24
May
भारतको जी20 अध्यक्षता अन्तर्गत, तेस्रो वातावरण र जलवायु दिगो कार्य समूह को (ईसीएसडब्ल्यूजी) बैठक मई 21 मा, मुम्बईमा सुरु भयो। यो तीन दिने बैठकले मुख्यतया, ब्लू इकोनोमीमा केन्द्रित थियो। ईसीएसडब्ल्यूजी को बैठक जुहुमा, मेगा बिच क्लीनअपको साइड इभेन्टबाट सुरु भयो र त्यसपछि ओशन २० डायलग आयोजित भएको थयो। महाराष्ट्रका गभर्नर रमेश बैस, पर्यावरण, वन तथा जलवायु परिवर्तन मन्त्री अश्विनी कुमार चौबे र महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देका साथै जी-२० बैठकमा भाग लिने विभिन्न देशका प्रतिनिधिमण्डलका सदस्यहरूले समुद्र तट सफाइ अभियानमा भाग लिएका थिए। बैठकको पहिलो दिन,तीनवटा सत्रमा, ब्लू इकोनोमी का विभिन्न पक्षमा भएको थियो । विज्ञान प्रविधि र नवप्रवर्तन, नीति, शासन…
