01
Apr
तेलुगु फिल्मका दिग्गज निर्देशक सरथको शुक्रबार बिहान उनको घरमा निधन भएको हो । अभिनेता नन्दमुरी बालकृष्ण र सुमनसँग काम गरेका सरथलाई यसअघि क्यान्सर भएको पत्ता लागेको थियो । उनको अन्तिम संस्कार शनिबार हैदराबादको फिल्म नगरस्थित वैकुण्टा महाप्रस्थानममा गरिनेछ । प्रोडक्सन हाउस श्रीदेवी मुभिजले सरथको मृत्युको बारेमा ट्वीट गर्दै लेखेकी छिन्, “रेस्ट इन शान्ती #सरथ गरू। उहाँको परिवारलाई हाम्रो हार्दिक समवेदना र प्रार्थना। हामीलाई ब्लकबस्टर हिट 'वामसानिकोक्कडु' दिनुभएकोमा उहाँप्रति आभारी छु। अभिनेता नन्दमुरी बालकृष्णले सरथको निधनप्रति दुःख व्यक्त गरेका छन् । एक विज्ञप्तिमा उनले भने, ‘शरथ मेरो असल साथी थिए । उनले चलचित्र क्षेत्रमा राम्रो व्यक्तिको रुपमा आफ्नो नाम कमाए ।…
