24
Dec
अग्रणी दूरसञ्चार सेवा प्रदायक वी-ले ट्र्याभल ब्याङ्किङ फिनटेक नियोसित साझेदारी गरेको घोषणा गरेको छ अनि यस साझेदारीअन्तर्गत विदेश यात्रा गर्ने ग्राहकहरूलाई यस बिदा सिजनमा जिरो मार्कअप फरेक्स कार्ड उपलब्ध गराइनेछ। भारतमा कुनै पनि टेलिकम कम्पनीद्वारा गरिएको यो पहिलो यस्तो साझेदारी हो जसअन्तर्गत बिदा, व्यवसाय वा उच्च शिक्षाका लागि विदेश जाने ग्राहकहरूले 24 घण्टाभित्रै आफ्नो घरमा नियो जिरो फरेक्स मार्कअप कार्ड प्राप्त गर्न सक्ने वीले जनाएको छ।यस नयाँ साझेदारीले वी-को ट्र्याभल पोर्टफोलियोलाई अझ सुदृढ़ बनाएको छ। वी-को वर्तमान पोर्टफोलियामा ट्रुली अनलिमिटेड अन्तर्राष्ट्रिय रोमिङ प्याक (आईआर), परिवारका लागि छुटसहितको आईआर प्याक, लाउञ्ज पहुँच, यात्रा बीमा तथा सामग्री सुरक्षा सेवा समावेश छन्। ग्राहकहरूले…
