छन्। आस्ट्राजेनेकाबाट अनुमति लिएर सीरम इन्स्टिट्यूट अफ इन्डियाले कोभिशील्ड उत्पादन गरिरहेको छ भने भारतमै विकसित कोभ्याक्सीन पनि उत्पादन भइरहेको छ। संसद्‌मा उठेको प्रश्नको उत्तरमा जुलाई २० तारिखमा स्वास्थ्य मन्त्रालयले प्रतिमहिना कोभिशिल्डको ११ करोड मात्राबाट बढाएर १२ करोड पुर्‍याउने योजना रहेको जनाएको थियो। तर सोही विषयमा अर्को प्रश्नको उत्तरमा प्रतिमहिना अनुमानित १३ करोड मात्रा उत्पादन क्षमता रहेको जानकारी…
Read More
धनु-काँड़मा पदकको नजिक पुगिन् दीपिका

धनु-काँड़मा पदकको नजिक पुगिन् दीपिका

भारतकी दिग्गज महिला धनुर्धर दीपिका कुमारीले टोक्यो ओलम्पिकको धनु- काँडू (आर्चरी) प्रतियोगिताअन्तर्गत महिलाहरूका व्यक्तिगत धनुकाँड़ स्पर्धाको दोस्रो राउण्डमा अमेरिकाकी जेनिफर फर्नाण्डेज मुचिनोलाई पराजित गरिन् । दीपिकाले भूटानकी कर्मालाई पराजित गरी दोस्रो राउण्डमा स्थान बनाएकी थिइन् । दीपिकाले कर्मालाई सजिलैसँग ६-० ले पराजित गरी प्री-क्वार्टर फाइनलमा स्थान बनाएकी थिइन् । उनले दोस्रो राउण्डमा पनि असाधारण प्रदर्शन गर्दै जेनिफरलाई ६-४-ले पराजित गरिन् । दीपिकाले प्री-क्वार्टर फाइनलमा पहिलो सेट गुमाइन् तर असाधारण पुनरागमन गर्दै परवर्ती दुईवटा सेट जितिन्। चौथो सेटमा दीपिका फेरि एकपल्ट फेरि पछि भइन् तर पाँचौँ तथा निर्णायक सेट आफ्नो नाम गरी उनले वाधालाई पार गरिन् । यसरी दीपिकाले पदक जित्ने…
Read More
कोहली र राहुल आफ्नो स्थानमा कायम

कोहली र राहुल आफ्नो स्थानमा कायम

भारतीय कप्तान विराट कोहली र सीनियर ब्याट्सम्यान केएल राहुलले बुधवार जारी आइसीसीको ताजा टी २० अन्तरर्राष्ट्रिय व्याकिङ्गमा ब्याट्सम्यानहरूका सूचीमा क्रमशः पाँचौं र छैटौं स्थान कायम राखेका छन्। राहुल र कोहली त्यस भारतीय टोलीमा रहेका छैनन्, जसले श्रीलङ्कामा टी२० शृङ्खला खेलिरहेको छ तर यस शृङ्खलामा खेल्ने पेस बलर भुवनेश्वर कुमारलाई याङ्किङ्गमा फाइदा भएको छ, जो आइतवार भएको पहिलो टी२० म्याचमा ४ विकेट हासिल गरेर बलरहरूका सूचीमा १६औं स्थानमा पुगेका छन् । लेग स्पिनर युजवेन्द्र चहल पहिलो म्याचमा किफायती रहेका थिए, जसले उनलाई १० स्थानको फाइदा भएको छ अनि अहिले उनी २१औं स्थानमा पुगेका छन् । श्रीलङ्काका वानिन्दु हसारङ्गा आफ्नो असल प्रदर्शनको…
Read More
सिन्धु सजिलै प्री क्वार्टर फाइनलमा

सिन्धु सजिलै प्री क्वार्टर फाइनलमा

वर्तमान विश्व च्याम्पियन भारतकी पीभी सिन्धुले बुधवार ग्रुप जे को म्याचमा हड्ङ्गकङ्गकी नागवान यी चियुगलाई पराजित गरी टोक्यो ओलम्पिकको महिला एकल ब्याडमिण्टन स्पर्धाको प्री क्वार्टर फाइनलमा प्रवेश गरिन्। रियो ओलम्पिकमा रजत पदक विजेता सिन्धुले विश्वकी ३४औं नम्बरकी खेलाड़ी चिथुङ्गलाई केवल ३५ मिनटमा २१-९, २१-१६ ले पराजित गरी ग्रुपमा शीर्ष स्थान हासिल गरिन् सिन्धुको चियुङ्ग विरुद्ध छैटौं म्याचमा यो छैटीं जीत हो । विश्वकी सातौं नम्बरकी खेलाड़ी सिन्धुले अब प्री क्वार्टर फाइनलमा ग्रुप आई को शीर्ष स्थानमा रहने डेनमार्ककी विश्वकी १२औँ नम्बरकी खेलाड़ी मिया ब्लिचफेल्टको चुनौती स्वीकार्नेछिन् सिन्धुको ब्लिचफेल्ट विरुद्ध जीत-हारको रेकर्ड ४१ रहेको छ डेनमार्ककी खेलाडीले सिन्धु विरुद्ध एकमात्र जीत…
Read More
पद्म पुरस्कारका लागि डाक्टर अनि स्वास्थ्यकर्मीहरूको नाम पठाउने

पद्म पुरस्कारका लागि डाक्टर अनि स्वास्थ्यकर्मीहरूको नाम पठाउने

दिल्लीका मुख्यमंत्री अरविन्द केजरीवालले हालै ठूलो घोषणा गर्दै भने, दिल्ली सरकारले यस वर्ष पद्म पुरस्कारका लागि डाक्टर र प्यारा मेडिकल स्टाफको नाम मात्र पठाउँनेछ यसका लागि अगस्त १५ सम्म दिल्लीमा बस्नेहरूबाट इ-मेल मार्फत सुझाउ लिइनेछ । यस अवधि केजरीवालले भने, कोभिड १९ - महामारीको बेला हामीलाई बचाउनेहरूलाई सम्मान गर्ने यो समय हो । केजरीवालले भने, दिल्ली सरकारले यस बर्ष पद्म पुरस्कारका लागि डाक्टर र स्वास्थ्यकर्मीको नाम पठाउने निर्णय गरेको छ । हामी तिनीहरूलाई धन्यबाद दिन चाहन्छौं भनेर हामी भन्न चाहन्छौं। मानिसहरूले हामीलाई यो नाम बताउनेछन् । मानिसहरूले आफ्नो मेल १५ अगस्त सम्म पठाउन सक्छन् । यस ईमेल ठेगानामा कुनै |…
Read More