11
Dec
चिनियाँ अधिकारीहरूले तिब्बती आध्यात्मिक नेता दलाइ लामाको विषयमा अध्ययन गर्न तिब्बती बालबालिकाहरूमाथि प्रतिबन्ध लगाएका छन्। चीनको छिङहाई प्रान्तका चिनियाँ अधिकारीहरूले तिब्बती बालबालिकालाई आध्यात्मिक नेता दलाई लामाको बारेमा पढ्न प्रतिबन्ध लगाएका हुन्। उत्तर पश्चिमी चीनको छिङहाइ प्रान्तका अधिकारीहरूले दलाई लामालाई बदनाम गर्ने प्रयासहरू तीव्र पारेका छन् । अब तिब्बती बच्चाहरूलाई उनीहरूका आमाबाबुले उनीहरूलाई निर्वासित तिब्बती आध्यात्मिक नेताको बारेमा के भनेका छन् भन्ने कुरा पत्ता लगाउन प्रश्न गरिरहेको र त्यसको तथ्याङ्क सङ्कलन गरिरहेको रेडियो फ्री एसियाले जनाएको छ । ऐतिहासिक रूपमा उत्तर पूर्वी तिब्बतको अम्दो क्षेत्रको एक भाग छिङहाईमा निजी घरहरूमा दलाई लामाका फोटोहरू प्रदर्शन गर्न प्रतिबन्ध लगाउन २०१७ को शुरुमा नै…
