हिन्दुजा समूहको भारतीय प्रमुख र देशको मुख्य व्यावसायिक वाहन निर्माता अशोक लेलेण्डले पश्चिम बङ्गालको सिलगढ़ीमा लाइट कमर्शियल भेहिकल (एलसीभी) को नयाँ डीलरशिप आरम्भ गरेको छ। यो पश्चिम बङ्गालमा 5औं एलसीभी डीलरशिप हो। नयाँ च्यानल साझेदार ह्याप्पी ट्रकिङको बिक्री सुविधा एसबीएम वेयरहाउसमा राखिएको छ। एसबीएम वेयरहाउस इष्ट बाइपास रोड, भक्तिनगर, सिलगढ़ी, जलपाइगढ़ी, पश्चिम बङ्गाल 734004 मा अवस्थित छ जो रणनीतिक रूपले महत्त्वपूर्ण हो। मुख्य वर्कशप (सर्भिस र स्पेयर्स) डाबग्रामको वेयरहाउसमा छ जो ठाकुर नगर, न्यु जलपाइगढ़ी, जलपाइगढ़ी, पश्चिम बङ्गाल 735135 मा अवस्थित छ। यस सुविधा केन्द्रमा उन्नत उपकरणहरू, छिटो सेवा बे र अत्यधिक उन्नत पूर्वाधार उपलब्ध छन् जसले ग्राहकको उच्च अनुभवलाई सुनिश्चित गर्दछ। कम्पनीले अहिले एलसीभी उत्पादहरूको शृङ्खला उपलब्ध गराइरहेको छ जसमा बड़ा दोस्त, दोस्त, पार्टनर अनि मीटीआर सामेल छन्। अशोक लेलेण्डको एलसीभी व्यवसाय प्रमुख श्री विप्लव शाहले भने, हामी यस क्षेत्रमा हाम्रो उपस्थिति अझ सुदृढ़ गर्न उत्साहित छौँ। पश्चिम बङ्गाल र पूर्वी भारतको ठूलो अंश हाम्रो महत्त्वपूर्ण बजार हो। हामीले सधैँ यस क्षेत्रको सम्भावना मान्यता दिएका छौँ र हामी यस भूखण्डमा रहेका अवसरहरूले उत्साहित छौँ। हामी यस क्षेत्रमा सशक्त आधार बनाउने प्रयास गरिरहेका छौँ अनि सिलगढ़ीको नयाँ डीलरशिपले यहाँ हाम्रो उपस्थितिलाई दह्रो बनाउनेछ। हाम्रो उत्पादहरूको मजबुती र हाम्रो नेटवर्कको व्यापक पहुँचको परिणाम स्वरूप दोस्त रेञ्ज र अहिले बड़ा दोस्तले अभूतपूर्व सफलता पाएका हुन्।
उत्कृष्ट माइलेज र वर्ग-अग्रणी प्रदर्शनको कारण हाम्रा सबै उत्पादहरूले ग्राहकहरूबाट उत्कृष्ट प्रतिक्रिया प्राप्त गरिरहेका छन्। व्यापक बिक्री र आफ्टरसेल्स समर्थनले त्यसलाई पुष्टि गर्छ। हामी अत्यन्त गर्व गर्छौं कि हाम्रो सेवा स्तरको रिटेन्सन ट्र्याक रेकर्ड उदाहरणीय छ। वारेण्टी अवधिपछि पनि लगभग 70% ग्राहकहरू हाम्रो डीलर वर्कशपमा फर्कन्छन्। हामी सधैँ ग्राहक सेवा र सन्तुष्टिको स्तरलाई कायम राख्न र अझ सुधार गर्न प्रतिबद्ध छौँ। यो नयाँ डीलरशिप हाम्रो पहुँचलाई थप सुदृढ़ पार्न खोलिएको हो। यसले हाम्रो प्रतिबद्धताको अनुरूप काम गर्नेछ। अशोक लेलेण्डका उत्पादहरू भारतीय एलसीभी ग्राहकहरूको बदलिरहने आवश्यकताहरूलाई पूरा गर्ने उत्कृष्ट प्रविधि र प्रतिस्पर्धी मूल्यमा लञ्च गरिएको छ। अहिले भारतभरि 5 लाख भन्दा अधिक एलसीभीहरू चलिरहेका छन्। हालै