25
Aug
टेलिकम अपरेटर वोडाफोन आइडिया (वी) ले सिलगढ़ीमा आफ्नो 5जी सेवा आरम्भ गरेको घोषणा गरेको छ जसले यस शहरलाई पश्चिम बङ्गालमा नेक्स्ट–जेनेरेशन कनेक्टिभिटी पाउने पहिलो शहर बनाएको छ। यो कदम कम्पनीसित स्पेक्ट्रम 17 प्राथमिक सर्कलहरूमा वी-को रणनीतिक 5जी विस्तारको हिस्सा हो। कम्पनीले यसअघि नै मुम्बई, दिल्ली–एनसीआर, बेङ्गलोर, पुणे, कोची, जयपुर अनि विशाखापत्तनम जस्ता महानगर साथै टियर–2 शहरहरूमा 5जी सेवा आरम्भ गरिसकेको छ। भोलिदेखि सिलगढ़ीका वी प्रयोगकर्ताहरूले 5जी–सक्षम उपकरण प्रयोग गरी रु. 299 देखि आरम्भ हुने रिचार्ज प्लानमा असीमित 5जी डेटा उपभोग गर्न सक्नेछन् जसले शीघ्र डाउनलोड, हाई–डेफिनिशन स्ट्रिमिङ, क्लाउड गेमिङ अनि रियल–टाइम भिडियो कन्फरेन्सिङको सुविधा दिनेछ। सिलगढ़ीलाई उत्तर बङ्गालको व्यावसायिक प्रवेशद्वारका…
