बंगलादेशमा एउटा तीनतले यात्रुबाहक डुङ्गा आगोलागी हुँदा कम्तीमा ३७ जनाको मृत्यु भएको छ । झण्डै एक सयजना घाइते भएका अधिकारीहरूले बताएका छन् । डुङ्गामा झण्डै पाँच सय यात्रु रहेको बताइएको छ । झालकोटी नजिकैको सुगन्धा नदीमा उक्त घटना भएको हो । उक्त डुङ्गा राजधानी ढाकाबाट करिब दुई सय ५० किलोमिटर दक्षिणमा रहेको बारगुना सहरतर्फ गइरहेको थियो ।
केही पीडितहरू पानीमा हाम फालेपछि डुबेका थिए । धेरै यात्रु नराम्रोसँग जलेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ ।
सबेरै इन्जिन कक्षबाट आगलागी सुरु भएको र उत्तिखेरै डुङ्गाभरी फैलिएको अग्नी सेवा अधिकारीले बताएका छन् । घण्टौँसम्म आगलागी भएको थियो ।
आगलागीबाट जोगिएर बाँचेका एकजना बुढी बज्यैले भने अनुसार आगलागी हुँदा धेरै मानिसहरू सुतिरहेका थिए । उनले नदीमा हाम फालेको आफ्नो नौ वर्षीय नातिको बारेमा आफूलाई केही थाहा नभएको पनि बताइन् ।
घटनाको अनुसन्धान गर्न विशेष समिति गठन गरिएको छ । डुङ्गा दुर्घटनालाई बंगलादेशमा असामान्य मानिँदैन । अति भीडभाड, कमजोर मर्मतसम्भार र सुरक्षा मापदण्डको अभावमा थुपै्र डुङ्गाहरू दुर्घटनामा पर्ने गरेका छन् । प्रायः खराब मौसममा जहाज डुब्ने गरेका छन् । सन् २०२० मा ५० जना यात्रु बोकेको डुङ्गा डुब्दा दर्जनौँ मानिसहरूको मृत्यु भएको थियो ।
डुङ्गा दुर्घटनालाई बंगलादेशमा असामान्य मानिँदैन । अति भीडभाड, कमजोर मर्मतसम्भार र सुरक्षा मापदण्डको अभावमा थुपै्र डुङ्गाहरू दुर्घटनामा पर्ने गरेका छन् । प्रायः खराब मौसममा जहाज डुब्ने गरेका छन् । सन् २०२० मा ५० जना यात्रु बोकेको डुङ्गा डुब्दा दर्जनौँ मानिसहरूको मृत्यु भएको थियो ।