अर्जुन बिजलानी बने ‘खतरों के खिलाडी’ सिजन ११ को विजेता

चर्चित रियालिटि शो ‘खतरों के खेलाडी–११’ नायक अर्जून बिजलानीले जितेका छन्। आइतबार भएको फिनालेमा अर्जूनले २० लाख भारुसहित कार पुरस्कार प्राप्त गरेका छन्।

कार्यक्रममा नायिका दिव्यांका त्रिपाठीले बिजलानीलाई कडा टक्कर दिएकी थिइन्।

दिव्यांका यो प्रतियोगीतामा दोस्रो बनिन् भने विशाल आदित्य सिंह तेस्रो भए। दिव्यांकालाई अर्जुनले २० सेकेन्डले मात्र जितेका छन्। यो कार्यक्रमका होस्ट बलिउड निर्देशक रोहित सेट्टी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *