ड्रग्स केसमा हाजिरी लगाउन आर्यन एनसिबी कार्यालयमा

क्रुज ड्रग्स केसमा पक्राउ परेर जमानतमा रिहा भएका शाहरुख खानका पुत्र आर्यन खान शुक्रबार नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) को कार्यलयमा पुगेका छन् । हरेक शुक्रबार एनसिबीको कार्यालय पुगेर हाजिर गर्ने शर्तमा उनलाई जमानत दिइएको थियो । यस प्रकरणका अर्का साक्षी किरण गोसावी पनि शुक्रबार मुम्बईको एक अदालतमा बयानका लागि जाँदैछन् । गोसाबीका बडी गार्ड प्रभाकर सइलले गोसावीमाथि २५ करोड भारुको डिल गरेको आरोप लगाएका छन् । जेलमा २६ दिन बिताएका आर्यनलाई जमानतमा रिहा गर्नका लागि २८ अक्टोबरमा बम्बई हाइकोर्टले आदेश दिएको थियो । ३० अक्टोबरमा उनी रिहा भएका थिए । आर्यनलाई १४ वटा शर्तसहित जमानत दिइएको थियो । यसमध्ये एक शर्त उनी हरेक शुक्रबार बिहान ११ बजेदेखि २ बजेसम्म एनसिबी कार्यालयमा हाजिर हुनुपर्नेछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *