26
Aug
एकजना सांसदलाई बलात्कारको आरोप लगाएको कारण प्रहरी र न्यायपालिकाले हैरान बनाएको बताउँदै गत साता आफ्नो शरीरमा आगो लगाएकी एक २४ वर्षे महिलाको मृत्युले भारतमा महिलालाई हुने अपमानजनक व्यवहारलाई फेरि एक पटक चर्चामा ल्याएको छ। अगस्ट १६ मा सामाजिक सञ्जाल फेसबुकमा प्रत्यक्ष प्रसारण गर्दै ती महिला र उनका एक पुरुष साथीले आफैँलाई आगो लगाएका थिए। गम्भीर घाउका साथ अस्पताल पुर्याइएकोमा पुरुषको शनिवार र महिलाको मङ्गलवार साँझ मृत्यु भएको थियो। उत्तर प्रदेशबाट राजधानी दिल्ली आएको जोडीले सर्वोच्च अदालतबाहिर आफ्नो दुःखप्रति ध्यानाकृष्ट गर्न खोजेको कार्यले भारतलाई स्तब्ध तुल्याएको छ। ती महिलाले बहुजन समाज दलका लोकसभा सांसद अतुल राईले वाराणसीस्थित निवासमा बलात्कार गरेको आरोप…
