23
Aug
विश्वको होमियोप्याथिक क्लिनिकहरूको सबैभन्दा ठूलो श्रृंखला डा. बत्राज हेल्थकेयरले सिलगढीमा आफ्नो पहिलो क्लिनिक र पश्चिम बंगालमा ११औं क्लिनिक शुरू गरेको छ। उद्घाटन समारोहमा इन्फ्लुएन्सर तथा भिडियो निर्मात्री सुश्री आना तामाङ र बत्रा’ज ग्रुप अफ कम्पनीका ग्रुप सीईओ श्री सञ्जय मुखर्जी उपस्थित थिए। विश्व स्वास्थ्य संगठन मुताबिक होमियोप्याथी विश्वव्यापिरूपमा दोस्रो सबैभन्दा ठूलो चिकित्सा प्रणाली हो र भारतमा १० करोड़भन्दा अधिक मानिसहरूले यसको उपयोग गर्दछन्। डा. बत्रा’जको नाम होमियोप्याथीको पर्याय हो। भारतका अग्रणी होमोप्याथ पद्मश्री डा. मुकेश बत्राले १९८२ मा मुम्बईमा रोगी-सञ्चालित संस्थानको रूपमा डा. बत्राज हेल्थकेयरको स्थापना गर्नुभयो। त्यसबेलादेखि ब्रान्डले अमेरिकी गुणस्तर मूल्याङ्कनकर्ताहरूले प्रमाणित गरेको ९१ प्रतिशतको सफलता दरका…
