१६ अगस्त खेला हबे दिवस

खेला हबे (खेला हुनेछ) नारा अहिले धेरै लोकप्रिय भएको छ । दिल्लीको संसददेखि उत्तर प्रदेश, राजस्थान सबैतिर नै खेला हुनेछ-को नारा गुञ्जिन थालेको छ । खेला केही भयो, फेरि हुनेछ। सोमवार यहाँको नेताजी इण्डोर स्टेडियममा खेला हबे योजनाको उद्घाटन गरेपछि मुख्यमन्त्री ममता ब्यानर्जीले यो कुरा जनाइन् तिनले सन् २०२४ को लोकसभा चुनाउलाई ध्यानमा राख्दै यस्तो कुरा जनाएकी हुन् ।

तृणमूल कंग्रेसले राज्य विधानसभा चुनाउअघि खेला हुनेछ नारा लगाउन थालेको थियो जुन पछि राज्यभरि नै लोकप्रिय भयो । त्यसै कुरालाई स्मरण गराउँदै सोमवार ममता ब्यानर्जीले भनिन्, खेलबिना जीवन नै चल्दैन, खेलमार्फत नै इतिहास रचिन्छ, संस्कृति बाँच्छ अनि सुस्वास्थ्य बनिन्छ । जापानमा ओलम्पिक खेल भइरहेको छ, खेला हुनेछ भन्ने नारा चिरस्थायी बनाउनु आवश्यक छ, विभिन्न खेल र कार्यक्रम मार्फत खेला हुनेछ नारालाई कार्यान्वयन गर्नुपर्नेछ । यो नारा यति लोकप्रिय भयो, जब चुनाउको अवधि ग्रामीण क्षेत्रहरूतिर जान्थें तब वाहनबाट ओर्लिनसाथै खेला हुनेछ-को नारा लगाउन थालिन्थ्यो, तिनले भनिन्। ममता ब्यानर्जीले जब बंगालमा खेला हुनेछ भनिरहेकी थिइन् त्यसै समय अभिषेक ब्यानर्जीले त्रिपुरामा भाजपाको खेला समाप्त हुने नारा लगाइरहेका थिए । ममता ब्यानर्जीले भनेअनुसार अब राज्य राज्यमा खेला हुनेछ ।

तिनले भनिन्, बंगालका मानिसहरूले खेला हुनेछ नारा साह्रै मन पराउँछन्, विभिन्न राज्य अनि संसदमा पनि यो नारा लगाइँदैछ, यो बंगालको निम्ति गर्वको कुरा हो, आउँदा दिनहरूमा समग्र देशमा नै खेला हुनेछ, खेला हुनेछ नारालाई तपाईंहरूले अगाड़ि बढ़ाएर लैजानु पर्नेछ ।सन् १९८० को १६ अगस्त कलकत्ताको इडेन गार्डन्समा इस्ट बेंगल र मोहन बगानमाझ फूटबल म्याचको अवधि हिंसा भएको थियो जसमा १६ जनाको मृत्यु भएको थियो । अब प्रत्येक वर्ष १६ अगस्त खेला हुनेछ दिवस को रूपमा पालन गरिने जनाउँदै मुख्यमन्त्रीले थपिन्, त्यस दिनको स्मरणमा १६ अगस्त खेला हुनेछ दिवसको पालन गर्ने घोषणा ममता ब्यार्जीले गरेकी हुन्। ममता ब्यानर्जीले इण्डियन फूटबल एसोसिएशनको अधीनमा रहेका|

Leave a Reply

Your email address will not be published. Required fields are marked *