26
Jan
नेताजी सुभाषचन्द्र बोसको १२५औँ जन्मजयन्ती गत २३ जनवरी देशसहित सिलगढ़ी शहरमा धुमधामसँग पालन गरियो । सिलगढ़ीको सुभाषपल्लीस्थित नेताजीको मूर्तिमा विभिन्न राजनैतिक दलका शीर्ष नेताहरूले माल्यार्पण गरेर श्रद्धाञ्जली चढ़ाएका थिए केन्द्र सरकारले नेताजीलाई श्रद्धाञ्जली दिदै इण्डिया गेटमा नेताजीको जन्मदिनमा एउटा मूर्ति अनावरण गर्ने फसेला गयो । त्यही सिलगढ़ीको सुभाषपल्लीस्थित नेताजी मूर्तिको चश्मा तोड्ने कार्य भएको छ । नेताजीको चश्मा तोडिदिएको घटनाले स्थानीय मानिसहरू क्षुब्ध भएका छन्। यो एउटा लज्जाजनक घटना हो। राजनैतिक दलहरूले पनि घटनाबारे प्रश्न उठाएका छन् । तर घटना प्रकाशमा आएपछि स्थानीय मानिहरूले नेताजी मूर्तिबाट भाँचिएको चश्मा हटाइदिएका छन् । खबर पाएर सिलगढ़ी थानाका पुलिस घटनास्थलमा पुगेको छ ।…
