09
Feb
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख चिकित्सक टेड्रोस अधानोम गेब्रेयससले विश्वभरि भाइरसको फैलावट सुस्त भए पनि कोभिडको प्रभाव दशकौंसम्म महसुस हुने बताएका छन् । डब्ल्यूएचओ प्रमुखले कोरोनाको प्रभाव सबैभन्दा जोखिममा परेका समूहमा पर्ने र महामारी जति लामो समयसम्म रहन्छ, त्यति नै नराम्रो असर पर्ने बताए। कोभिड महामारीको प्रभाव दशकौंसम्म महसुस हुनेछ, विशेष गरी सबैभन्दा कमजोर समूहहरूमा । डा. टेड्रोसले भने, महामारी जति लामो समयसम्म रहन्छ, त्यति नै नराम्रो प्रभावहरू हुन्छन् । डा टेड्रोसले हाल राष्ट्रमण्डलको जनसंख्याको ४२ प्रतिशतले मात्रै दोहोरो डोज भ्याक्सिन पाएको र देशहरूबीच व्यापक असमानता रहेको बताए। उनले भने, राष्ट्रमण्डलमा रहेका अफ्रिकी देशहरूले औसत भ्याक्सिन दर मात्र २३…
