सिक्किमबाट असम पुलिसद्वारा २ महिला लगायत २६ जना बालबालिका उद्धार

असम पुलिसले राजधानी गान्तोक साथै पूर्व र दक्षिण सिक्किमबाट दुई महिलालगायत २६ जना बालबालिकालाई उद्धार गरेर आसाम लगेको घट्ना प्रकाशमा आएको छ । सिक्किम पुलिसका प्रवक्ता तथा डीआइजी (रेञ्ज ) प्रवीण गुरुडले यसको पुष्टि गरेका छन् । उनले बताए अनुसार गत २० जुलाईको दिन आसामको चिराङ जिल्लाअन्तर्गत रुनि खाता पुलिस स्टेशनबाट एउटा पुलिस दल गान्तोक सदर थानामा आएको थियो । उनीहरू एकजना कृष्ण जोगी नाम गरेका आरोपीलाई पनि साथमा लिएर आएका थिए ।

‘उनीहरू यसरी सिक्किम आउनुको उद्देश्य भारतीय दण्ड संहिताको धारा ३६५, ३६६ ए र ३७० अन्तर्गत रुनि खाता पुलिस स्टेशनमा दर्ता गरिएको एउटा मामिलाको अनुसंधान गर्नु रहेको थियो।

आइपीसी का यी धाराहरू बाल बालिका तथा महिलाहरूलाई अपहरण, तस्करी तथा शारीरिक शोषणसित सम्बन्धित धाराहरू हो। आसाम पुलिसले अनुसंधानमा सहयोग गर्ने अनुरोध गरेपछि कानुनी प्रावधानअनुसार सिक्किम पुलिसले दुई दिन भित्रमा दुई महिला लगायत २६ जना बाल बालिकालाई उद्दार गरेर आसाम पुलिसलाई जिम्मा लगाएको छ जसमध्ये दुईजनालाई कालेबुङ जिल्लाबाट पनि उद्दार गरिएको छ’, डीआइजी गुरुङले भने ।

प्राप्त जानकारी अनुसार उद्दार गरिएका बालबालिकाहरूको उमेर ८ देखि १८ वर्षबीच रहेको छ । महिलाहरूको उमेर भने ३५ र ५० वर्ष रहेको छ । यस घट्नाले के राज्यमा बालश्रलाई पुष्टि गर्छ भनी पत्रकारहरूले प्रश्न गर्दा राज्यमा यसरी धेरै वर्षदेखि बाहिरबाट बालबालिका तथा वयस्कहरूलाई पनि घरेलु काम गर्न ल्याइने गरेको जसमध्ये अधिकलाई घर मालिकले पढ़ाउने पनि गरेकोले यस घट्नलाई दुवै कानून साथै मानवीय दृष्टिकोणले हेर्नुपर्ने डीआइजी गुरुङले बताए । तरैपनि चाइल्ड लेबर प्रोहिबेशन एण्ड रेगुलेशन एक्ट १९८६ र संविधानको धारा २४ले यसलाई अपराध मान्ने उनले बताए । कानून र संविधानअनुसार सिक्किममा ज-जसको घरम T ती नानीहरूलाई राखिएको थियो उनीहरू विरुद्ध पनि मामिला बन्नेछ तर आसाम पुलिसले यस कार्यवाहीलाई अपराधिक मामिला भन्दा पनि बालबालिकाला उद्धार गर्ने मानवीय कार्यको रुपमा लिएको जस्तो हामीले बुझ्यौं कारण आसामका नयाँ मुख्यम न्त्री हेमन्त विश्वशर्माले बाल बालिका उद्दार गर्ने अभियानलाई गम्भीरतासित लिएका छन्फ, उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *