10
Jun
● अनलाइन कारोबार गर्न सजिलो हुनेबारे जागरूकता फैलाउन र बजारको पहुँच विस्तार गरी शिल्पकार तथा बुनकरहरूलाई फ्लिपकार्ट प्लेटफर्ममा आफ्ना उत्पादहरू बेच्न सक्षम तुल्याउन यस कार्यशालाको उद्देश्य हो। ● 50 भन्दा बढ़ी शिल्पकार र बुनकरहरूले इ-कमर्शको परिदृश्यबारे गहिरो समझ हासिल गरे जसमा उत्पाद सूचीकरण, प्रभावकारी लोजिस्टिक अनि व्यवसाय वृद्धिका उपायहरू सामेल छन्। कालना, पश्चिम बङ्गाल, 9 जून, 2025 : भारतको स्वदेशी ई-कमर्श मार्केटप्लेस फ्लिपकार्टले पश्चिम बङ्गाल सरकारसित साझेदारीअन्तर्गत आज कालनामा एक कार्यशाला आयोजना गर्योा। यो कार्यशाला भारतको तीव्र गतिमा बिस्तार हुँदै गरेको डिजिटल अर्थतन्त्रमा समावेश गरेर स्थानीय शिल्पकार तथा बुनकरहरूको सशक्तिकरण गर्न डिजाइन गरिएको थियो। सहभागीहरूलाई फ्लिपकार्ट मार्केटप्लेसमा अनलाइन व्यापार आरम्भ…