लञ्च गरिएको बड़ा दोस्त एलसीभी प्लेटफर्ममा निर्मित पूर्णतया नयाँ र मजबुत पहिलो उत्पाद हो। यसका चार भेरिएण्टहरू छन् – आई2, आई3+, आई4, र आई5। यसमा 80 एचपी बीएस6 इञ्जिन छ जसले उत्कृष्ट शक्ति र माइलेज, उत्कृष्ट पेलोड र उत्कृष्ट लोड बडी लम्बाई र लोडिङ स्पेस उपलब्ध गराउँछ जसले ग्राहकहरूलाई प्रत्येक यात्रामा अधिक नाफा कमाउन सहयोग गर्छ। कम टर्निङ रेडियस र उत्कृष्ट ग्राउण्ड क्लियरेन्सको कारण बड़ा दोस्त अन्तर-शहर र इण्ट्रा-शहरका कार्यका लागि आदर्श गाड़ी हो र सबै प्रकारका भौगोलिक स्थानहरूमा यसलाई सजिलै काममा लगाउन सकिन्छ।
दोस्त रेञ्ज यस प्रकारका संस्करणहरूमा उपलब्ध छ – दोस्त लाइट, दोस्त स्ट्रङ र दोस्त+। यिनीहरूले विभिन्न बजार र कार्यहरूको खाँचो पूरा गर्नेछन्। पार्टनर एउटा आधुनिक र अत्यन्त इन्धन दक्ष सामानवाही वाहन हो जसले 3.5 – 4.8 टन पेलोड सेगमेण्टमा सेवा प्रदान गर्छ। यसको 4 टायर अनि 6 टायर विकल्प उपलब्ध छ। यसमा 10 फिट, 11 फिट, 14 फिट र 17 फिट लोड बडी विकल्पहरू छन्। पार्टनर अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त गाड़ीको प्लेटफर्ममा आधारित छ र यसमा प्रसिद्ध जेडडी30 सीआरडीआई इञ्जिन छ। पार्टनर जस्तै प्लेटफर्ममा आधारित छ मीटीआर बस र यसमा स्ट्याण्डर्ड बस र स्कूल बस विकल्पहरू छन्। यसले रोकेको र गुड़िरहेको अवस्थामासमेत उत्कृष्ट माइलेज प्रदान गर्दछ। मीटीआर स्कूल बसले स्कूल बस सुरक्षाका सबै मानक र अनुपालन कोडहरू पूरा गर्दछ र यसले अविश्वसनीय यात्रा आराम पनि प्रदान गर्दछ। बड़ा दोस्त, दोस्त, पार्टनर र मीटीआर सबै अशोक लेलेण्डका होसुरस्थित प्लाण्टमा निर्मित वाहनहरू हुन्। बड़ा दोस्तका उपलब्घ भेरिएण्टहरूको मूल्य यसप्रकार छ: रु. 10,98,000/- मा आई5, रु. 10,44,500/- मा आई4 (एलएनटी), रु. 10,24,500/- मा आई4 (एससीआर), रु. 10,06,500/- मा आई3+ अनि रु. 8,59000/- मा आई2। दोस्त लाइट, दोस्त स्ट्रङ र दोस्त+ प्रतिस्पर्धी मूल्यमा उपलब्ध छन् जसको मूल्य रु. 7,92,000/- देखि आरम्भ हुन्छ। पार्टनर आकर्षक मूल्यमा उपलब्ध छ जसको मूल्य रु. 17,00,000/- देखि आरम्भ हुन्छ। मीटीआर प्रतिस्पर्धी मूल्यमा उपलब्ध छ जसको मूल्य रु. 22,39,000/- देखि आरम्भ हुन्छ। व्यावसायिz गाड़ीको क्षेत्रमा अशोक लेलेण्डको सबैभन्दा ठूलो र तीव्र बढ़िरहेको नेटवर्क छ। यसको 1700 भन्दा अधिक विशेष आउटलेटहरूमा फैलिएको सशक्त नेटवर्कले प्रमुख राजमार्गहरूको प्रत्येक 75 किमीमा अधिकृत सेवा केन्द्रहरूको उपलब्धता सुनिश्चित गर्दछ।