08
Mar
बलिउड अभिनेत्री आलिया भट्ट हलिउड फिल्म 'हर्ट अफ स्टोन' मा अनुबन्धित भएकी छिन्। आलियाले उक्त फिल्मबाट हलिउडमा डेब्यू गर्नेछिन्। नेटफ्लिक्सले ट्विटरमार्फत फिल्ममा आलियाले अभिनय गर्ने जानकारी दिएको हो। Exciting News: Alia Bhatt will star alongside Gal Gadot and Jamie Dornan in their new movie Heart of Stone! pic.twitter.com/n9sp5YEJZS— Netflix (@netflix) March 8, 2022 यस फिल्ममा आलियाले गल ग्याडट र जेमी डोरम्यानसँग सहकार्य गर्नेछिन्। स्पाइ थ्रिलर जनरामा बन्ने फिल्ममा टोम हार्परको निर्देशन रहनेछ। पछिल्लो समय फिल्म 'गंगुबाई काठियावाडी' प्रदर्शन भएसँगै आलियाको अभिनयको चर्चा भइरहेको छ
