गोवा पुगेर अरविन्द केजरीवालले गरे नयाँ मुख्यमन्त्री उम्मेदवारको घोषणा

भारतीय राजनीतिमा आम आदमी पार्टी (आप) नयाँ दल हो तर राजधानी नयाँदिल्लीमा आपका मुख्यमन्त्री अरविन्द केजरीवालले सत्ता चलाइरहेका छन् । आप अब दिल्लीबाहिर समेत जबरजस्त चुनाव लड्ने तयारीमा लागेको छ । केही महिनाभित्रै पञ्जाब र गोवामा हुने चुनावका लागि आपले मुख्यमन्त्री उम्मेदवार घोषणा गरेको छ ।

आपले पञ्जाबमा भगवंत मानलाई मुख्यमन्त्री बनाउने घोषणा गरेको छ भने गोवामा अमित पालेकरलाई मुख्यमन्त्री बनाउने घोषणा गरिएको छ । मंगलवार गोवा पुगेका आप अध्यक्ष तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बुधवार पत्रकार सम्मेलन गर्दै अमितलाई भावी मुख्यमन्त्री घोषणा गरेका हुन् ।

केजरीवालले गोवाका जनता पुराना पार्टी देखेर दिक्क भइसकेकाले अब आपलाई मतदान गर्ने बताए । उनले भने, ‘पुराना पार्टी देखेर जनता दिक्क भइसकेका छन्, जसले राजनीति कब्जा गरेका छन्, सत्तामा पुगेर पैसा कमाउँछन् र त्यही पैसाले सत्तामा आउँछन् । गोवाका जनता परिवर्तन खोजिरहेका छन्, त्यसैले अब आम आदमी पार्टी आएको छ ।’ आपले सबै धर्म, क्षेत्रलाई सम्मान हुने गरी पढेलेखेका व्यक्तिलाई मुख्यमन्त्रीको रूपमा अगाडि सारेको केजरीवालले बताएका छन् ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *