डोअर्समा चितुवा फेरि पिंजडामा कैद भएको छ

जलपाईगुडी जिल्लाको क्रान्ति ब्लकको दक्षिण हसखाली क्षेत्रमा शनिबार बिहान एउटा चितुवा खोरमा फसेको हो । केही दिनदेखि चियाबारीबाट चितुवाले बाख्रा र गाई लैजाने गरेको स्थानीयवासी अब्दुल गफुर, सोहेल रानाले बताए ।स्थानीय बासिन्दाको पहलमा वन विभागले चियाबारीमा चितुवालाई पक्रन खोरको व्यवस्था गरेको थियो । अन्ततः चार दिनपछि आज बिहान चितुवा खोरमा थुनिएको छ । यहाँ खोरमा राखिएको चितुवा हेर्नको लागि त्यहाँका मानिसहरुको भीड लागेको थियो । चितुवा समातिएपछि आफुले राहत पाएको स्थानीयले बताएका छन् ।