07
Mar
पैसा लिएपछि पनि कार्यक्रममा उपस्थित नभएको मामिलामा बलिउड नायिका सोनाक्षी सिन्हाविरुद्ध उत्तर प्रदेशको मुरादाबादको एसिजेएम अदालतले वारेन्ट जारी गरेको छ । अदालतले आरोपी नायिकालाई २५ अप्रिल (बैशाख १२) को दिन अदालतमा पेश हुन आदेश दिइएको छ । सोनाक्षीविरुद्ध फेब्रुअरी सन् २०१९ को यो मामिलामा एफआईआर दर्ता गरिएको थियो । मुरादाबादको कटघर थाना इलाकाको शिवपुरी निवासी प्रमोद शर्मा ह्युइन्डिया फेसन एन्ड ब्यूटी अवार्डको नामले अर्थनाइजिङ फर्म चलाउँछन् । सोनाक्षी सिन्हा र उनीसँग सम्बन्धित इभेन्ट कम्पनीले उक्त फर्मलाई ३७ लाखको ठगी गरेका छन् । प्रमोद शर्माले बताए अनुसार ३० सेप्टेम्बरमा उनको इभेन्ट कम्पनीले दिल्लीको सिरी फोर्ट अडिटोरियममा इन्डिया फेसन एन्ड ब्यूटी अवार्ड…
