06
Oct
जलमग्न क्षेत्र निरीक्षणका क्रममा भारतीय जनता पार्टी (भाजपा) का सांसद अनि विधायकमाथि आक्रमण भएको छ। सोमवार नगराकट्टाअन्तर्गत बामनडाङ्गा क्षेत्रमा निरीक्षणका क्रममा भाजपा सांसद खगेन मुर्मू र विधायक शङ्कर घोषमाथि आक्रमण भएको हो। खगेन रक्ताम्मे भए, शङ्कर घोषको गाड़ीको सबै ऐना फुटाइयो। दिदीका सैनिकहरूले नै आक्रमण गरेका शङ्कर घोषको आरोप छ। त्यसै बेला उत्तर बङ्गाल विकासमन्त्री उदयन गुहाले भने, आइतवार त यहाँ कुनै भाजपा नेता वा मन्त्रीलाई देखिएन। आज मुख्यमन्त्री आउँदैछन् भन्ने सुनेपछि मानिसहरूलाई उक्साउने प्रयास गरियो। त्यसको प्रतिक्रियामा साधारण मानिसहरूले नै विरोध प्रदर्शन गरे।आज सुरक्षा घेरामा रहेका माल्दा उत्तरका सांसद खगेन मुर्मू र सिलगढ़ीका विधायक तथा विधानसभाका विपक्षी दलका प्रमुख…
